विप्लवी तेन्जु योन्जन
देशमा सुशासन ,अनि रोजगारीको सुअबसर नहुदा कयौ नेपाल आमाको छोरा छोरा छोरी बिदेशी भुमिमा आफ्नो पैसामा आफै बेचिएको गोरु झै दलालीको हातमा सुम्पिन बिबस छ। एजेन्ट भनाउदा रक्त पिचासहरुबाट सुरु भएको दलाली बिदेशी माटो सम्म पनि समाप्त हुदैन । जहाँ एजेन्टले फेरि बिदेशी दलाला लाई बेच्छ ।
सोझा साधा नेपालिको रगत पसिनाले आर्जेको पैसाले आफ्नो इच्छा र आफन्त छोरा छोरी श्रीमति आमा बाबा दिदी बहिनीलाई दैनिक उपभोग्य समान जस्तै केही थान मोबाईल केही थान ल्यापटप ल्याउदा सरकारले जफत गर्ने नितिले लाईसेन्स प्राप्त डाकुहरु छोडिएको खबरले दुखी तुल्याएको छदै थियो । फेरि अहिलेको स्थितिमा विश्व माहामारी कोभिड १९ कोरोना भाईरसको कारण लाखौं नेपाली बिदेशमा बिचल्ली परिरहेको थाहा हुदा हुँदै पनि सरकारले उचित ब्याबस्था नमिलाउदा चर्को दबाबको कारण उद्धारको नाममा गरिबको छोरा छोरिको पसिना माथि बलात्कार गर्दै कमिसनमा कुनै तोकिएको ट्राभल एजेन्सिको मिलिमतोमा चर्को भाडा दर तोकियो ५६० अमेरिकन डलर बराबरको टिकेट दर तोकेर उद्धार भनियो । यदि उद्धार हो र आफ्नो नागारिकहरु आफ्नो देश आउन चाहानेलाई ल्याउने कर्तव्य सरकारको हुदा हुँदै पनि कमिसन तथा घुसखोरिको चक्र बिउमा रमाउन चाहने सरकारी कर्मचारी लगायत एजेन्सिहरुले गरिबका छोरा छोरिलाई नचाहिदो पाराले ब्रह्ममा लुट गरिरहेको सरकार पक्षले हेरिरहेको छ।
बिदेशमा रहदा उद्धरको लागि फारम भर्दा देखि आफ्नो नेपाल विमान आईपुग्दा सम्मको अबधिमा नेपालको विमान स्थलबाट बाहिरिदा आफुले आफ्नी प्राण प्यारी छोरीलाई ल्याइदिएको सामानहरु सरकारी तलब भत्ता खाने लाइसेन्स प्राप्त डाँकुहरुले जफतको उर्द्दी लगाउदै लुट्दै गर्दा बिदेशमा ५५ डिग्रीको घाममा खटेर कमाएको सम्पतिले आफ्नो लागि समान ल्याउदा यसरी नेपालको विमान स्थलमै लुटिन्छ भने आफ्नो बाध्यताले बिदेशियको कयौ युवा युवतिको मनमाआक्रोश आउनु स्वाभाविक हो । आज भोलि हरेक आखबारको हेडलाईन नै फरक फरक शिर्सक राख्दै चाटर गरि आफ्नो नागरिक ल्याउन लागेको हल्ला पिटेको छ ।
त्यही बिषय बस्तुमा छापिएको पत्रीका पढदा मलाई पनि केही लेख्न मन लाग्यो । जहाँ कयौ बिदेशियको नेपाली युवा युवतिहरुको मर्मलाई स्पस्ट पार्न अथक प्रयाश गरेको छ। जसको पात्र म आफै पनि एक हु । जो यस्ता बिषय बस्तुमा आधारित रहेर केही शब्द लेख्न जमर्को गरे ।
