• अन्तरर्वार्ता
  • साहित्य
  • स्थानीय तह
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ खबर
  • बैदेशिक रोजगार
  • खेलकुद
  • पर्यटन
  • फिचर
  • मनाेरञ्जन
  • Desh Post TV
  • मुख्य समाचार
  • राजनीति
  • रोचक
  • विचार/ब्लग
  • समाचार
  • प्रबिधि
  • स्वास्थ्य/शिक्षा
आज:  | Sat, 30, Sep, 2023
  • समाचार
  • अर्थ
  • स्वास्थ्य/शिक्षा
  • प्रबिधि
  • राजनीति
  • खेलकुद
  • विचार
  • पर्यटन
  • अन्तर्राष्ट्रिय
  • रोचक
  • स्थानीय तह
  • बैदेशिक रोजगार
होमपेज / विचार/ब्लग

“रातो बाकस भित्रको बन्दी यात्रु”

१० श्रावण २०७७, शनिबार ०८:३५ मा प्रकाशित (3 बर्ष अघि) अनुमानित पढ्ने समय : ४ मिनेट
देश पोस्ट
  • ४१० पटक पढिएको
  • विप्लबी तेन्जु योञ्जन

    २०१० जनवारी महिना अन्तिम साताको कुनै एक दिन। हवाइजहाज भित्रै छु। मलेसियाको ५ बर्ष बसाई पछि केही महिनाको लागि छुट्टिमा आफ्नो घर फर्कर्दै छु । थाइल्यान्ड ट्रान्जिटबाट भर्खरै उडेको मेरो विमान, सीट नं ‘१८ ए’ को यात्रु म। हातको घडीले मलेसिया समय बिहानको ४ः३४ बजे देखाउँदैछ।

    भोलि बिहान ६ः४५ बजे त काठमाडौं पुगिन्छ भन्ने उत्सुकता एकातिर छ भने अर्कोतिर निद्रा नपुगेको जस्तो थकान यात्राको। मन नलागी(नलागी कानमा एयरफोन राखेर सिट अगाडिको स्क्रीनमा फिलिम हरे झैँ गरिरहेछु। प्लेन यात्राको डर, थकान अनि निद्रा मेटाउने भनौं या समय कटाउने मेलो, प्रायः त्यस्तै नै हुन्छ मेरो।
    ’सुँक्क… सुँक्क…’

    कोही रोइरहेको आवाज आउँछ कानैमा मेरो। फिल्म त कमेडी हो। त्यहाँ रुने कोही त छैन। फेरि वयस्क पुरुष व्यक्तिको जस्तो छ रोदनको स्वर। अलि असजिलो, अलि अप्ठ्यारो अनि अलि करुण जस्तो नै छ रुवाई। नजिकैबाट आइरहेको जस्तो… मेरो कानमा एरफोन लगाएकोले होला स्पस्ट सुनिएको थिएन ।

    एयरफोन निकालेर बस्छु अनि यताउता आँखा पनि दौडाउँछु। पछाडितिर पनि हेर्छु… तर ओहो! आवाज त आफूसँगै बसेका ‘१८बि’ को यात्रुको पो रहेछ त ।
    नेपाली टोपी लगाएका करिब ६०(६५ वर्षे एक प्रौढ व्यक्ति पो प्लेनको कम्बलले मुख छोपेर रोइरहेका छन् त! कस्तो(कस्तो लाग्यो। मेरो मनमा अनेकौं तर्क बितर्क उब्जियो कति स्वार्थी म? आफ्नै सहयात्री, नेपाली बुबा जस्तो , अझ आफूभन्दा अग्रज आफ्नै सिट बाँडेर बसेका व्यक्ति। मैले त औपचारिक परिचय पनि गरेको छैन उनीसँग, कसरी बोलाउने होला अपरिचित, अझ रोइरहेका व्यक्तिलाई?

