मुक्ति यादव
विश्व नै कोरोनारुपी महामारीको चपेटामा परेकोले हलचल मानव सभ्यताको विकासमाथी नै प्रश्न उब्जनु स्वभाविक भएको छ । विश्व भरीका आर्थिक रुपले सम्पन्न, सूचना, प्रविध, स्वास्थ्यको क्षेत्रमा नाम कहलिएका अमेरिका, बेलायत, इटली, फ्रान्स, चीन लगायतका देशहरुले आफ्नो विकास प्रति गौरव गरि रहेको बेला कोरोनाको महामारीले सुन्यतामा परिणत गरिदिएको अवस्था छ ।
कोरोणारुपी महामारीको शुरुवात चीनको वुहान शहरको zhuongnnan hospital of wuhan university in wuhan chinaमा गत डिसेम्बर सन् २०१९ Nobel corona virus covid 19 infected pneumonia -NCIP को रुपमा १३८ जनामा देखिएको तथ्याँक अमेरिकाबाट प्रकाशित हुने जरनल अफ द अमेरिकन मेडिकल एसोशिएनको रिसर्च पेपर जनवरी २ सन् २०२० मा प्रकाशित पेपरमा उल्लेख रहेको छ । उक्त अनुसन्धान गर्नेहरुमा Dewai wangMD, bo hu MD,young xiong MD लगायतका डक्टरहरु रहेका छन् ।
यो रोगको बिरामीहरु पछि गएर द्रुत गतिमा चीनको विभिन्न शहरहरु हुँदै विश्वभरी नै फैलियो र विश्वको टाउको दुखाईको विषय मात्र होइन वर्तमान विज्ञानको अविस्कार लाई चुनौती भएको छ । हाल सम्म बैज्ञानिकहरु यस रोगको उपचारको कुनै खास औषधि पता लगाउन सकेको अवस्था छैन । विश्व स्वास्थ्य संगठनको केन्द्रीय संस्था WHO लगायत विश्वको आर्थिक सम्पन्न मुलुकहरु अरर्बौ खर्च गरेर औषधी पता लगाउन अनुसन्धानमा व्यस्त रहेको अवस्था छ । आशा गरौं निकट भविश्यमा यसको पता लगाउन बैज्ञानिकहरु सफल हुने छन, अथवा प्रकृतिले विस्तारै मानव शरीर भित्र स्वयंमा नै रोगसंग लडने क्षमताको विकास गर्ने छ ।
यो सामाचार लेख्ने अवस्था २०२० मे २२ सम्म विश्वको २१५ मुलुकहरुमा यस रोगले अक्रान्त पारी सकेको र हाल सम्म संक्रमितको संख्या ५१,९४,९१६÷, नयाँ बिरामी संख्या ४,४२०÷, नयाँ मृत्यु संख्या ४४९÷उपचार गराएर घर फर्केको संख्या २०,८१,५२७÷, उपचार गराईरहेको संख्या २७,७८,७६७÷र सघन उपचारमा रहेको विरामी संख्या ४५,६१४÷रहेको स्वास्थ्य संगठन WHO को प्रतिवेदनमा उल्लेख रहेको छ । त्यसैगरी, हाल सम्म सबभन्दा बढी ज्यान गुमाउनेको संख्या अमेरिकामा ९६,३५४÷,रहेको छ ।
केही युरोपियन मुलुकहरु मध्ये इटली, फ्रान्स लगायत भने केही राहतको महशुस गर्दै Luckdown लाई खुकुलो गर्दै लगिएको सामाचार विभिन्न संचार माध्महरुले जनाई रहेको छ । चीन जहाँबाट कोरोनाको शुरुवात भएको थियो हालमा उसले लगभग रोगमाथीको नियन्त्रनमा जमाएको देखिन्छ ।अर्कोतिर दक्षिण एशियाली देशहरु जस्तैः भारत, श्रीलंका, माल्दिभ्स, पाकिस्तान, बंगलादेश जस्तो विकासोन्मुख मुलुकहरुमा रोगबृद्धिको क्रममा रहेकोले जनजीवन अस्तव्यस्त भएको र अझ जटिलता निर्माण हुँदै गएको छ ।
भारतमा हाल दिन दुगुना रात चौगुनाको अवस्थामा कोरोनाको संक्रमण बढिरहेको सन्दर्भमा नेपालको खुला सिमाना, नेपालीहरु ठुलो संख्यामा भारतबाट रोजगारी गुमाएर हजारौं हजारको संख्यामा नेपाल फिर्तिले यहाँ ठुलो समस्या दिन दिन बढदै गएको छ । नेपालको मुख्य संचार माध्यहरुबाट कोरोना नियन्त्रण तथा व्यवस्थापनको लागि केन्द्रीय तथा स्थानीय स्तरमा व्यापक तयारीको कुरा एकातिर सुनिन्छ भने अर्कोतिर कोरेन्टाइनमा उचित व्यवस्थापनको कमीको कारणले बाँकेमा एक युवकले ज्यान गुमाउनु परेको अवस्थालाई ख्याल गर्दा क्वारेन्टाइन जनताको जीवनर रक्षाको सट्टा जेल जस्तो भएको, हात धुने साबुन नभएको, दिशा पिशाव गर्न घन्टौं लाग्नु परेको, खान, बस्नेको अति नै असुविधा भएको कारणले क्वारेन्टाइनमा बसेका मध्ये केही भाग्ने गरेको पाइएको छ ।