प्रवासको बसाई बिटमार्दै अब आफ्नो जन्म भुमी फर्किने दिन नजिकिदै गर्दा मेरो मनमा अनौठो कुराको बाँस हुन्छ । अनि म आफै सोच्न बाध्य हुनेछु मेरो आफ्नो देश आफ्नै नागरिकले देशको आधा अर्थतन्त्र रेमिटेन्सले ठेगेको भन्ने कुराको हेक्का सम्म नराखी महामारिको कारण लाखौं युवा बेरोजगार भएर बसेको साथै भिसा अबधि सकिएर लकडाउनको चपेटा सहेर बसेका अनि बिदेशमा त्यस देशको अर्थतन्त्र असरले कम्पनी बन्द भइ लाखौं कामदार बिना तलब घर फर्किन बाध्य भएर बसेका आफ्नो नागरिकले बिदेशबाट फिर्दा आफ्नो प्रयोगको ल्याएको थोत्रो ल्यापटप मोबाईल जफत गरेर लिलाम गरेको इतिहास भुल्दै । आज फेरि हवाईजाहाज चाटरको नाममा ब्रह्ममलुट गरिरहेको छ ।
यसरि आफ्नो देशको अर्थतन्त्र धान्ने युवालाई देश फर्काउन आफ्नो निजि टिकट किन्नु पर्छ भने वैदेशिक रोजगार लगायत अन्य सघ सस्थाले प्रवासीबाट असुलिएको कर कहाँ लगानी गरियो । यस्को लेखा जोखा किन हुदैन ? यस्तै यस्तै प्रश्नले यो पटक घर जान लाग्दा पनि मनमा खुशी , उत्साह,उमंग हुदैन । किनकी आफ्नो परिवार आफ्नो बाल बच्चाहरुको खुशी नेपालको विमान स्थलमै जफत होला कि भन्ने चिन्ता छ। सायद लाग्छ म जस्तै स्वदेश फर्किने तयारीमा जुटेका कयौ कामदार युवा युवतीहरुमा पनि अबस्य कौतुहल्ता मलाई जस्तैः लागेको होला ।
आफ्नो जन्मभुमि फर्केका सारा हामी नेपाली कामदारहरुको सामान विमान स्थलमै जफतको नाममा लुटिएको खबर तथा क्वारेन्टाइनको नाममा बलात्कार , चरम लापरबाही जस्ता समचार पढ्दा यस्तो लाग्छ,सरकारी पक्षबाटै मान्यता प्राप्त लाइसेन्स प्रप्त लुटेराहरु खुलम खुल्ला सिंहदरबार र विमान स्थल हुँदै क्वारेन्टाइन सम्म बिगबिगी पाइन्छ । सरकारी कोषबाट उद्धारको हल्ला बजारमा चलिरहदा यता गरिबको छोरा छोरी कुलेआम टिकट दरमा दलालीहरुले मनोपोली ढंगले लुटिरहेको छ।
एक ताका नुनिलो पसिना र रगतले सिचिएको सामान जफत गरेको दृश्य देख्दा प्रवाशमा रहेर आफ्नो अमुल्य श्रम पसिनाले पैसा साटेको दलालको इसारामा यन्त्र चालित गुडिया झै खट्नु पर्दा लाग्थ्यो ,गरिब कामदारका हासो लुट्ने डाकुहरु त बिमान स्थलमै रहेछन्। आज फेरि त्यही कार्य अर्को बिषय बस्तुमा प्रस्तुत गरिएको चाटर हावाईजहाजले गरेको छ । यो नीति सरकारको हो । तर दुख लाग्छ सत्य पिडित अझै सम्म उद्दारको पर्खाईमा छन भने केही निकट एनाअरएन हरुको चलखेलमा आफन्त हरु भटाभट चाटरबाट फर्किएको तितो इतिहास जिउदो छ।
आफ्नो परिवार छोरा छोरी तथा आफ्नो सुन्दर सपना र भबिस्य खोज्न वैदेशिक रोजगारको बाटो पहिल्याउने, हामी नेपाली साच्चिकै अभागी रहेछौं।आफ्नो जिन्दगीलाई मृत्युको दाउमा राखेर,उब्जाएका केही हासोहरु नेपाल सरकारले विमान स्थल मै विभिन्न बाहानामा लाइसेन्स प्राप्त डाकुहरु द्वारा लुटि दिन्छ । अनि गरिबका रगत पसिना चुस्न पल्केका सरकारका भतुवाहरु बच्चाले खेलौन हावा लगाएर फुलाए झैँ गर्वले आफ्नो स्वार्थि छाती फुलाउछन। आफन्त र घरपरिवारको दैनिक उपभोग गर्न ल्याएको सामान जफत गरेर, भन्सार बिभागका भतुवा भरौटे ठेकेदार भनाउदाहरु आफूलाई बलवान सँकुचित सोचले प्रफुल्ल हुनेछ । तर बिडम्बना ति रक्त पिचासु दलाल भ्रष्टचारहरुलाई के थाहा ? तिनै सामान भित्र परिवार सँग बर्षौ सम्मको बिछोडिनु पर्दाको पीडा तथा पुनर्मिलनको क्षणको खुशी मिसिएको छ ।
