२७ चैत्र २०७६–काठमाडौँ । कोभिड १९ संक्रमण रोकथाम तथा समन्वय उच्चस्तरीय समितिको सचिवालयबाट भएको काठमाण्डौ बाट गाँउ फर्कन शुक्रबार र शनिबार खुल्ला गर्ने निर्णय सार्वजनिक भएपछि भौतिक पूर्वाधार तथा यातायातमन्त्री वसन्तकुमार नेम्वाङले काठमाडौं बाहिर जानेलाई तत्काल पठाउन नसकिने बताएका छन् ।
अहिले उपत्यका बाहिर पठाउनका लागि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले त्यस्तो कुनै तयारी नै गरि नसकेको मन्त्री नेम्वाङको भनाई रहेको छ । जस्को लागि यातायात ब्यबसायीहरुनै यस्तो घडीमा यातायात चलाउन आनाकानी गरिरहेकोले तत्काल पठाउन नसकिने मन्त्री नेम्वाङको भनाई रहेको छ ।
कोभिड १९ संक्रमण रोकथाम तथा समन्वय उच्चस्तरीय समितिको सचिवालयबाट भएको निर्णय सार्वजनिक भएपछि मन्त्री नेम्वाङ उपप्रधानमन्त्री ईश्वर पोखरेललाई भेट्न रक्षा मन्त्रालय पुगेका थिए।
मन्त्री नेम्वाङका अनुसार हामीसँग पर्याप्त स्रोत र साधन छैन, तत्काल उपत्यकाबाट बाहिर कसैलाई पठाउन सकिँदैन । यद्यपि मन्त्री नेम्वाङले भने काठमाडौंबाट बाहिर पठाउने विषयमा छलफल भने भइरहेको बताए।
काठमाडौं उपत्यकाबाट गाउँ फर्कन चाहनेलाई शुक्रबार र शनिबार जान दिने उच्चस्तरीय समन्वय समितिको निर्णय सार्वजनिक भएलगत्तै प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेलले विरोध जनाएको खबर प्राप्त भएको छ ।
सूचना विभाग दर्ता नं. – १५०३/०७६/०७७
प्रवन्धक/सम्पादक : लोकमणि रिजाल
सह-सम्पादक :अस्मिता खत्री
सह-सम्पादक : तेन्जु योन्जन (मलेसिया)
कानूनी सल्लाहकार : ओम प्रकाश घिमिरे
दिक्तेल, रुपाकोट मझुवागढी-१४ खोटाङ्ग, प्रदेश नं. १
मोबाईल नं ९८४२९०६६४२
Email: [email protected]