सिन्धुपाल्चोककी एक महिलाले शिक्षण अस्पतालमा शिसुको साधारणमा जन्माएको र प्रशुति पछी सकुशल घर गएको अवस्थामा कोरोनाबाटै मृत्यूको खबर आएको छ भने निजले जन्म दिएको बच्चा तथा निजको घर परिवारमा कोरोनाको रिपोर्ट नेगेटिभ आउनुले आफैमा एउटा हाम्रो प्रविधिवा मानव संशाधनमाथी शंका उत्पन्न गराएको छ । त्यसैगरी गुल्मी मदाने वडा नं.६ पुर्कोटका ४१ वर्षीय शिक्षक तिलोत्माको रुपन्देही अस्पतालमा भएको मृत्युको खबर आएको छ ।
कोरोना संक्रमित बिरामीको मृत्यु पश्चात लामो समय सम्म राज्यले उचित व्यवस्थापन गर्न नसकेको सामाचारहरु आई रहेको छ । अहिले सानो संख्याको कोरोना संक्रमितको उपचार राज्य संयन्त्रले गर्न नसकि रहेको अवस्थामा ठुलो संख्यामा महामारी अरु मुलुक जस्तो भयो भने हामी कुन अवस्थामा पुग्छौं अनुमान भन्दा बाहिरको विषय भएको छ ।
राज्यको ठुलो श्रोत साधान खर्च भए पनि व्यवस्थापन गर्न स्थानीय निकायलाई हम्मे हम्मे भई रहेको छ । जन प्रनिधिहरु रात रातभर निदाउन नसकेको सामाचारहरु पत्र पत्रिका बारम्बार आईरहेको छ । गाउँमा चोर पस्ला कि जस्तै गरेर रातभर आफ्नै गाउँघरको भाइ छोराहरुलाई गाउँ पस्नबाट रोक्ने कोशिस गरिरहेको भए पनि प्रायः असफल रहेको र लुकि छिपी स्थल मार्गबाट आएर घर भित्र लुकेर बसेको कारणले कोरोना संक्रमनमा बृद्धि भएको देखिएको हो कि भान सर्व साधारणमा हुन थालेको छ ।तुलनात्मक रुपमामा हवाई मार्ग हुँदै आएकाबाट त्यति जोखिम नबढेको अवस्था जानकारहरुले बताइरहेका छन् ।
अझै, समुन्द्र पारी खाडी तथा युरोपीयन मुलुक गएर दिन रात आफ्नो पसिना बगाएर नेपालको अर्थतन्त्रलाई रेमिट्न्यान्सको माध्यमबाट चलायमान् बनाउँनेहरु जो हालमा रोजगारी गुमाएका छन उनीहरु विभिन्न संचार माध्यमहरुको माध्यमबाट नेपाल सरकारलाई स्वदेश फिर्तीको लागि रोइ रहेकोछ । त्यस खालको कहरलाई सम्बोधन र व्यवस्थापन गर्ने काम पनि अति ढिलो भैरहेको अवस्था छ । त्यसैगरी, अध्ययन, तालिम, व्यापार तथा भ्रमणको क्रममा बिदेशमा गएकाहरुको ल्याएर देशमा व्यव्यस्थापन कसरी गर्ने भने विषय बाँकी नै रहेको देखिन्छ ।
ती बाहिरबाट आएका र आउने सम्पुर्ण मानिस निजहरुको आ आफ्नो बास स्थानमा जान नदिएर एकै ठाउँमा जम्मा गरेर कोरेन्टाइनमा राख्ने, गाँस, बासको व्यवस्था गर्ने काम विश्वको धनढ्य कहाउँदा मुलुकहरुले थेग्न नसकेको, घरमा नै सावधानी अपनाएर बस्न लगाएको देखिन्छ । तर नेपालको व्यवस्थापन उल्टो दिशातिर अर्थात भेंडा बाख्रासरी जनतालाई क्वारेन्टाइन व्यवस्थापनको नाममा राखिएको अवस्था छ । यसरीहेर्दा एक त नेपाल जस्तो गरिब मुलुकको अर्थ व्यवस्थाले लामो समय सम्म साथ दिन नसक्ने विषय सर्व विदितै छ । अहिले नै मुलुकको क्वारेन्टाइन व्यवस्थापनमा करोडौंको रकम गई रहेको छ, जन प्रतिनिधि, स्वास्थ्य कर्मीहरु रातो दिन खटि रहेको अवस्था भए पनि तुलनात्मक रुपमा उपलब्धि त्यति हासिल गर्न सकेको देखिँदैन । साथै, क्वारेन्टाइन नै कोरोना फैलाउने एक सबल माध्यम बन्न गएको कुरा बाँकेको नरैनापुरको क्वारेन्टाइन व्यवस्थापन केन्द्रमा कोरोनाको संख्या बृद्धले प्रामाणित गरी सकेको देखिन्छ ।