बाध्यता भित्र बिबस्ताको हुरिले हुत्याउदै हुत्याउदै आफ्नो प्यारो
जन्मभूमि, आफ्नो प्राण प्यारी जीवन सङ्गिनी आफ्नो मुटुको टुक्रा नाबालक, छोराछोरी आफन्त र परिवारको मायाबाट टाढा रहेर,सात समुन्द्र पारिको माटोमा आफ्नो अमुल्य परिश्रम, रगत पसिना बेच्नु कुन नेपालीको रहर हुदैन ! तर अभाव र बाध्यताको खाडलले माथी उस्किन नसक्दा आफ्नो इच्छाले नचाहदा नचाहदै पनि, तिनै हरियो पासपोर्ट बोकेर पौने करोड भन्दा बढी युवा युवतीहरू पराई मुलुकमा गुन्द्रुकको मुल्यमा आफ्नो श्रम पसिना बेचिरहेका छौँ। कैयौं सपनाहरूको डङ्गुर थुपारे कहि मुटु छुने जाडो त! कतै चरा खस्ने गर्मीमा आफ्नो ज्यानको कुनै प्रवाह नगरीकन पसिनालाई पैसामा बदल्न विवस छौँ। म जस्ता कयौ नेपालीहरुले भोगि रहेको पीडा र दु:ख मापन गर्ने यन्त्र भईदिए,सायद सगरमाथा भन्दा पनि अग्ला दु:खका पहाड चुलिन्थे होला ।अनगिन्ती दु:ख र यातनाका बाबजुद पनि देशमा वर्षेनी ७१% भन्दा बढी रेमिट्यान्स भित्राइ नै रहेका छौँ।जसको कारणले नेपाल् को अर्थतन्त्र धानिएको छ।
साचै यथार्थको धरातलमा उभिएर भन्ने नै हो भने आफू स्वाभिमानी नेपाली भएर भन्ने हो भने आजको यो स्थितिमा हामी जस्ता प्रवासिले भित्र्याएको रेमिटान्सकै कारणले जनताको आखामा छारो लगाउने उखान टुक्काको भरमा देश हाक्ने जस्ता नेताहरू विलासिताको जिन्दगी आराम साथ छन।तर दुखको कुरा त्यहीँ रेमिट्यान्स भित्राउने म जस्ता कयौ नेपाली दाजु भाइ दिदी बहिनीलाई राज्यले यो स्थितिमा सरनार्थिको व्यबहार गर्दैछ।
बिदेशी भुमिमा कर्म गरिरहेका,तपाईं हाम्रो पसिनाको मुल्य पक्कै पनि अवैधानिक छैन।आफ्नै पसिनाको मुल्यले सौदा गरिएको हुन्छ। तर राजस्व संकलन गर्ने बहानामा दु:खका आँसुहरु सँग साटेको श्रमजीवी श्रमिकको सानो खुशीमा, नेपाल् सरकार अर्थ हिन भिलेन बन्दैछ। घरायसी प्रयोजन र उपहारस्वरूप ल्याएका सामानहरु जफत हुँदा कुन नेपाली श्रमिकको चित्त दुख्दैन ? बिदेशिएका सबै श्रमजीवी श्रमिकहरु जो कोहि सबको तलब सोचे जस्तो आकर्षक हुदै हुदैन , जो दुख गरेर आधा पेट खाएर आफन्त र परिवारलाई खुशी पार्न भनेर ल्याइएको २/४ वटा घडी, २/३थान मोबाइल,केही प्याकेट चकलेट,केही लिटर मदिरा नि:शुल्क भित्राउन दिदा राजस्व संकलन मा कति नै गिरावट आउला र?
