देश पोष्ट /खोटाङ । जिल्लाको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका १२ स्थीत जालपामा समुदायद्धारा सञ्चालित १५ शैय्याको जनसेवा सामुदायिक अस्पताल ५ शैय्यामा झारेर नगरपालिकालाई हस्तान्तरण गरिएको छ ।
तत्कालिन जनसेवा समाज नेपाल जालपाले चलाएको अभियान अन्तर्गत संस्थाका बिभिन्न परियोजनामा कार्यरत १०० बढी कर्मचारी एबं कार्यसमिती सदस्य र स्थानीय बासिन्दाले वि.सं. २०६९ सालमा चन्दा सङ्कलन तथा श्रमदान गरेर स्थापना गरेको १५ शैय्याको सामुदायिक अस्पताल ५ शैय्यामा झारेर दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकालाई हस्तान्तरण गरिएको हो ।
सामुदायिक अस्पताल सञ्चालनको शुरुवाती बर्षमा हर्षोउल्लास र दुरदराजका सेवाग्राहीलाई रामै्र सेवा प्रवाह गरेको भएपनि पछिल्लो समय बिशेषज्ञ डाक्टर र उपकरण प्रयोग गर्ने प्राविधिकको अभावमा अस्पताल सञ्चालन गर्न समस्या भएपछि अलपत्र जस्तो बनेको अस्पतालको भौतिक संरचना तथा उपकरण नगरपालिकालाई हस्तान्तरण गरेर सोही ठाउँ (भौतिक संरचना)मा नगर अस्पताल सञ्चालन गर्न नगरपालिका संग सम्झौता गरिएको बुझिएको छ ।
अस्पताल सञ्चालन गर्न जनसेवा सामुदायिक अस्पतालको नाममा रहेको चार रोपनी एक आना दुई दाम जग्गामा निर्माण गरिएको चारवटा भवन, क्यान्टिन, सौचालय लगायतका भौतिक संरचना तथा उपकरण नगरपालिकालाई हस्तान्तरण गरिएको अस्पताल व्यवस्थापन समितिका अध्यक्ष ध्रुव श्रेष्ठको भनाई रहेको छ ।
जालपामा सञ्चालित स्वास्थ्य चौकीको सेवासमेत सोही नगर अस्पतालबाट प्रवाह गर्नेगरी एकीकृत गरिएको जनाइएको छ ।
नगरपालिकालाई हस्तान्तरण गरिएको अस्पताल पूर्व सांसद एवम् नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का केन्द्रीय अनुशासन आयोगका अध्यक्ष टंक राई, नगर प्रमुख तीर्थराज भट्टराई र प्रमुख जिल्ला अधिकारी शिवकुमार कार्कीद्धारा संयुक्तरूपमा पानसमा बत्ती बालेर तथा ब्यानर खोलेर उद्घाटन् गरेको खबर प्राप्त भएको छ ।
कार्यक्रममा नगर प्रमुख भट्टराई र सामुदायिक अस्पताल व्यवस्थापन समितिका अध्यक्ष श्रेष्ठले हस्ताक्षर गरेको नगर अस्पताल स्थापनाका लागि दुई पक्षीय सम्झौतापत्र आदानप्रदान समेत गरिएको छ ।
यता नगरपालिकाका बहुसंख्यक वडाका जनप्रतिनिधि तथा नागरिकहरुले भने जिल्ला अस्पतालले प्रभावकारी स्वास्थ्य सेवा प्रवाह नगरेर काठमाण्डौं लगाएत ठुला शहर हेलिकोप्टर चार्टर गरेर उपचारको लागि जानुपर्ने बाध्यतालाई न्युनिकरण गर्न स्थानिय सरकारले उपयुक्त भुमिका खेल्नुपर्नेमा सबैलाई अपाएक पर्ने नगरको पल्लो छेउमा लगेर नगरका शासकले शक्तिको दुरुपयोग गरी नगर अस्पतालको ढोंग फिजाएको आरोप लगाएकाछन् ।
ब्यवस्था फेरिएपनि जनताको अवस्था झन गिर्दो रुपमा रहेकाले प्रभावकारी श्वास्थ्य,शिक्षा,यातायात,कृषि,प्रविधि लगायतका आधारभुत आवस्यकता परिपुर्ती गर्नका लागि नागरिकहरुको बसाँई सराईको दर उच्च भएको वर्तमान अवस्थामा स्थानिय सरकारको नेतृत्व गर्ने शासकहरुले नै शक्तिको दुरुपयोग गरी आम नागरिकको हितमा नभई आँफु र आफ्ना नजिककाहरुको लागि मरिहत्ते गरेर लाग्नु दुःखद भएको वडा नं. ८ का वडाध्यक्ष लिला चौहानको भनाई रहेको छ ।
नगरपालिकाको केन्द्र दिक्तेल रहेको र जिल्ला अस्पताल पनि दिक्तेलमै रहेकाले खार्मी,पाथेका,जालपा एबं केपिलासगढी र रावाबेशीका वडाहरुलाई समेत सेवा प्रवाह गर्न सकिने, सामुदायिक अस्पतालले ३ करोड बढीको सम्पती नगरपालिकालाई हस्तान्तरण गरेको कारण जालपा मै नगर अस्पताल निर्माण गरिएको नगरपालिकाका प्रवक्ता एबं वडा नं. ५ का अध्यक्ष दिनेश घिमिरेले बताउनु भएको छ ।
सूचना विभाग दर्ता नं. – १५०३/०७६/०७७
प्रवन्धक/सम्पादक : लोकमणि रिजाल
सह-सम्पादक :अस्मिता खत्री
सह-सम्पादक : तेन्जु योन्जन (मलेसिया)
कानूनी सल्लाहकार : ओम प्रकाश घिमिरे
दिक्तेल, रुपाकोट मझुवागढी-१४ खोटाङ्ग, प्रदेश नं. १
मोबाईल नं ९८४२९०६६४२
Email: [email protected]