• अन्तरर्वार्ता
  • साहित्य
  • स्थानीय तह
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ खबर
  • बैदेशिक रोजगार
  • खेलकुद
  • पर्यटन
  • फिचर
  • मनाेरञ्जन
  • Desh Post TV
  • मुख्य समाचार
  • राजनीति
  • रोचक
  • विचार/ब्लग
  • समाचार
  • प्रबिधि
  • स्वास्थ्य/शिक्षा
आज:  | Sat, 30, Sep, 2023
  • समाचार
  • अर्थ
  • स्वास्थ्य/शिक्षा
  • प्रबिधि
  • राजनीति
  • खेलकुद
  • विचार
  • पर्यटन
  • अन्तर्राष्ट्रिय
  • रोचक
  • स्थानीय तह
  • बैदेशिक रोजगार
होमपेज / विचार/ब्लग

“सिमा दुख्दा लाग्छ बिरताको इतिहास चुक्दैछ”

१७ असार २०७७, बुधबार ०७:०४ मा प्रकाशित (3 बर्ष अघि) अनुमानित पढ्ने समय : ९ मिनेट
देश पोस्ट
  • ६७७ पटक पढिएको
  • विप्लवी तेन्जु योन्जन

    जुन बेला मेरो बालापन थियो घरको दलिनको थाममा झुन्ड्याएको रेडियोमा सदा बहार बज्ने देश प्रेमबाट ओतप्रोत भएका राष्ट्रिय गीत सुन्दा मेरो झिनो सिकुटे ज्यान नै फुल्थ्यो । जहाँ तिनै गीतमा झल्किने भावले हाम्रो देश र हामी तमाम नेपालिहरुको ऐतिहासिक अब्बल परिचय दिनुका साथै वीरताको पथमा हिँडिरहन समेत प्रेरणा भर्थ्यों।

    पश्चिम किल्ला काँगडा पूर्वमा टिस्टा पुगेथ्यौं
    देशले रगत मागे …………..!

    कुन शक्तिको सामूमा कहिले हामी झुकेथ्यौ …….आदि आदि

    राष्ट्रकवि माधव प्रसाद घिमिरेको कोमल हात बाट कलमको निवले कोरिएका ती शब्दले हाम्रो इतिहासको गाथालाई सम्झाउँछ। आफ्नो भू-भागको रक्षार्थ हाम्रा वीर नेपालीहरूको सामर्थ्य र त्यागको सचित्र उर्ताछ। अनि हाम्रो देशको विशाल भूभाग अनि नेपालि छातिको गौरव गाथा ओकल्छ । नव शृजनसिल नव कवि ,कवियत्री, गजलकारहरुले आफ्नो साहित्यिक क्षेत्रमा आफ्नो देश प्रतिको माया स्नेहले सुसज्जित कृतिहरु प्रकाशन गरिएको हुन्छ यी फगत सिर्जना मात्रै होइनन् यी त हामी र हाम्रा लागि ऐतिहासिक दस्तावेज समेत हुन्।

    हामी मात्रै नभएर धेरै विद्यालय जाने बालबालिका किताबका पानामा हाम्रा वीर पूर्खाको साहस, हिम्मत र अथाह देश प्रतिको प्रेमलाई पढेर पक्कै पूर्खाको सम्मान र वीरताको कदर गर्छन्। यस्तै बालखैमा देशका लागि आफ्नो ठाउँबाट सक्दो योगदान दिन सकियोस् भनेर प्रण गर्दै कम्मर कस्छन ।

    हो जुनै देशको पनि आफ्नो देशको भौगोलिक विषय सबै देशको उच्च प्राथमिकतामा पर्छ। यसमा इतिहासको गाथा र आफ्नो अस्तित्व समेत रहने हुदाँ सबैलाई आफ्नो भूमिको माया अगाध लाग्छ तर सीमामा केही असमझदारी भए त्यसले मन बिझाउँछ। सीमा विवादले गर्दा नै विश्वमा धेरै पटक मनोमालिन्य र विवाद हुँदै आइरहेको देखिन्छ।
    पटक पटक सिमा बिबाद सुल्झाउन गरिएको समझदार सन्धी नेपालिको इच्छा बिपरित भएको प्रष्ट देखिन्छ ।
    भर्खरै भारतले नेपालका भूभागलाई अतिक्रमण गरिएको भु भाग समेटेर आफ्नो नक्सा सार्बजनिक गरे पछि नेपाली जनताको आक्रोश बढेर गएको छ। मिडियामा सीमा अतिक्रमणको खबर पढेका, सुनेका आम नेपालीको हृदय फेरि एकपटक कठोर बनाउने अबस्था शृजना भएको छ। प्रतिवाद स्वरूप आन्दोलन समेत विस्तारै दिनानुदिन उठ्दै गइरहेको छ।