    यस्तै यस्तै कुरा मनमा उब्जिएको छ । तर म जति कठोर बन्न खोजे पनि सक्दै सक्दिन साँच्चै आँसुले मलाई जहिले पनि पगाल्छ, पगाल्ने गर्दछ। आँसुभित्रको वेदनाबाट टाढा रहनै सक्दिन। आँसुले सधैँ अप्ठ्यारो नै पार्छ मलाई। अरुको आँसु देख्न नसक्ने साँच्चै नै कोमल छ मेरो मन ।
    एक छिन मौन रहने प्रयास गरे तर असफल भए ।

    अनि म अलिकति हल्लिएँ सीटबाट। सीटबेल्ट मिलाएजस्तो गरी नजानिँदो तरिकाले उनको काँधमा हात पुर्याएँ पनि। साँच्चै नै निद्रामा नै रोइरहेको भए त फेरि बेकारमा उनको निद्रा डिस्टर्ब गरे जस्तो हुन्छ। फेरि केही सम्हालिएँ म। विदेशी भए त त्यसरी छुँदा रिसाउँछन्, राम्रो मान्दैनन्। महिला भए त त्यसरी छोएको अर्थ नै अर्कै लाग्छ ।

    उनी त स्वदेशी आफ्नै दाजु बुबा , अझ पुरुष, आफ्नो अग्रज, अनि आफ्नै सीट बाँडेर बसिराखेका। कता(कता उनी त आफ्नै मान्छे पो हुन् नि त भन्ने भाव आयो मलाई, अनि बेस्सरी छोएरै हल्लाइदिएँ उनलाई।

    झसंग भए जस्तो गरेर ती व्यक्तिले ओडिरहेको कम्बल फाले अनि अश्रुपूर्ण नजर मतिर तेर्साए।
    भित्र कपेको स्वरमा बोले ’बाबु! म अभागी! यो उमेरमा उमेरैको छोरालाई सेलाउनु पर्ने भयो!’ उनका कुरा केही बुझेजस्तो, केही नबुझेजस्तो लाग्यो। आफू अगाडिको स्क्रीन बन्द गरेर पूरै ध्यान उनीतिर फालेँ। अलिकति साहनुभूति पाए जस्तो लागेर होला, ती व्यक्ति मसँग खुल्दै गए विस्तारै(विस्तारै।

    सोलु सल्लेरीतिर घर भएका ती व्यक्तिका एउटा छोरा अनि एउटी छोरी रहेछन्। छोरीको विवाह भएर काठमाण्डौ तिर पुगेकी रहिछिन्। छोराले पनि बल्ल(बल्ल एसएलसी पास गरेर आफ्नी श्रीमती अनि काखे छोरालाई घरैमा बाबुआमासँग छाडेर छिमेकिहरुको जस्तै बिदेश गएर आफ्नो सुन्दर भविष्य निर्माण गर्छु र आफ्नो परिवारलाई सुख दिन्छु भन्ने मनसायले म्यानपावरलाई एकलाख सत्तरि हजार बुझाएर साथीहरुको लहलहैमा लागेर पोहोरै मात्र मलेसिया हानिएका रहेछन्।

    कम्पनीको काम पाएका रहेछन् त्यता। ’कत्तिसम्म भनेँ बाबु त्यसलाई नजा भनेर। पुग्दो आम्दानी खेतीपातीबाटै आइरहेको छ। त्यस्तो खर्च गर्नु पर्ने पनि केही छैन, खान लाउन पुगेकै छ। भर्खर जन्मिएको तामाको मुनाजस्तो छोरालाई छोडेर नजा बाबु परदेशको गर्मी, अर्काको वचन खान भनेर कत्ति भनेँ। आमाले पनि आँसुको भेल बगाएर त्यसलाई रोकेकी नै हो।
    उसकी श्रीमतीले कत्ति झर्कोफर्को गरेर उसलाई नजानू भनेर कराएकी पनि हो। त्यस्तो हुन रहेछ… फुटेको कर्म मेरो। मलाई पिण्डपानी खुवाउला भनेको त आज उसैको…।’ फेरि रुन थाले ती। ’यो उमेरमा यो दशा आईलाग्यो नि…’ डाँकै छोड्न लागे। एयर होस्टेज दौडेर हाम्रो सीटमा आईपुगिन्, टिस्युपेपर लिएर। मैले तिनलाई सम्झाइदिएँ के भएको भनेर। अँध्यारो अनुहार लगाएर फर्किन् तिनी।

