कमल प्रसाद तिमल्सिना
ललितपुर
लेखक ः इन्जिनियरिङ पेशामा आबद्ध रहेकाछन् ।
विनास विनाको विकास नै दिगो विकास हो । वर्तमानको आवश्यकता सम्झौता नगरिकन भावी पुस्ताको आवश्यकता पुर्ति गर्दै जानु दिगो विकास हो ।नेपाली बृहत् शब्दकोषमा दिगोको अर्थ लामो वा धेरै अवधिसम्म टिक्ने खपत हुने भन्ने उल्लेख छ ।
यसर्थ दिगो विकास (sustainable Development)भन्नाले लामो समयसम्म टिकाउ हुने, अस्तित्वमा रहने वा कायम रहने वा खप्ने विकासलाई जनाउँछ । पयार्वरणीय सन्तुलन मा कुनै प्रतिकूल असर नगरी दीर्घकालसम्म फाइदा दिइरहने विकास दिगो विकास हो । ‘प्रतिव्यक्ति वार्षिक आम्दानीमा वृद्धि, स्वास्थ्य र पोषणको अवस्थामा सुधार, शैक्षिक उपलब्धि, स्रोत साधनमा पहुँज आम्दानीको न्यायोचित वितरण र आधारभूत स्वतन्त्रतामा वृद्धि जस्ता विकासका अवस्थाहरूमा लामो समयसम्म कुनै ह्रास आएको छैन भने त्यसलाई दिगो विकास भन्नुपर्छ ।सबै पक्षबाट गरिबी अन्त्य गर्ने तथा पृथ्वीको संरक्षण गरि सबै जनताहरुलाई शान्ति र सम्बृद्ध समाज निर्माण गर्न गरिएको विश्वव्यापी आव्हान हो।
पृथ्वी सवैको साझा घर हो र यहाँ उपलब्ध स्रोत साधनको उपयोग गर्ने अधिकार सबैको बराबर हुन्छ । मानव जातिको मात्र नभएर सम्पूर्ण सजीव प्राणी तथा वनस्पतीहरूको यसमा हक लाग्छ । त्यति मात्र नभएर पृथ्वीको अस्तित्व रहुन्जेल भावी पुस्ताले पनि प्राकृतिक स्रोत साधनको समुचित उपभोग गर्ने अधिकार राख्दछ ।
तर, वर्तमानको पुस्ताले विश्वभरी अन्धाधुन्धा स्रोत साधनको व्यापक दोहन गर्नाले भयंकर विश्व संकट निम्त्याइरहेको छ । हाल बढदो जनसंख्या र रसायनको प्रयोगअनियन्त्रित सहरीकरण, ग्रामिण बस्ति का अनियन्त्रित डोजरे विकास योजनाले वातावरणलाई निकै ठूलो खतरा रहेको कुरा वैज्ञानिकले औल्याइरहेको छन् । क्लोरोफोरो कार्बनको बढ्दो उत्सर्जनले गर्दा ओजोन तहमा प्वाल परेको साथै ‘ग्लोबल वार्मिङ’ भइरहेको तथ्य सार्वजनिक भइरहेका छन् ।
त्यसैको परिणामस्वरूप विश्वभर जलवायु परिवर्तनले गर्दा जैविक विविधताको सँरचना नै फेरबदल भइरहेको छ । पृथ्वीको बहन क्षमता, प्राकृतिको स्रोतको दीर्घकालीन उपयोगको सुनिश्चितता समेतलाई ध्यान दिई गरिने विकास दिगो विकासको रूपमा लिइन्छ । दिगो विकासले पृथ्वीको बहन क्षमतालाई मध्यनजर गर्दछ भने प्राकृतिक स्रोतको न्यायोचित वितरण र उपभोगमा विशेष जोड दिन्छ ।