    कालापानी, सुस्ता, टनकपुर, लिपुलेक, पशुपतिनगर लगायतका ठाउँमा सीमा विवादले विगत लामो समयदेखि नै नेपाली जनताको भावनामा चोट पुर्‍याइरहेको इतिहास कुनै नौलो भने हैन ।

    कालापानी, लिपुलेक र लिम्पियाधुरा हाम्रो देशका अमूल्य निधि हुन्। त्यसैले यो क्षेत्र माथिको भारतको अत्यचारी प्रहार कुनै पनि देश प्रेमीको मनमा अटाउन सक्ने विषय नै हैन।
    अपवाद लडेरै गुमेको भू-भाग आफ्नो बनाउने विकल्प छुट्टै छलफलको विषय बन्ला तर नेपाली भूभागमा कुदृष्टि लगाउने सम्बन्धित पक्षलाई पूर्खाले कोरिदिएको वीरताको गाथा कम्तीमा स्मरण गराउन सक्ने अबधारणा बोकि सरकारी निकायले राष्टिय आफ्नो हो भन्ने औकात भने अवश्य राख्नैपर्छ।
    तर बिपरित भएको भान हुनेछ आफ्नो सिमा फिर्ताको लागि भारत विरुद्ध आन्दोलनमा ’सडकमा उत्रिएको तमाम देश भक्ती जनतालाइ समर्थनको उपहार स्वरुप समात्दै प्रहरीको दमनमा चिसो छिडिमा लगाउने कु नीति बन्द गरियोस ।

    वास्तवमा भन्ने हो भने नेपाली जनताको हितको लागि हुँदै हैन सरकारले चालिएको कदम उनिहरुको स्वार्थको लागि गरिएको साबित भएको भान हुन्छ । किन कि सरकार पक्षले गरिएको सम्झौता ऐतिहासिक लिपुलेकको विषयमा चीन र भारतबीच जसरी नेपाललाई अलग्याएर लिपुलेक ट्रान्जिट सम्झौता भएको छ, त्यो हुनु नै नेपालिहरुको दुर्भाग्य झै आफैंमा हेपाहा प्रवृत्तिको उत्कट नमूना हो भन्दा कति फरक पर्दैन । जुन स्वामित्ववाला देशलाई बाहिर राखेर जसरी एकल स्वतन्त्रताको हक बन्दी गर्दै मनोपोली ढंगले मनखुसी गरिएको छ, त्यो खेदजनक छ।
    बिडम्बना !
    सदियौंदेखि आफ्नो देशको भू-भाग आफ्नो देशको माटो आफ्नो देशको अस्तित्व बचाउन सीमामा नेपाली गरिव, निमुखा सोझा सिधा जनता ले भारतीय सुरक्षा दस्तासँग भिडिरहनुपर्ने बाध्यता छ। यति हुदा हुँदै पनि दुःखको कुरा त आफ्नो स्वामित्वमा रहेको जमिन राति सुत्दा नेपालमै सुतेका हाम्रा नेपाली बिहान उठ्दा अर्कै देशको भूमिमा आफ्नो देशको अस्तित्व खोज्नुपर्ने बाध्यता देखी मुक्ति कहिले पाउला? आफ्नो अस्तित्वको रक्षा भएको अनुभूति कहिले होला ? यस्तै अनगिन्ती प्रश्नहरुले चारैतिर घोचिरहेको छ।

    यतिबेला सामाजिक सञ्जाल तातिरहेको छ। यो माहोलमा नेपाली आफ्नो मिचिएको र मिचिन लागेका भू-भागको फिर्ता र हेपाहा प्रवृति आफ्नो स्वामित्व भित्र रहेको जमिनको हस्तक्षेपको विरूद्धमा आवाज बुलन्द गराईरहेका छन्।