    अलिकति सान्त्वनाका शब्द पोखेपछि तिनको रुवाई शान्त हुँदै गयो अनि फेरि कुरा गर्न थाले। ’पोहोर साल दशैं खल्लो बनाएर गयो त्यो मलेसिया । बेलाबेलामा फोन गर्थ्यो। ‘काम राम्रो छ बा! कमाई ठीक छ’ भन्थ्यो। दुईृ महिना त दुई पटक पैसा पनि पठायो। म्यानपावरलाई बुझाएको पैसाको ऋण पनि तिरिसकियो तर तेश्रो महिना पनि लाग्न नपाई…’ फेरि रुन लागे ती।
    मलेसिया पुगेको तेश्रो महिना नपुग्दै काम गरिरहेको मेशिनले पेलेर उनका छोरा अस्पताल पुर्याउँदा नपुर्याउँदै प्राण पखेरु उडेछ । मरेपछि लास भएको छोराको सद्गति गर्ने कोही पनि मान्छे भएनछन मलेसियामा। लास पठाउने प्रक्रिया झन्झटिलो।

    सोलुबाट बाबु काठमाडौं आएर बल्लबल्ल बाकसबन्दी गराउने व्यवस्था गरेछन्, तीन महिना लागेछ त्यसका लागि पनि। त्यहाँबाट बाकस ल्याईदिने पनि कोही भएनछन्, न त त्यसलाई पठाईदिने नै सहयोगी कोही भेटिए। एक महिना लागाएर बाबुले पासपोर्ट बनाएछन् अनि छोराको लास लिन आफै आईपुगेछन मलेसिया ।
    यस्तै यस्तै जिन्दगीमा बुढेसकालमा साहारा बिहिन हुदा ठूलो हण्डर अनि ठक्कर खाएर बल्लबल्ल बाकसको जिम्मा लिएर आउन सफल भएछन्। त्यही प्लेनमा रहेछ तिनको छोराको पार्थिव शरीर राखिएको बाकस।

    छोरा! एक होनहार युवक। वृद्ध अवस्थामा अघि बढ्नै लागेका उनका यी बाबा, घरमा छोराको लास आउने आशामा रहेकी आमा। नवजात शिशुकी आमा, तिनकी श्रीमती। सानो काखे छोरा। बहिनी(ज्वाई, भान्जा(भान्जी, बाजे(बज्यै, मामा(माइजू, काका(काकी‘

    हरे! सम्झँदै झनन्न हुने २५ वर्षीय तिनको कथा, बन्दी बाकस भित्रै मरिसकेको त्यो कथा अनि हवाईजाहाजदेखि काठमाडौँ(सोलुसम्म फैलिएको व्यथा। हरे ! कस्तो कथा भेट्टाएँ मैले आज। जीवन–कथा, कथा(जीवन! कथाको खोजी नै मेरो पेशा, कथा–व्यथा अनि मनको घाउमा मल्हमपट्टी लगाउने मनको डाक्टर कसरी बन्न सक्छु म। आजको कथा कति कारुणिक?कति मर्मस्पर्शी?

    त्यो बन्दी बाकस भित्र ढलेको आस्था कथाको नायक त्यो रातो बाकस भित्रको लास, त्यसलाई मैले ब्यूँझाउन सकूँला त? यो कथाका कारण व्यथित कति मनहरु? तिनलाई सम्झाउन बुझाउन सक्छु त म? तिनको घाउ निको पर्न सक्छु त म? मनमा आयो अस्ति अनलाइनमा पढेको तथ्यांक। हाम्रो एकमात्र अन्तर्राष्ट्रिय एयरपोर्टमा दैनिक ८(१० बाकस यसरी नै ढेलेका आस्थाका कथाहरु बोकेर झर्छन् रे।

    ओहो ! हाम्रो देश! दैनिक ८/१० वटा कथालाई सेलाउन आफ्नै धर्तीमा ओराल्छ बाकसहरु…। पाच बर्ष अघि मलेसिया जाने बेलामा प्रस्थान कक्षमा फूलमाला अबिर लगाएर अँध्यारो अनुहारमा लाइन लागिरहेका कथाका नायकहरुलाई सम्झन्छु, अश्रुपूर्ण रुपमा तिनलाई बिदाईको हात हल्लाउने

    तिनका बाबुआमा, श्रीमती, छोराछोरीहरुको भीड आँखा अगाडि नै आए झल्झली । हरे ! संयोगान्त ‘कथा’ को आशामा रहेका ती परिवार। दैनिक ८–१० वियोगान्त कथा नायकहरु बाकस भित्र पोको पारेर ल्याइन्छन्। कसरी मेटिइन्छन् बाकसभित्रै ती कथाहरु?त्यस्तै त्यस्तै तर्कना मनमा चलिरहँदा कति बेला झकाइछु थाहा नै भएन। सपनामै होला! त्यही प्लेनभित्र भएको बाकसभित्र कैद कथाका नायक, मेरा सहयात्री बन्धुका छोरा २५ वर्षे ती युवक बाकस खोलेर अगाडि आए मेरो। झसंग भएर मैले आफ्नो अनुहार छोपेँ। तिनले मेरै हातमा छोए झैं लाग्यो। हात झड्काएँ मैले।

