सोहन रिजाल
पद्मोदय माध्यमिक विद्यालय,पुतलिसडक
काठमाण्डौ ।
कक्षा ७
हामी हाम्रो बिगत प्रती चिन्तित छौ । कहिले र कसरी शुरु भयो समाज ? के हो प्राचिन सभ्यता र कसरी विकास भयो ? प्राचिन सभ्यता र विकास एक अर्का प्रती कतिको अन्योन्याश्रीत सम्बन्ध छ ? मानबजातीको इतिहाँस अध्ययनको एक जटिल बिषय हो । यो केबल हाम्रो पुर्बजहरुको इतिसबाट सम्भब छ । मानब समाज निरन्तर प्रक्रिया परिबर्तन गर्दैछ । यो हामीले देख्दै र भोग्दै आएका छौ । तर हामी निश्चित रुपमा उपलब्ध गराउन पुरातात्विक बस्तुहरु पत्ता लगाउने कुरा भन्न सक्दैनौ । त्यसैले यहाँ समाजको उत्पती र बिकासको चरणहरुलाई राख्ने प्रयास गरेको छु ।
समाज उत्पतीको चरणहरु ः
१) पुरानो ढुङ्गे युग ः यस युगका मानिसहरु आफ्नो दैनिकी चलाउन शिकार गर्ने र भेला हुने गर्थे । तिनिहरु एक ठाँउबाट अर्को ठाँउ सर्थे,यस युगमा आगो फेला परेको थिएन । त्यसैले मानिसहरु शिकार गरेर ल्याएको काँचो मासु खान्थे । घर बनाउने कुनै उपाए जानेका थिएनन् , गुफा तथा ओडारमा बास बस्दथे,शिकार गर्न ढुङ्गाको हतियार बनाउथे,जो निकै कष्टकर काम थियो,यस युगलाई पोलोलिथिक वा शिकार युग भनिन्छ ।
२) नयाँ ढुङ्गे युग ः मानिसहरुले बिस्तारै घुमन्ते जिबन छाडे र स्थीर जिबन शुरु गरे,तिनिहरु गुफामा,मैदानमा,शिबिरहरुमा सानो समुहमा बस्न थाले,तिनिहरुले प्रयास गर्दा गर्दै आगो निकाले र बिस्तारै खाना पकाएर खान थाले,यस युगलाई नियोलिथिक युगको रुपमा चिनिन्छ ।
३) पशुपालन र कृषि युग ः सबै समाज वा मानिशहरु आबस्यक्ताको आधारमा परिबर्तन हुन्छन् , मानब उत्पती ढुङ्गे युगबाट शुरु भएको थियो बिस्तारै आबस्यकताको आधारमा नयां परिबर्तन भयो घुमन्ते जिबन बाट सानो सानो समूह हुदै आगो फेला पारेर खाना पकाएर खाने युगको बिकास हुनु आबस्यकताले ल्याएको परिबर्तन हो । जनसंख्याको बृद्वी संगै मानिशहरुले भोकमरीबाट बाँच्न कृषि तथा पशुपालन गरेको बढ्ने विरुवाको मात्र खेती गरेको र खानामा शिकारको भरोसा गर्न छाडेको ,मानब विकासको इतिहाँसमा पाउन सकिन्छ ।
शिकारीलाई किसान वा शरणार्थीको रुपमा परिबर्तन गरियो ,कृषिले एक स्थाई अस्तित्वको माग गर्यो । यसरी पहिलो स्थाई समाजको गठन भयो । मानिसहरु माटोको गोलाकार घरमा बसोबास गर्न थाले ।
४) औधोगिक युग ः भनिन्छ आबस्यकताको आबिस्कार आमा हो । जनसंख्याको बृद्वी संगै मानिसको आबस्यकता बढ्यो कृषि परिबर्तन र आधुनिकीकरणको लागि तिनिहरुले कृषि औजारहरुको निर्माण शुरु गरे , यसले उनिहरुको आबस्यकता पुरा गर्न कपडा,हतियार र गोलाबारुद उद्योग आदिको जन्म दियो । उनिहरुले उद्योगमा रोजगारी पाए र कमाइको श्रोत बन्यो ।
५) आधुनिक युग ः हामी अहिले जुन युगमा बाँचिरहेका छौ यसैलाई आधुनिक युग भनिन्छ । यसैलाई बिज्ञान र प्रविधिको युग पनि भनिन्छ । संसारमा कुनैपनि ठाँउ हामीबाट टाढा छैन । यो सबै हुनुमा यातायात र सञ्चारको आमुल परिबर्तन र बिकास । हाम्रो आबस्यकताको आधारमा बिज्ञान र प्रबिधीको सहायताले छिनभरमै विश्वको भ्रमण गर्न सक्छौ । जसको सानो उदाहरण हो इमेल,इन्टरनेट,फेसबुक,टुइट जस्ता कुराको प्रयोग , हामीलाई आबस्यक पर्ने खानेकुरा देखी लाउने र मनोरञ्जनका साधनको खरिद वा बिक्री समेत अनलाइन पद्वतीमा गर्न सक्छौ । यो सबै बिज्ञान र प्रबिधीको बिकासमा भएको परिबर्तनले मानब जिबनमा ल्याएको एउटा बिकास वा परिबर्तन हो । त्यसैले हामी हाम्रो इतिहाँस र पुर्खाहरुको योगदानको सधै सम्मान र उहाँहरुले दिएको योगदनको उच्च कद्वर गर्न चुक्नु हुदैन । किनकी आज हामी छौ भनेर गर्ब गर्नुमा पुर्खाहरुको योगदान रहेको छ ।
सूचना विभाग दर्ता नं. – १५०३/०७६/०७७
प्रवन्धक/सम्पादक : लोकमणि रिजाल
सह-सम्पादक :अस्मिता खत्री
सह-सम्पादक : तेन्जु योन्जन (मलेसिया)
कानूनी सल्लाहकार : ओम प्रकाश घिमिरे
दिक्तेल, रुपाकोट मझुवागढी-१४ खोटाङ्ग, प्रदेश नं. १
मोबाईल नं ९८४२९०६६४२
Email: [email protected]