माधब आचार्य
१, भो मलाई एतै छाड्देउ !
माधव आचार्य खोटाङ दिक्तेल, जेठ २८ ।
मेघ गर्जि निकैठुलो वर्षात परेको झैं ! २
अनिकालमा खाद्यन्नको हुर्रे गरिए झै
तानातान र हानाहानको घुइचो धेरै यंहा
मेघ गर्जि निकैठुलो वर्षात परेको झैं
भो मलाई एतै छाड्देउ ।
२, आदर्श र मानवताको सर्पलाइ नंग्याउदै ! २
सम्पति र घमण्डले खुदलाइ दंग्याउदै
सुख छाड्यौ शान्ति छाड्यौ अब पुग्छौ कँहा ?
भो मलाइ एतै छाड्देउ जादिनम त्यहाँ
भो मलाई एतै छाड्देउ ।
३, पिसावगरी पिसावलेनै सफागर्ने सोच्छौ ! २
नरकको बाटोतिर विश्रामस्थल खोज्छौ
गान्धि भन्छन् छाड्देउ बाटो गलतछ जँहा
भो मलाइ एतै छाड्देउ जादिनम त्यहाँ
भो मलाई एतै छाड्देउ ।
४, सम्पतिको लालचमा दुःख धेरै भोग्यौ ! २
गौतम बुद्धको आगनिमा हिटलरलाई खोज्थौ
अधर्मको धागोवुनि असत्यलाइ सिउछन् यहाँ
भो मलाइ एतै छाड्देउ जादिनम त्यहाँ
भो मलाई एतै छाड्देउ ।
५, अन्धो रेसको धागो चढि सबैकुद्छन यँहा वँहा
भो मलाइ एतै छाड्देउ जादिनम त्यहाँ वस आउ वस
एकान्तमा सुकुनमिल्छ यँहा बस बसौंसबै स्वतन्त्रमा सुकुनमिल्छ जहाँ
भो मलाइ एतै छाड्देउ जादिनम त्यहाँ
भो मलाई एतै छाड्देउ ।
सूचना विभाग दर्ता नं. – १५०३/०७६/०७७
प्रवन्धक/सम्पादक : लोकमणि रिजाल
सह-सम्पादक :अस्मिता खत्री
सह-सम्पादक : तेन्जु योन्जन (मलेसिया)
कानूनी सल्लाहकार : ओम प्रकाश घिमिरे
दिक्तेल, रुपाकोट मझुवागढी-१४ खोटाङ्ग, प्रदेश नं. १
मोबाईल नं ९८४२९०६६४२
Email: [email protected]