तिब्र जनसंख्या वृद्धिसँगै प्राकृतिक स्रोत साधनको अत्यधिक दोहन भयो । मानिस विवेकशील प्राणी भएकोले आफ्नो लागि मात्र नभएर भावी पुस्ता साथै जनावर बनस्पति लगायतका गैरमानवीय जीवात्माको समेत विशेष ध्यान दिनुपर्ने हुन्छ । पृथ्वीका सम्पूर्ण स्रोतका साधनहरू यही पुस्ताले समाप्त गरिदियो भने भावी पुस्ताको जीवनको विकल्प नहुने हुँदा दिगो विकासको आवश्यकता र महत्व वढेर गएको छ ।
पृथ्वी, मानव, समृद्धि, शान्ति र साझेदारी दिगो बिकास लक्ष्यका पांच स्तम्भ हरु हुन् यिनीहरु लाई बुदागत रुपमा यसरि प्रस्ट्याउन सकिन्छ ।
१) पृथ्वीमा रहेका प्राकृतिक साधन श्रोत र वातावरण भाबी पुस्ताका लागि संरक्षण गर्ने।
२) सबै प्रकारका गरिबी र भोकमरी अन्त्य गर्ने र मर्यादा एवम् समानता कायम गर्ने ।
३) प्रकृतिसंग सामन्जस्यता कायम गर्दै समृद्द र सम्मुन्नत जिवनको सुनिश्चितता गर्ने ।
४) शान्तिपुर्ण, न्यायसंगत र समाबेसी समाजको निर्माण गर्ने ।
५) सशक्त बिश्वोव्यापी साझेदारीद्वारा दिगो विकासका एजेण्डाहरुको कार्यान्वयन गर्ने ।
नेपाल मा दिगो बिकास को लक्ष्य भनेको सुन्य गरिबी, कसैले पनि भोक भोकै बस्नु नपरोस, सबैले स्वास्थ्य भइ बाच्न पाउने अधिकार, गुणस्तरीय शिक्षा, लैंगिक समानता, स्वच्छ पिउने पानि तथा बेवास्थित ढल निकास, सबै जनताको उर्जामा पँहुच, प्रत्यक्ष रोजगारी र आर्थिक वृद्धि, नयाँ औधोगीक संरचना को बिकास, असमानता को अन्त्य,सहर र मानव बस्तीलाई समावेशी, सुरक्षित, सुदृढ,उत्पादन र उपभोग प्रतिक्रिया सामजस्यता,प्राकृतिक प्रकोप न्युनिकरण,पानी मुनिको जीवन, जमिन माथि को जीवन,शान्ति न्याय र बलियो प्रशासन नै मुख्य रहेका छन्।
यसरी उल्लेखित लक्ष्य हरु लाई हेर्ने हो भने यहाँ समग्र मानव समुदायको को मात्र नभएर हाम्रो पृथ्वी भरि रहेका सम्पूर्ण जलचर, थलचर सजिब प्राणी तथा बनस्पति ले समेत निर्धक्क रुपमा बच्न पाउने अधिकारको सुनिश्चतता नै दिगो बिकास हो भन्दा अत्युक्ति नहोला। दिगो बिकास का लक्ष्य प्राप्ति गर्न को लागि महत्वपूर्ण जिम्मेवारी भनेको हामि मानव समुदायको हो किनकि हामि आफुलाई चेतनशील प्राणी भन्दछौँ र हाम्रो इच्छा र आकांक्षा हरु नै बढी हुने हुँदा हामीले गरेका क्रियाकलापद्वारा दिगो बिकासमा असर पुर्याउने कार्य गरि रहेका हुन्छौं।
मैले यहाँ उठान गर्न खोजेको मुख्य कुरो के हो भन्दा दिगो बिकास का लागि महत्वपूर्ण जिम्मेवारी भनेको हामि मानव समुदायको भएता पनि यसको अभिभावकत्व भनेको देश को सरकार नै हुने गर्दछ। हाम्रो देश नेपालमा अहिले तिन तहका सरकार छन् जसमा संघीय सरकार, प्रदेश सरकार र स्थानीय सरकार छन्। सबै सरकारको आफ्नो आफ्नो भूमिका रहेको छ तर पनि स्थानीय सरकार प्रत्यक्ष जनता संग नजिक हुने र जनता को दैनिकी सँग जोडिने हुँदा दिगो बिकास मा पनि स्थानीय सरकार को भूमिका महत्वपुर्ण हुनु पर्दछ र स्थानीय सरकार को भूमिका के हुन सक्दछ भन्ने कुरा लाई उल्लेख गर्न खोजेको छु।
