विप्लवी तेन्जु योन्जन
हाल : रेगिस्तान
समयको परिवर्तन संगै
डोहोरिने क्रममा
हाम्रो भेट दोबाटोमा भयो
बाटोमा भएको
बाटो कटानी गफ सगै
परिचय रुपि चिनजान भयो
जब छुटिने दोबाटो
आई पुग्छ
बिबसता भित्र हामी
गन्तव्यलाई
पहिल्याउन हामी
आफ्नो आफ्नो
गन्तव्य तिर लाग्यौं
त्यसैले त
तिमी र म छुट्टाछुट्टै सहरमा
एकैसाथ हरायौँ ।
फरक फरक वस्तीमा
फरक लक्ष्यमा
फरक गन्तव्यमा
फरक फरक गोरेटो बनाएर हरायौँ ।
तर,
खोज्नेले एउटै आरोप लगाइ
एउटै बस्ती खोजी रह्यो
एउटै गोरेटोमा खोजी रह्यो
एउटै घुम्तिमा खोजी रह्यो
एउटै सहरमा खोजि रह्यो ।
खोज्नेले मलाई भेटे
तिमीलाई भेट्नै सकेन आज सम्म पनि भेटेकै छैन तिमी कहाँ हरायौ ?
सूचना विभाग दर्ता नं. – १५०३/०७६/०७७
प्रवन्धक/सम्पादक : लोकमणि रिजाल
सह-सम्पादक :अस्मिता खत्री
सह-सम्पादक : तेन्जु योन्जन (मलेसिया)
कानूनी सल्लाहकार : ओम प्रकाश घिमिरे
दिक्तेल, रुपाकोट मझुवागढी-१४ खोटाङ्ग, प्रदेश नं. १
मोबाईल नं ९८४२९०६६४२
Email: [email protected]