१५ चैत्र २०७६–खोटाङ । कोरोना भाइरसको महामारीको बेला संभाबित जोखिम न्युनिकरणका लागि सरकारले लकडाउन गरेको अबस्थामा सोको उल्लंघन गर्नेलाई खोटाङका विभिन्न स्थानबाट प्रहरीले नियन्त्रणमा लिएको खकर प्राप्त भएकोछ ।
लकडाउनको पाँचौ दिन आज (शनिबार) बिहान दिक्तेलबजारबाट ६ जनालाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रहरी नायब उपरिक्षक बामदेव गौतमले बताएकाछन् । नियन्त्रणमा रहेका ब्यक्तिहरु अत्यावश्यक कामवाहेक आफन्तकोमा भेट्न भन्दै हिडडुल गर्न बाहिर निक्लेपछी नियन्त्रणमा लिइएको प्रहरीले जानकारी गराएको छ । हाल निजहरुलाई जिल्ला प्रहरी कार्यालयमा राखिएको छ ।
लकडाउन उल्लंघन गर्नेलाई नियन्त्रणमा लिएर नजिकैको क्वारेन्टाइनमा राखिने प्रनाउ गौतमले बताएकाछन् । दिक्तेल बजार बाटै शुक्रबार पनि लकडाउन उल्लंघन गर्ने ११ जनालाई प्रहरीले नियन्त्रणमा लिएको थियो भने जिल्लाकै एैसेलुखर्क गाँउपालिकाबाट ६ जना गरी जम्मा २३ जना नियन्त्रणमा लिईएको प्रहरीले जनाएको छ ।
दैनिक उपभोग्य वस्तु किनमेलका लागि विहान ७ वजेदेखी २ घण्टा र दिउँसो ४ वजेदेखी २ घण्टा उपलब्ध गराइएकोछ । उक्त समयमा मापदण्ड अनुसार किनमेल गर्नरनगराउन प्रहरीले नागरिकलाई आग्रह गरेको प्रनाउ गौतमको भनाई रहेको
सूचना विभाग दर्ता नं. – १५०३/०७६/०७७
प्रवन्धक/सम्पादक : लोकमणि रिजाल
सह-सम्पादक :अस्मिता खत्री
सह-सम्पादक : तेन्जु योन्जन (मलेसिया)
कानूनी सल्लाहकार : ओम प्रकाश घिमिरे
दिक्तेल, रुपाकोट मझुवागढी-१४ खोटाङ्ग, प्रदेश नं. १
मोबाईल नं ९८४२९०६६४२
Email: [email protected]