    आ- आफ्नै क्षेत्रबाट मुक्तिको खातिर आवाज उठाई रहेको छ , सर्जकहरू आफ्नो सिर्जनामार्फत् देशको भूमि बचाउन अब जाग्नैपर्ने बेला आएको भन्दै सबै नेपालीलाई जागरुक बनाइरहेका छन्। सीमामा समेत सर्वसाधारण र विद्यार्थीले नेपालको रातो चन्द्र सूर्य अंकित रातो झण्डा फहराउँदै देशको भौगलिक अतिक्रमणको विरोध गरिरहेका छन्।

    यो परिस्थितिमा सीमामा पिल्लर मात्रै हल्लिएका छैनन् पिल्लर सारिएको छ तमाम नेपालीका मन छिमेकीको व्यवहारले दुखित छन्। सरकारका विभिन्न पक्ष , निकाय संयन्त्रले यस बीचमा सीमा समस्या सुल्झाउन कूटनीतिक रूपमा प्रयत्नै गरिरहेको देखिए पनि त्यसले अपेक्षित नतिजा दिन सकेको देखिँदैन किनकी छिमेकीको स्वार्थी आँखा हाम्रो प्रिय भूमिमा गढेको छ। जसरी पनि नेपाली भूभाग कब्जा गर्ने रणनीतिले संवादको प्रक्रिया धिमे गतिमा समेत अघि बढ्न सकेको छैन। ऐतिहासिक दस्तावेज र प्रमाणको आधारमा कूटनीतिक तवरबाट समस्या समाधान गरिने भनिए पनि यो निकै ढिलो भैसकेको छ।

    सरकार पक्षले नितिगत गम्भीर भएर यो समस्याको समाधान नगर्नाले सीमाका अधिकान्स नेपालीहरुले आफ्नै जमिनको लालपुर्जाका मात्रै हिस्सेदार बनेर बस्नुपर्ने नियति पक्कै राम्रो होइन। यसमा समाधानको विन्दु पहिल्याउनै पर्छ। यदि यो कार्यले गति लिन सकेन भने सधैंभरि हामी नेपाली सीमाकै विषयमा अल्झिएर देशको महत्वपूर्ण समय गुजारिरहेन बाध्य हनु पर्ने हुन्छ। आर्थिक विकास र समृद्धिको आफ्नै लक्ष्य अनवरत पछ्याउनुपर्ने समयमा ध्यान अन्तै मोडिन पुगेको छ जसले गर्दा सुध्रिँदै गएको आर्थिक लयको बाटो बिग्रने देखिन्छ भने अर्कोतर्फ बामे सरिरहेको संघीयताको समेत हिँडाइ अस्थिर बन्ने देखिन्छ।

    देशका दुई कारोड जनता, मिडियाले चासो राख्दैं भूभाग मिचिएको विषय उठान गरिरहँदा सम्बन्धित पक्षले यस विषयलाई तदारूकताका साथ औपचारिक रूपमा सम्बोधनको प्रक्रिया नथालेको हो कि भन्ने आभास भएको छ। यसले झन् सर्वत्र चिन्ता र चासो बिरोधभासको जन्म समानान्तर भएको छ।

    हाम्रो देशका पूर्वज वीर पूर्खाले सीमित फौजी शक्तिमा रातदिन नभनी, भोकप्यासको प्रवाह नगरी, छातीमा ताता गोलीका चाप,ताप सहेर आफ्नो कायम राखेको भू-भागलाई समृद्धि नयाँ नेपाल संघियताको आगमन सगै अहिलेको विकसित फरक परिवेशमा पनि कायम राख्न चुक्नु वा समाधानको बाटो नभेट्नु वीर नेपाली पूर्खाको अपमानको संकेत त होइन ? प्रश्न यसरी पनि सोझिएको छ।

    लडेरै गुमेको भू-भाग आफ्नो बनाउने विकल्प छुट्टै छलफलको विषय बन्ला तर नेपाली भूभागमा कुदृष्टि लगाउने सम्बन्धित पक्षलाई पूर्खाले कोरिदिएको वीरताको गाथा कम्तीमा स्मरण गराउन सक्ने तागत र साहस भने अवश्य राख्नैपर्छ।

