१७ चैत्र २०७६–काठमाण्डौ । ललितपुरको पाटन अस्पतालको आइसोलेसनमा राखिएका एक बिरामीको सोमवार मृत्यु भएको महानगरीय प्रहरी परिसर ललितपुरकी प्रवक्ता एसपी दुर्गा सिंहले जानकारी दिएकीछन् ।
धादिङ जिल्लाको खनियाबास गाउँपालिका घर भएका ३५ वर्षीय ती व्यक्ति केही दिनअघि मात्र भारतबाट फर्किएका हुन् । घर आएपछी उच्च ज्वरो आएकोले आजै पाटन अस्पतालमा भर्ना भएको जानकारी प्राप्त भएको थियो ।
अस्पतालले कोरोनाको आशंकामा उनलाई आइसोलेसनमा राखेको थियो । उनलाई कोरोना संक्रमण भएको हो,होइन हाल सम्म यकिन भइनसकेको अस्पताल श्रोतले जनाएको छ ।
कोरोना परीक्षणका लागि स्बाव संकलन गरी राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा पठाइएको छ , अस्पताल स्रोतले भन्यो । स्रोतका अनुसार उनको किड्नी समेत फेल भएको जानकारी प्राप्त भएको छ ।
निज ब्यक्ती अस्पतालमा कोरोना संक्रमणको आशंका गरिएको दोश्रो मृतक हुन् । यस अघी बुटवल प्रादेशिक अस्पतालको आइसुलेसन बाट एकको मृत्यु भएको थियो ।
सूचना विभाग दर्ता नं. – १५०३/०७६/०७७
प्रवन्धक/सम्पादक : लोकमणि रिजाल
सह-सम्पादक :अस्मिता खत्री
सह-सम्पादक : तेन्जु योन्जन (मलेसिया)
कानूनी सल्लाहकार : ओम प्रकाश घिमिरे
दिक्तेल, रुपाकोट मझुवागढी-१४ खोटाङ्ग, प्रदेश नं. १
मोबाईल नं ९८४२९०६६४२
Email: [email protected]