१२ वैशाख २०७७ –खोटाङ । जिल्लाको प्रमुख व्यापारिक केन्द्र दिक्तेल बजारमा आगालागी भएको जानकारी प्राप्त भएको छ ।
दिक्तेल बजार स्थित पुरानो बैङ्क चोक नजिकै पर्ने पोखरी टोलका सिद्धिबहादुर सैँजूको घरमा शुक्रबार आगो लागेको थाहा पाए लगत्तै नगरपालिकाको दमकल, नेपाल प्रहरी र स्थानीय बासिन्दाले तत्कालै नियन्त्रणमा लिएको स्थानियले जानकारी दिएकाछन् ।
घरमा जडान गरिएको विद्युत सर्ट भएर लागेको आगोले सैँजूको करीब रु पाँच लाख बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालय खोटाङका एस.पी बामदेब गौतमले जानकारी दिएकाछन् । ढुङ्गा÷माटोले बनेको सैँजूको तीन तले घरमा लागेको आगोले तेस्रो तलामा मात्र क्षति भएको प्रहरीले जनाएको छ ।
पुरोनो संरचनाका घरहरु रहेको उक्त स्थानमा लागेको आगो तत्कालै नियन्त्रणमा लिन नसकिएको भए ठूलो क्षति हुने सम्भावना थियो । तर तत्कालै नगरपालिकाको दमकल र नेपाल प्रहरी र स्थानियको सहयोगले अन्य घरहरुमा क्षतिहुन नपाएको प्रहरीको भनाई रहेको छ ।
पुरानो संरचना र सांघुरो बाटोकै कारण दुई वर्षअघि पनि दिक्तेलकै रत्नपार्कमा आगलागीबाट ठूलो क्षति भएको थियो ।
सूचना विभाग दर्ता नं. – १५०३/०७६/०७७
प्रवन्धक/सम्पादक : लोकमणि रिजाल
सह-सम्पादक :अस्मिता खत्री
सह-सम्पादक : तेन्जु योन्जन (मलेसिया)
कानूनी सल्लाहकार : ओम प्रकाश घिमिरे
दिक्तेल, रुपाकोट मझुवागढी-१४ खोटाङ्ग, प्रदेश नं. १
मोबाईल नं ९८४२९०६६४२
Email: [email protected]