    लुगलुग काँप्न थाले मेरा हातहरु, ओठहरु थरथर भए। तीन महिनासम्म सद्गत नभएको लास प्रत्यक्ष अगाडि आयो। अकाल मृत्युवरण गरेका ती युवक–प्रेत मेरो अगाडि प्रत्यक्ष छन्। आकाशमा उडिरहेको जाहाजभित्र विदेशी भूमिमा दिवंगत भएको आत्मा भड्किएर मेरो आगाडि आएको हो कि? डर लाग्यो भित्रैदेखि। चिट्चिट् पसिना आयो मेरो। अनगिन्ती कथाहरु अनि चोट ब्याथाहरु सुनाउदैछन उ भन्दैछ ’नडराउनुहोस्! मेरो बुवाको रोदनले गर्दा म बाकसभित्र सुत्नै सकिनँ। बुवाको आज्ञा नमान्दा यो दुर्गति भयो मेरो। के गर्नु? विदेशी भूमिमा,मलेसियाको कम्पनी भित्रको मेसिनमा अनाथ अकेलो म! हरे! नजानु भनेकी थिइन् आमाले पनि, ती श्रीमतिले पनि, भर्खर जन्मेको छोरो अनाथ भयो मेरो! म पापी हुँ। यो उमेरमा मेरा बुवाले दुःख पाउनुभयो। हत्तेरी! मबाट पिण्डपानी पाउने आशा गर्ने मेरा बुवा। कस्तो दुःख गरेर मेरो शरीर ल्याउनु पर्यो उहाँलाई।’

    उसको कुराले मनामा काँटी ठोकेको झैं भयो मलाई। मेरा आँखाबाट पनि आँसु झर्न थाले। हरे! एउटा युवक, २५ वर्षे युवा प्रेत शरीर बोकेर मेरो अगाडि छ। के भनौँ? के नभनौँ? भन्ने सोचिरहेको थिएँ। उ नै बोल्न थाल्यो फेरि ।

    ’नडराउनुहोस एउटा कुरो बिन्ती गर्न आएको म। मेरो बुवालाई नरुनु भनिदिनुहोस् है। उहाँलाई सम्झाईदिनुहोस्। मलाई माफ गर्दिनुहोस् भनेर भनिदिनुहोस् है!’ हतप्रभ भएको मेरो मुखबाट आवाज निस्कियो ’हस्।’

    ’काठमाडौंमा यहाँलाई स्वागत छ’ कानमा आवाज ठोक्कियो। ए! हाम्रो प्लेनले त काठमाडौंको धर्ती छोईसकेछ। कस्तो निद्राले छोपेछ बिहानीपख। हिजोको सपना अनि बिपना झल्याँस्स सम्झिएँ। ‘१८बि’ का मेरा सहयात्रीतिर पुलुक्क चिहाएँ। उनी त पक्कै पनि निदाएका थिएनन् होला! गोलभेंडा जस्ता राता थिए दुवै आँखा उनका।
    कति दिनको अनिन्द्रा थिए होलान् ती… भोक, अनिद्रा, चिन्ता… कस्तो नरमाइलो सम्मीश्रण।! हरे शिव! फेरि सम्झिएँ सपनामा तिनका बाकसभित्रका छोराले सजीव भएर मसँग भनेका कुरा… सपना मात्रै थियो त त्यो?

