२१ बैशाख २०७७–खोटाङ । जिल्लाको दिप्रुङ चुइचुम्मा गाउँपालिकाले बैदेशिक रोजगारमा रहेका तथा समस्यामा परेका आफ्ना नागरिकलाई यथासिघ्र उद्धार गरिदिन परराष्ट्रमन्त्रालय लाई आग्रह गरेको कुरा जानकारी प्राप्त भएको छ ।
शनिबार गाउँपालिकाको कार्यालयमा बसेको कोरोना भाइरस संक्रमण तथा नियन्त्रण स्थानिय कार्यदलको बैठकले पिडितका लागि तत्काल उपचारको ब्यवस्था मिलाउन, रोजगारीको ग्यारेन्टी गर्न र यथासिघ्र उद्धार गर्न नेपाल सरकार परराष्ट्र मन्त्रालयलाई अनुरोध गर्ने निर्णय गरेको कुरा गाउँपालिकाले जानकारी दिएको छ ।
गाँउपालिकाले कोरोना भाइरस (कोभिड १९)को महामारी बिश्वब्यापी रूपमा फैलिएको र त्यसबाट आफ्नो पालिकाका नागरिकहरु प्रत्यक्ष रुपमा प्रभावित भएकाले यथासिघ्र उद्धारका लागि अनुरोध गरिएको जनाइएको छ ।
सो गाउँपालिकाबाट १ हजार ८७ जना ब्यक्तिहरु विभिन्न मुलुकमा रोजगारीका लागि गएकोे गाउँपालिकासँग तथ्याङ्क रहेको छ । जसमध्ये १५९ जना कोरोना भाइरसका कारण समस्यामा परेको जानकारी प्राप्त भएको र उनीहरुको तत्काल उद्धार गरिदिन परराष्ट्र मन्त्रालय संग अनुरोध गरिएको गाउँपालिका अध्यक्ष भुपेन्द्र राईले बताएकाछन् ।
गाउँपालिकाकै २ जना ब्यक्तिमा कोरोना संक्रमित भएको र उनीहरुले उपचार नपाइरहेको अवस्था रहेकोले उनीहरुको सिघ्र उपचारको लागि समेत माग गरिएको अध्यक्ष राईको भनाई रहेको छ ।
सूचना विभाग दर्ता नं. – १५०३/०७६/०७७
प्रवन्धक/सम्पादक : लोकमणि रिजाल
सह-सम्पादक :अस्मिता खत्री
सह-सम्पादक : तेन्जु योन्जन (मलेसिया)
कानूनी सल्लाहकार : ओम प्रकाश घिमिरे
दिक्तेल, रुपाकोट मझुवागढी-१४ खोटाङ्ग, प्रदेश नं. १
मोबाईल नं ९८४२९०६६४२
Email: [email protected]