१) दिगो बिकास को लक्ष्य अन्तर्गत सुन्य गरिबी महत्वपूर्ण कुरा हो, हाम्रो स्थानीय सरकार ले पहिलो प्राथमिकता गरिब को पहिचान गर्नु पर्दछ संगै गरिब हुनुका कारण खोजि गर्नु पर्दछ र उसका आवश्यकता को पहिचान गरि सुन्य गरिबी का योजना बनाउनु पर्दछ।
२) दिगो बिकास को लक्ष्य अन्तर्गत कसैले पनि भोक भोकै बस्नु नपरोस दोस्रो लक्ष हो यस को बुँदा न.१ मा गरिबी को पहिचान गरे पछी सँग संगै भोक भोकै बस्नु पर्नेको संख्या पनि पत्ता लगाउन सक्छौ त्यस पछी हामि ले त्यसको लागि योजना बनाउनु पर्दछ।
३) दिगो बिकास को लक्ष्य अन्तर्गत सबै ले स्वास्थ्य भइ बाच्न पाउने अधिकार, प्रकृति मा रहेका सम्पूर्ण प्राणी हरुले स्वच्छ भै बाच्न पाउने अधिकार को लागि स्थानीय सरकारले बायु प्रदुषण, ध्वनि प्रदुषण, जल प्रदुषण, माटो प्रदुषण आदि कसरि न्युनिकरण गर्न सकिन्छ यसको योजना बनाउनु पर्दछ।
४) दिगो बिकास को लक्ष्य अन्तर्गत गुणस्तरीय शिक्षा, सबै नागरिक को लागि गुणस्तरीय शिक्षा कसरि प्रदान गर्न सकिन्छ तत्सम्बन्धि योजना बनाउनु पर्दछ।
५) दिगो बिकास को लक्ष्य अन्तर्गत लैंगिक समानता,लिङ्ग को आधार मा हुने बिभेद अन्त्य को लागि स्थानीय सरकारले निती बनाइ लैंगिक असमानता लाई अन्त्य गर्ने योजना बनाउनु पर्दछ।
६) दिगो बिकास को लक्ष्य अन्तर्गत स्वच्छ पिउने पानि तथा बेवास्थित ढल निकास, प्रत्येक टोल बस्ति मा कसरी स्वच्छ खाने पानी पुर्याउन सकिन्छ र ढल निकासको प्रबन्ध कसरि गर्न सकिन्छ यसको लागि बिशेष योजना बनाउनु पर्दछ ।
७) दिगो बिकास को लक्ष्य अन्तर्गत सबै जनताको उर्जामा पहुच, सबै जनताले उज्यालो मा बस्न पाउने अधिकारको सुनिश्चितता गर्नु स्थानीय सरकार को महत्वपूर्ण दाईत्व हो यसको लागि बिशेष योजना पर्दछ ।
८) दिगो बिकास को लक्ष्य अन्तर्गत प्रत्यक्ष रोजगारी र आर्थिक वृद्धि,यसको लागि सर्बप्रथम बेरोजगारी को पहिचान गर्नु पर्दछ र कसरी रोजगारी को सिर्जना गर्ने तत् सम्बन्धि योजना बनाउनु पर्दछ ।
९) दिगो बिकास को लक्ष्य प्राप्त गर्न नयाँ औधोगीक संरचना को बिकास गरि बेरोजगार लाई रोजगारी प्रदान गरि आर्थिक सम्बृद्धि मा जोड दिन सकिन्छ यसको बिस्तृत अध्यन गरि योजना बनाउनु पर्ने आवश्यकता देखिन्छ ।