यदि कडाइ गरेनै भए नेपालको खुल्ला भन्सार नाकामा दिनरात चोरी तस्करी भईरहेको छ। कर छलेर कर माफियाहरु दिनदुगुना, रात चौगुना मोटाइ रहेका छन। त्यहाँ भन्सार बिभागको उपस्थिति नाजुक छ। तर हवाई मार्गबाट आएका नेपाली कामदारहरु लाई भने,कडाइका साथ करको दायरामा ल्याइन्दैछ।रेमिटान्स चल्ने तर हामीले ल्याएको सामान चाहिँ नचल्ने? यो कस्तो मनपरि नियम हो? यो कस्तो भाइमारा नियम हो ? यो कस्तो लातमारा नियम हो? दुई तिहाईको आडमा मात्तिएको नेपाल सरकारको कार्य शैलीलाई यो परिपेक्षमा जति नै आलोचना बिरोध र निन्दा गरेपनी कमै हुन्छ। कानुनी देशमा कानुन नमान्ने कुरो आउदैन तर कानुन सबैको लागि न्यायसंगत हुनुपर्यो।कानुन सबैलाई सुहाउँदो हुनुपर्यो।कानुन औचित्य भित्र रहेर समान कानुन हुनु पर्यो । जो गरिब दुखिलाई मात्र लागू गरिने यस्ता असामान्य कानुन कदापि स्विकार्य हुनेछैन।
सक्छौ भने करौडौ करौडौ भ्रष्टचार गर्ने लाई समाउ कारबाही गर । ३३ किलो सुन त्यही विमान स्थल बाट गायब हुन्छ तस्तालाई राजनीति छत्रछायामा राखिन्छ ।देशमा बलात्कार हुन्छ बलत्कारिलाई संरक्षक बनी समर्क्षण दिदै सबुत प्रमाण नस्ट गरिन्छ। तर गरिब जनताको छोराले आफ्नो ज्यान बाजिमा राखेर ल्याएको समान जफत पछि लिलाम हुन्छ । अर्थ मन्त्रालयको मातहतमा रहेको,त्रिभुवन विमानस्थल भन्सार कार्यलयले बाध्यकारी नियम लादेको देख्दा लाग्छ, हाम्रो योगदानको कदर यो देशले गर्न जानेको छैन यसै हो भने जान्दैन पनि । म जस्ता लाखौ युवा युवतिहरु मरुभुमिबाट पसिना बेचेर देशमा रेमिट्यान्स भित्राउनेहरुलाई नेपाल सरकारले अपमान गर्यो ।
तसर्थ नेपाल सरकारले स्वदेश फर्किएका कामदारको लगेज हैन सीप प्रयोग गरि आफ्नै देशको माटोमा आत्मानिर्भर गर्न सक्ने वतावरण शृजना गर्नु पर्छ। भन्सार बिभागले अहिले लागू गरिएको नयाँ ब्यबस्था तुरुन्तै खारेज गर्नुपर्छ।भाग्य र ठगिएर बिदेशिन बाध्य लाखौं युवाहरूको पसिनामा लात हान्ने काम रोकिनु पर्छ।प्रवासमा दु:ख भोग्दा भोग्दा आजित भएका हामी नेपालीहरुलाई आफ्नै देशमा भन्सार तिराउने बहानामा अनाहक मै दु:ख दिने कार्य बन्द हुनुपर्छ।
आफ्नो अमुल्य पसिनाबाट सिंचिएर किनेका सामानहरु लुटिने क्रम बन्द हुनुपर्छ।परिस्थिति र परिबन्दमा परि गर्भ भित्र छाडेर गएका आफ्ना साना-साना बाल बच्चाहरुका लागि भनेर ल्याइएको खेलौनाहरु खोस्ने कार्य बन्द हुनुपर्छ । किनकि तीनै आफ्ना नानीहरु को खुशीमा एक परदेशीको जिन्दगी अडिएको हुन्छ।त्यसैले म जस्ता लाखौं लाख प्रवासी दाजु भाइ दिदि बहिनीहरुले यो अपेक्षा गरौं, यहि बिषय बस्तुमा आधार रहेर लेखेको लेखमा अटाएका समचारका हेडलाईन अनि प्रवासिको आवाज जस्तैः “छोरी तिम्रो खुशी एयरपोर्ट मै लुटे” आमा हजुरको खुशी ल्याउन सकिन , सपना विमान स्थलमै लुटियो यस्ता यस्ता अनगिन्ती शब्द लेख्ने समय छिटै समाप्त हुनेछ।
हाल :- रेगिस्तान
सूचना विभाग दर्ता नं. – १५०३/०७६/०७७
प्रवन्धक/सम्पादक : लोकमणि रिजाल
सह-सम्पादक :अस्मिता खत्री
सह-सम्पादक : तेन्जु योन्जन (मलेसिया)
कानूनी सल्लाहकार : ओम प्रकाश घिमिरे
दिक्तेल, रुपाकोट मझुवागढी-१४ खोटाङ्ग, प्रदेश नं. १
मोबाईल नं ९८४२९०६६४२
Email: [email protected]