२१ जेठ २०७७–खोटाङ । कोरोना रोकथाम तथा नियन्त्रण जिल्ला समन्वय समिति खोटाङले जिल्लामै कोरोना परीक्षणका लागि पिसिआर ल्याब स्थापना गर्ने भएको खबर प्राप्त भएको छ ।
दश स्थानीय तह रहेको जिल्लामा सङ्कलित पिसिआर परीक्षण गर्न विराटनगर तथा काठमाडौँ पठाउँदा ढिलो रिपोर्ट आउने र बढी खर्च हुने भएकाले जिल्लामै ल्याब स्थापना गर्न पहल गर्ने निर्णय गरेको समितिका संयोजक एवम् जिल्ला समन्वय समिति खोटाङका प्रमुख बबि चाम्लिङले बताएकाछन् ।
हाल पिसिआर परीक्षणका लागि जिल्लामा सङ्कलन गरिएका स्वाबको रिपोर्ट विराटनगर तथा काठमाडौँबाट चार÷पाँच दिनमा मात्र आउने गरेको ,बढी खर्च लाग्ने र ढिलो रिपोर्ट आउने भएकाले जिल्लामै परीक्षण गर्ने वातावरण मिलाउन ल्याब स्थापना गर्ने निर्णय गरिएको संयोजक राईको भनाई रहेको छ ।
जिल्लामा सङ्कलन गरिएका स्वाबको पिसिआर परीक्षण गर्न अन्य जिल्ला पठाउँदा एक जनाको रु २० देखि २५ हजारसम्म खर्च हुने गरेको तर जिल्लामै ल्याब सञ्चालन गर्दा एक जनाको परीक्षण गर्दा रु एक हजार ५०० खर्च हुने पिसिआर ल्याब स्थापना गर्न रु २५ लाखदेखि रु एक करोड ५० लाखसम्मको उपकरण खरिद गर्न पाइने जिल्ला अस्पताल खोटाङका प्रमुख पुण्यप्रसाद सिक्देलले बताएकाछन् । ल्याव स्थापना संगै दक्ष जनशक्तीको भने ब्यबस्थापन गर्न असहज हुने सिंग्देलको भनाई रहेको छ ।
सूचना विभाग दर्ता नं. – १५०३/०७६/०७७
प्रवन्धक/सम्पादक : लोकमणि रिजाल
सह-सम्पादक :अस्मिता खत्री
सह-सम्पादक : तेन्जु योन्जन (मलेसिया)
कानूनी सल्लाहकार : ओम प्रकाश घिमिरे
दिक्तेल, रुपाकोट मझुवागढी-१४ खोटाङ्ग, प्रदेश नं. १
मोबाईल नं ९८४२९०६६४२
Email: [email protected]