१०) दिगो बिकास को लक्ष्य प्राप्त गर्न असमानता को अन्त्यका लागि योजना बनाउनु पर्दछ, लिङ्ग वा जात को नाम मा हुने सामाजिक असमानता को अन्त्य को लागि स्थानिय तह ले नै दिर्गकालिन योजना बनाउनु पर्ने देखिन्छ ।
११) दिगो बिकास को लक्ष्य प्राप्त गर्न सहर र मानव बस्तीलाई समावेशी, सुरक्षित, सुदृढ गर्न को लागि दीर्घकालिन योजना बनाउनु पर्ने आवस्यकता देखिन्छ ।
१२) दिगो बिकास को लक्ष्य अन्तर्गत महत्वपूर्ण उत्पादन र उपभोग प्रक्रिया हो यस प्रक्रियामा सामजस्यता,को लागि स्थानीय तहले बिशेष योजना बनाउनु पर्दछ ।
१३) दिगो बिकास को लक्ष्य अन्तर्गत प्राकृतिक प्रकोप न्युनिकरण अर्को महत्वपूर्ण पाटो भएको हुँदा प्राकृतिक प्रकोप न्यूनीकरण कसरी कम गरि नयाँ बिकास का संरचना निर्माण गर्न सकिन्छ सो बिषयमा बिशेष अध्यन गरि योजना तर्जुमा गर्नु पर्ने देखिन्छ ।
१४) दिगो बिकास को लक्ष्य भनेको मानव समुदायको मात्र हित नभएर पानीमुनि बस्ने जीव हरुको पनि सुरक्षा हो ,सो को लागि कसरी सुरक्षा दिन सकिन्छ बृहत योजना बनाउनु पर्दछ ।
१५) दिगो बिकास को लक्ष्य भनेको मानव समुदायको मात्र हित नभएर पनि जमिन मा रहने सम्पूर्ण जीव हरुको पनि सुरक्षा हो सो को लागि कसरी सुरक्षा दिन सकिन्छ बृहत योजना बनाउनु पर्दछ ।
१६) दिगो बिकास को लक्ष्य अन्तर्गत सबै भन्दा महत्वपुर्ण शान्ति न्याय र बलियो प्रशासन हो यस को कार्यान्वयनमा अहिलेको अवस्था मा स्थानिय सरकार पहिलो तहमा हुने हुँदा यसको लागि बिशेष योजना बनाइ कार्यान्वयन गर्नु पर्दछ ।
यसरि स्थानिय सरकार ले आफ्नो स्थानिय तह को बिकास का योजना बानाउदा दिगो बिकास का पाँच स्तम्भ र १६ लक्ष्य हरु लाई मध्यनजर गर्दै योजना बनाउने हो भने हामि दिगो बिकास को लक्ष्य प्राप्त गर्न सक्दछौ।
हाम्रो दिगो बिकास को लक्ष्य भनेको हाम्रा भावी सन्तति को भविष्य सँग सम्बन्धित रहेको हुँदा हामि ले गर्ने हरेक बिकास का योजनाले आजको क्षणिक आवश्यकता भन्दा भोलि को भावी सन्तति को भबिष्य प्रति लक्षित हुन जरुरि छ सम्बन्धित स्थानिय सरकारको ध्यान केन्द्रित होस, जय होस।
सुझाव र प्रतिक्रिया को लागि [email protected]
सूचना विभाग दर्ता नं. – १५०३/०७६/०७७
प्रवन्धक/सम्पादक : लोकमणि रिजाल
सह-सम्पादक :अस्मिता खत्री
सह-सम्पादक : तेन्जु योन्जन (मलेसिया)
कानूनी सल्लाहकार : ओम प्रकाश घिमिरे
दिक्तेल, रुपाकोट मझुवागढी-१४ खोटाङ्ग, प्रदेश नं. १
मोबाईल नं ९८४२९०६६४२
Email: [email protected]