मिति २०७७÷०२÷०९ गतेको यो लेख तयार गर्ने बेला सम्मको स्वास्थ्य मंत्रालयको प्रतिवेदन अनुसार ४८७ जना हाल सम्म संक्रमित भएको,४९उपचार गराएर घर फर्केको, ४३५ जना उपचाररत रहेको, ३ जनाले ज्यान गुमाएको छ । हाल द्रुत गतिमा बिरामीको संख्या थपिदै गएको, क्वारेन्टाइनमा थपिनेकोे संख्या बढ्ने निश्चित भएको,क्वारेन्टाइन व्यवस्थापनको नाममा त्यस भित्र केही नैतिकता हराएको वर्गले व्यक्तिगत फाइदा पनि लिएको छ कि सोच्ने बेला आएको छ ।
यस्ता खालका बेतुकको खर्च भैरहेको छ र बढने अवस्था रहेकोले यस प्रकार अनियमितताको भार कम गर्दै जाने बाटो नेपाल सरकारले अवलम्बन गर्ने तर्फ उन्मुख योजना सहित अगाडी बढ्ने बेला आएको छ । यसरी जनता प्रतिको जिम्मेबारी राज्यले बहन गर्दै हालको कोरोना नियन्त्रन तथा व्यवस्थापनको उपायमा अन्तर्राष्ट्रिय अभ्यासहरुलाई अध्ययन गरी अगाडी बढाउनु उपयुक्त देखिएकोले निम्न उपायहरु कोरोना नियन्त्रनमा अपनाउनुपर्ने देखिन्छ ।
१.सिमामा नै सहज रुपमा आउन दिने र जाँच गर्ने, जसले गर्दा मान्छे लुकिछिपी आउँदैन र सहज रुपमा संक्रमितको पहिचान गर्न सकिन्छ ।
२.कोरोनाको संक्रमनको समस्या भएकोलाई अस्पताल लाने व्यवस्था मिलाउने ।
३.स्वस्थ्य अवस्थामा रहेकोलाई सुरक्षाको उपाय अपनाएर बसको सिटमा छुट्टाछुट्टै राखेर गन्तव्य सम्म प¥याउने ।
४.स्थानीय तहको स्वास्थ्य कार्यकर्ताको माध्यमबाट घर घरमै समय समयमा चेक गर्ने व्यवस्था मिलाउने ।
५.स्थानीय स्तरको स्वास्थ्य चौकीमा आवश्यक औषधीहरु÷प्राथमिक उपकरण(एम्बुलेन्स) लगायत उपलव्ध गराउने
६.घर गएका मध्ये सिकिस्त हुन आँटेकोलाई तु सुविधा समपन्न अस्पतालमा पु¥याउने व्यवस्था गर्ने ।
७.स्थानीय निकायले संचालनमा राखेको कोरेन्टाइन आर्थिक हिसाबले बोझिलो भएकोले बन्द गर्ने ।
८.यो रोग तत्काल नियन्त्रनमा आउन नसक्ने अवस्था रहेकोले अन्य मुलुक जस्तै क्षेत्रतग रुपमा आवश्यताको आधारमा बन्दा बन्दीको अवस्था घटाउँदै जानुपर्ने ।
९.जति सक्दो चाँडो अर्थ व्यवस्थालाई चलायमान बनाउँनु पर्छ ।
१०.गरिब, निसहाय जनतालाई राहतको माध्यमबाट सहयोग पु¥याउन नसकेकोलाई कमाएर खान दिने गरी वातावरण निर्माण गर्दै भोकमरीको अवस्थाबाट जोगाउन ९ीयअपमयधल० हटाउँदै जानुपर्छ ।
११.मृतकको लास व्यवस्थापनमा समस्या उत्पन्न भएकोले सेना वा प्रहरीलाई पुर्ण स्वास्थय सुरक्षा व्यवस्था सहितको सामग्री उपलन्ध गराएर जिम्मेबारी दिनुपर्छ ।
लेखकः ग्रामीण विकास केन्द्र, केन्द्रीय विभागका विद्याबारिधिको सोधार्थी समेत रहेका छन् ।
सूचना विभाग दर्ता नं. – १५०३/०७६/०७७
प्रवन्धक/सम्पादक : लोकमणि रिजाल
सह-सम्पादक :अस्मिता खत्री
सह-सम्पादक : तेन्जु योन्जन (मलेसिया)
कानूनी सल्लाहकार : ओम प्रकाश घिमिरे
दिक्तेल, रुपाकोट मझुवागढी-१४ खोटाङ्ग, प्रदेश नं. १
मोबाईल नं ९८४२९०६६४२
Email: [email protected]