६ जेठ २०७७–काठमाडौं । प्रधानमन्त्री के.पी शर्मा ओली ले संसदको संबोधन गर्ने क्रममा कालपानी, लिपुलेक लिम्पियाधुरा हाम्रो हो । ‘म भारतसँग सोध्छु, तपाईको देशको लोगोमा चारतिर फर्किएको सिंह माथी र तलपट्टी सत्यमेवजयते लेखिएको छ । ‘सत्यमेव जयते कि सिंहमेव जयते ?’ मलाई विश्वास छ सत्यमेव जयते नै हुन्छ ।’ प्रधानमन्त्रीको भनाई रहेको छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले कालपानी, लिपुलेक लिम्पियाधुर हाम्रो भूमि भएको र यसलाई फिर्ता लिएरै छाडने बताएको छन् । प्रधानमन्त्री ओलीले यो अडान कुनै देखावटी गर्न तमासा बनाउन वा कसैलाई देखाउन गरिएको हैन, हाम्रो भुभाग हामीलाई फिर्ता ल्याउनको लागि भएको ब्यक्त गरेकाछन् ।
हामीले अरुको भुभाग लिन खोजेको हैन, आफनो भुमि ओगटेर कोही रिसाउछ भन्ने ठान्नु हुँदैन । हामी आफनो भुमि फिर्ता लिने कार्यमा अब कुटनीतिक ढंगले अगाडि बढछौ । राष्ट्रपति विद्यादेवी भण्डारीले संयुक्त सदनमा प्रस्तुत सरकारको नीति तथा कार्यक्रममा उठेका प्रश्नको जवाफमा प्रधानमन्त्री ओलीले उक्त अडान राखेकाहुन् ।
नेपाल भूभाग समेटको नयाँ नक्सा पारित गर्न संविधान संशोधनको प्रस्ताव यही सदनमा आउने छ । सो संविधान संशोधनको प्रस्ताव पारित भएको दिन जनताले दीपावली मनाउने प्रधानमन्त्रीको भनाई रहेको छ ।
सूचना विभाग दर्ता नं. – १५०३/०७६/०७७
प्रवन्धक/सम्पादक : लोकमणि रिजाल
सह-सम्पादक :अस्मिता खत्री
सह-सम्पादक : तेन्जु योन्जन (मलेसिया)
कानूनी सल्लाहकार : ओम प्रकाश घिमिरे
दिक्तेल, रुपाकोट मझुवागढी-१४ खोटाङ्ग, प्रदेश नं. १
मोबाईल नं ९८४२९०६६४२
Email: [email protected]