    हाल: रेगिस्तान बाट

    प्रतिक्रिया दिनुहोस


    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    Top 9 Most Widely Used Hangouts For Single BBW In Milwaukee In 2023

    Experience the very best bicurious hookup webpage

    शनिदेव महाराजको दर्शन गरी तपाईको राशिफल हेर्नुहोस् ।

    Young Lady Senior Man Adult Dating Sites | Senior Younger Dating

    Dallas Hookup — 3 effortless websites discover everyday gender lovers

    Uncover the secrets of effective chinese dating

    Finest Spots In Order To Meet Women In Lagos & Dating Guide – WorldDatingGuides

    what’s couple looking for female?

    ढल्यो एउटा खोटाङको शैक्षिक एबं राजनैतिक इतिहाँस । पछिल्लो समय लिएको उहाँको भिडियो सहित

    पुर्व माओबादी नेताहरु जुनसुकै बेलापनि जेल जाने अवस्था आउँछः देव गुरुङ

    ‘संविधानमा संसद् विघटनको व्यवस्था हिजो पनि राखेको थियो, अहिले पनि छ : प्रधानन्यायाधीश

    विप्लव समूह र प्रहरीबीच गोली हानाहान

    पार्टीले भन्दैमा अध्यादेश फिर्ता हुँदैनः ईश्वर पोखरेल

    जुनियर कर्मचारीलाई हाकिम मान्नुपर्ने निजामतीको समस्या ।

    अदालतले प्रधानमन्त्री तोक्ने हो भने निर्वाचन किन गर्नुपर्यो ? मन्त्री राई

    अदालतमा विचाराधिन मुद्दामा पुर्वन्यायधिशहरुले बोलेर गति छाडेको सुर्य थापाको आरोप

    समाचार
    सुमो चालक मृत फेला प्रकरण

    खोटाङ : सहमती पछी सुमो चालक आचार्यको  शव आफन्तले लिए जिम्मा

    मृत फेला

    खोटाङमा सुमो चालक शङ्कास्पद अवस्थामा मृत फेला

    अरिङ्गालले टोकेर मृत्यु

    खोटाङमा अरिङ्गालको टोकाइबाट बालिकाको मृत्यु

    नेकपा (एमाले) जिल्ला कमिटी खोटाङ

    कोशी प्रदेश  अधिबेशनको लागि दश वटै पालिकाबाट  ५६ जना प्रतिनिधिहरु चयन

    सुरेन्द्रबहादुर  बस्नेत

    ‘सुरेन्द्रबहादुर बस्नेत पत्रकारिता पुरस्कार’ पत्रकार राईलाई प्रदान

    सम्बन्धित खबरहरु

    खोटाङ : सहमती पछी सुमो चालक आचार्यको  शव आफन्तले लिए जिम्मा

    खोटाङमा सुमो चालक शङ्कास्पद अवस्थामा मृत फेला

    खोटाङमा अरिङ्गालको टोकाइबाट बालिकाको मृत्यु

    कोशी प्रदेश  अधिबेशनको लागि दश वटै पालिकाबाट  ५६ जना प्रतिनिधिहरु चयन

    शिक्षक आन्दोलनकाे सात बुँदे सहमति,विद्यालय आइतबारदेखि खुल्ने

    पत्रकार राईलाई एक लाख दश हजार राशिको सुरेन्द्रबहादुर बस्नेत पत्रकारिता पुरस्कार

    सूचना विभाग दर्ता नं. – १५०३/०७६/०७७
    प्रवन्धक/सम्पादक : लोकमणि रिजाल
    सह-सम्पादक :अस्मिता खत्री
    सह-सम्पादक : तेन्जु योन्जन (मलेसिया)
    कानूनी सल्लाहकार : ओम प्रकाश घिमिरे
    दिक्तेल, रुपाकोट मझुवागढी-१४ खोटाङ्ग, प्रदेश नं. १
    मोबाईल नं ९८४२९०६६४२
    Email: [email protected]

    सामाजिक संजालतिर

    आबश्यक लिंकहरु

    • Privacy Policy
    • Advertise with us
    • Contact us
    • About us
    2023: Desh Post मा सार्वाधिकार सुरक्षित छ. | Designed by: GOJI Solution
    ↑