६ श्रावण २०७७–काठमाडौं । खासाको केरुङ च्छो हिमताल फुट्न सक्ने सम्भाबना रहेकोले नेपालको सिन्धुपाल्चोकबासीलाई सतर्क रहन आग्रह गरेको जानकारी प्राप्त भएको छ ।
अविरल वर्षासँगै उक्त हिमताल भरिएको र फुटे भोटेकोसी क्षेत्रमा पानीको बहाव बढ्ने भन्दै सचेत हुन जिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चोकले सूचना जारी गरेको छ ।
खासा क्षेत्रले ताल फुट्न सक्ने जानकारी दिएपछि भोटेकोसीमा जुनसुकै बेला पानीको बहाव अत्याधिक रुपमा बढ्न जाने भन्दै सतर्कता अपनाउन प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालले सर्बसाधरणको हितमा सूचना जारी गरेकाछन् ।
ताल फुटे भोटेकोसी किनारमा रहेको भोटेकोसी गाँउपालिका, बाह्रबिसे नगरपालिका लगायतका स्थानीय तहका बस्तीहरु बगाउन सक्ने र ठूलो क्षति पु¥याउन सक्ने सम्भावना देखिएकोले सम्भावित बाढीबाट बच्नका लागि आवश्यक पुर्ब तयारी अपाउन सम्बन्धित निकायलाई सचेत रहन आग्रह गरिएको छ ।
जिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चोकले भोटेकोसी किनारका बस्तीका सर्वसाधारणहरुलाई तत्काल उक्त क्षेत्र छाडेर सुरक्षित स्थानमा जाने व्यवस्था मिलाउन जिल्ला विपद् व्यवस्थापन समिति सिन्धुपाल्चोकलाई अनुरोध गरेको जनाएको छ ।
सूचना विभाग दर्ता नं. – १५०३/०७६/०७७
प्रवन्धक/सम्पादक : लोकमणि रिजाल
सह-सम्पादक :अस्मिता खत्री
सह-सम्पादक : तेन्जु योन्जन (मलेसिया)
कानूनी सल्लाहकार : ओम प्रकाश घिमिरे
दिक्तेल, रुपाकोट मझुवागढी-१४ खोटाङ्ग, प्रदेश नं. १
मोबाईल नं ९८४२९०६६४२
Email: [email protected]