२६ असार२०७७–काठमाडौं । डिएसपीसहित ८ जना प्रहरीको हत्याका मुख्य अभियुक्त विकास दुबे मारिएकाछन् ।
हत्या गरेर फरार रहेका विकासलाई बिहीबार उज्जैनको महाकाल मन्दिरबाट पक्राउ गरिएको थियो भारतीय सञ्चार माध्यम दैनिक भास्करका अनुसार विकास दुबे चढेको गाडी पल्टियो ।
न्यूज एजेन्सी एएनआईको खबर अनुसार एक प्रहरी अधिकारीले मिडियासँगको कुराकानीमा विकास दुबेलाई उज्जैनबाट कानपुर लैजाने क्रममा गाडी पल्टिँदा केही प्रहरी अधिकारी समेत घाइते भएको बताए ।
उक्त दुर्घटनापछि प्रहरी टोलीको बन्दुक खोसेर उनले हमला गर्ने कोशिस गरे । जवाफी कारवाहीमा उनी पूर्ण रुपमा घाइते भए । उनको छातीमा गोली लाग्यो । पछि उनलाई अस्पताल पु¥याइयो । जहाँ उनको मृत्यु भएको खबर छ ।
प्रहरी अधिकारीका अनुसार तिनै घाइते प्रहरीको बन्दुक लिएर भाग्ने कोसिस गरिरहेका दुबेलाई प्रहरीले घेरेर आत्मसमर्पण गर्न लगाउदा उनले गोलाबारी सुरु गरेपछी जवाफी कार्वाहीमा छातीमा गोली लागी घाइते भएका दुबेलाई अस्पताल पुर्याएपछी मृत्युको घोषणा गरेको एजेन्सीले उद्धृत गरेको छ ।
सूचना विभाग दर्ता नं. – १५०३/०७६/०७७
प्रवन्धक/सम्पादक : लोकमणि रिजाल
सह-सम्पादक :अस्मिता खत्री
सह-सम्पादक : तेन्जु योन्जन (मलेसिया)
कानूनी सल्लाहकार : ओम प्रकाश घिमिरे
दिक्तेल, रुपाकोट मझुवागढी-१४ खोटाङ्ग, प्रदेश नं. १
मोबाईल नं ९८४२९०६६४२
Email: [email protected]