१६ चैत्र २०७६– काठमाडौं । कोरोना भाइरसको विश्व महामारी फैलिएको बेला चिनियाँ दूतावासले कोरोना भाइरस (कोभिड–१९) को रोकथाम तथा उपचारमा संलग्न स्वास्थ्यकर्मीलाई चाहिने एन–९५ मास्क लगायतका सामग्री स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई आज हस्तान्तरण गरेको जानकारी प्राप्त भएको छ ।
आज मन्त्रालयमा आयोजित कार्यक्रममा नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले चीनबाट प्राप्त कोरोना भाइरस परिक्षणका लागि आवश्यक किट्स, पिपिइ, औषधि र अन्य मेडिकल उपकरण स्वास्थ्यमन्त्री भानुभक्त ढकालमार्फत नेपाल सरकारलाई हस्तान्तरण गरेकीहुन् ।
चिनियाँ दूतावास, अलिबाब फाउण्डेसन, ज्याकमा फाउण्डेसन, चाइना सिएमएमसी इन्जिनियरिङ कम्पनी, सिचुवान ग्रुप, होङ्सी सिमेन्ट कम्पनी लगायतले सामान पठाएका हुन् ।
ज्याकमाले पठाएका एन ९५ मास्क सिचुवान प्रान्तले पठाएका सामानमा दुई हजार थान एन ९५ मास्क, २४ हजार थान सर्जिकल मास्क, ५०० थाम प्रोटेक्टिभ गगल्स, ५३० थान प्रोटेक्टिभ कपडा लगायत रहेकाछन् ।
चिनियाँ प्रदेश र संघसंस्थाले सहयोग गरेको बाँकी सामान अप्रिल २ मा नेपाल आउने समेत दूतावासले जनाएको छ । कार्यक्रमा स्वास्थ्यमन्त्री ढकालले संकटको बेला छिमेकी मित्रको हिसाबले चीनले गरेको सहयोग नेपाली जनताले सधैं सम्झनायोग्य रहेको बताएकाछन् ।
चिनियाँ राजदूत होउका अनुसार चीन नेपालको एउटा असल छिमेकी मित्र भएकाले अझै आबस्यक सहयोग गर्ने कुरा कार्यक्रममा ब्यक्त गरेकी थिईन ।
हिजो शुत्रबार चिकित्सा सामाग्रि लिनका लागि जिन गएको नेपाल एयरलाइन्सको बिमानले सामग्री लिएर आज विहान ५ बजेर ४० मिनेटमा त्रिभुवन अन्तराष्ट्रिय विमान स्थलमा अवतरण गरेको थियो ।
सूचना विभाग दर्ता नं. – १५०३/०७६/०७७
प्रवन्धक/सम्पादक : लोकमणि रिजाल
सह-सम्पादक :अस्मिता खत्री
सह-सम्पादक : तेन्जु योन्जन (मलेसिया)
कानूनी सल्लाहकार : ओम प्रकाश घिमिरे
दिक्तेल, रुपाकोट मझुवागढी-१४ खोटाङ्ग, प्रदेश नं. १
मोबाईल नं ९८४२९०६६४२
Email: [email protected]