७ श्रावण २०७७–काठमाडौँ । नेपाल कम्युनिष्टको जन्मदाता पुष्पलालको ४२ औं स्मृती दिवस आज मनाइदैछ ।
बि.सं. १९८१ असार १५ गत्ते बुबा भक्तलाल र आमा तुलसिकुमारीका माइला छोराका रुपमा रामेछापको भंगेरीमा जन्मिएका पुष्पलाल नेपाल कम्युनिष्ट पार्टीको स्थापनाका लागि २००६ साल बैशाख ९ गत्ते निरञ्जन गोबिन्द बैद्य,नारायण बिलास जोशी,नरबहादुर कर्मचार्य र मोतिदेबी संग मिलेर भारतको कोलकत्तामा नेपाल कम्युनिष्ट पार्टीको स्थापना गर्ने मध्येका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठको स्मरणमा ४२औँ स्मृति दिवस आज बिबिध कार्यक्रम गरी मनाइँदैछ ।
कोभिड–१९ का कारणले बृहत् कार्यक्रम नगरिएको पुष्पलाल स्मृति प्रतिष्ठानका महासचिव गङ्गालाल तुलाधरले जानकारी दिएकाछन् । तुलाधरका अनुसार स्मृति दिवसका अवसर प्रतिष्ठानको आयोजनामा कीर्तिपुरको चम्पादेवीमा अवस्थित पुष्पलाल स्मृति पार्कमा अनौपचारिक कार्यक्रम राखिएको जनाएकाछन् ।
नेपालमा कम्युनिष्ट पार्टीमार्फत जनताका पक्षमा अधिकार स्थापित गर्ने लक्ष्यसाथ नेकपा स्थापना गरेका श्रेष्ठको २०३५ साल साउन ७ गते भारतको नयाँदिल्लीस्थित गोविन्दबल्लभ पन्त अस्पतालमा उपचारका क्रममा निधन भएको थियो ।
पुष्पलाल राणा विरोधी आन्दोलनका अगुवा शहीद गङ्गालाल श्रेष्ठका माइला भाइसमेत रहेकाछन् । पञ्चायती निरङ्कुशताको अन्त्यका लागि ‘संयुक्त जनआन्दोलनको कार्यदिशा’ २०२५ सालमा अगाडि सार्ने नेता समेत रहेका थिए ।
सूचना विभाग दर्ता नं. – १५०३/०७६/०७७
प्रवन्धक/सम्पादक : लोकमणि रिजाल
सह-सम्पादक :अस्मिता खत्री
सह-सम्पादक : तेन्जु योन्जन (मलेसिया)
कानूनी सल्लाहकार : ओम प्रकाश घिमिरे
दिक्तेल, रुपाकोट मझुवागढी-१४ खोटाङ्ग, प्रदेश नं. १
मोबाईल नं ९८४२९०६६४२
Email: [email protected]