    मोबाइलमा घण्टी बज्यो। ’ल्याण्ड भइसक्यो?’ मेरि श्रीमतिले सोधिन्। ’भर्खरै भयो’ मैले भनेँ। ’हामी बाहिर कुरिरहेका छौं है। ट्याक्सी लिएर आईपुग्यौँ भर्खर।’ सपनाका कुरा गए कता(कता? आफ्नै घरतिरको तर्कना आईहाल्यो। कति छिटो छ यो मन? सपना–बिपना, पराई–आफन्त, विदेश–स्वदेश, समाचार–यथार्थ, कत्ति चाँडो कसरी स्क्रीनिङ्ग गर्ने गर्दछ यसले?
    बाकस भित्रको कथा कता पुग्यो कता? ब्याग समातेर झरेँ म। ‘१८बि’ का सहयात्री पनि थिए पछि(पछि। अध्यागमन पार गरेर ब्यागेज क्लेममा गएँ। १५ मिनेटमै मेरो लगेज आइहाल्यो पनि। ती सहयात्रीसँग आँखा जुधाउने साहस थिएन मेरो। फटाफट लगेज लिएर बाहिर आईहालेँ।

    श्रीमति ट्याक्सी लिएर पर्खिरहेकी थिई। लमक(लमक गाडीतिर गएँ, सामान हालेँ। चालक भाइले हुइँक्याइहाल्यो गाडी पनि। ’कस्तो भयो त बिदेश बसाई ?’ बुढी सोधिरहेकी थिई। म भने मेरा सहयात्री ‘१८बि’ का ती व्यक्तिले छोराको लास भएको बाकस बाहिर ल्याइसके होलान् कि भनी तर्कना गरिरहेको थिएँ।

    हरे ! बन्दी बाकसभित्रै ढलेको आस्था थियो एउटा कथा मेरै अगाडि। अरु कत्ति कथाहरु होलान् त्यसरी ढलेका होलान आस्थाका धरोहरु ………..!

    हाल ः रेगिस्तान

    प्रतिक्रिया दिनुहोस


    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    Enjoy secure and safe role play sex chat with like-minded people

    Top 9 Most Widely Used Hangouts For Single BBW In Milwaukee In 2023

    Experience the very best bicurious hookup webpage

    शनिदेव महाराजको दर्शन गरी तपाईको राशिफल हेर्नुहोस् ।

    Young Lady Senior Man Adult Dating Sites | Senior Younger Dating

    Dallas Hookup — 3 effortless websites discover everyday gender lovers

    Uncover the secrets of effective chinese dating

    Finest Spots In Order To Meet Women In Lagos & Dating Guide – WorldDatingGuides

    ढल्यो एउटा खोटाङको शैक्षिक एबं राजनैतिक इतिहाँस । पछिल्लो समय लिएको उहाँको भिडियो सहित

    पुर्व माओबादी नेताहरु जुनसुकै बेलापनि जेल जाने अवस्था आउँछः देव गुरुङ

    ‘संविधानमा संसद् विघटनको व्यवस्था हिजो पनि राखेको थियो, अहिले पनि छ : प्रधानन्यायाधीश

    विप्लव समूह र प्रहरीबीच गोली हानाहान

    पार्टीले भन्दैमा अध्यादेश फिर्ता हुँदैनः ईश्वर पोखरेल

    जुनियर कर्मचारीलाई हाकिम मान्नुपर्ने निजामतीको समस्या ।

    अदालतले प्रधानमन्त्री तोक्ने हो भने निर्वाचन किन गर्नुपर्यो ? मन्त्री राई

    अदालतमा विचाराधिन मुद्दामा पुर्वन्यायधिशहरुले बोलेर गति छाडेको सुर्य थापाको आरोप

    समाचार
    सुमो चालक मृत फेला प्रकरण

    खोटाङ : सहमती पछी सुमो चालक आचार्यको  शव आफन्तले लिए जिम्मा

    मृत फेला

    खोटाङमा सुमो चालक शङ्कास्पद अवस्थामा मृत फेला

    अरिङ्गालले टोकेर मृत्यु

    खोटाङमा अरिङ्गालको टोकाइबाट बालिकाको मृत्यु

    नेकपा (एमाले) जिल्ला कमिटी खोटाङ

    कोशी प्रदेश  अधिबेशनको लागि दश वटै पालिकाबाट  ५६ जना प्रतिनिधिहरु चयन

    सुरेन्द्रबहादुर  बस्नेत

    ‘सुरेन्द्रबहादुर बस्नेत पत्रकारिता पुरस्कार’ पत्रकार राईलाई प्रदान

    सम्बन्धित खबरहरु

    खोटाङ : सहमती पछी सुमो चालक आचार्यको  शव आफन्तले लिए जिम्मा

    खोटाङमा सुमो चालक शङ्कास्पद अवस्थामा मृत फेला

    खोटाङमा अरिङ्गालको टोकाइबाट बालिकाको मृत्यु

    कोशी प्रदेश  अधिबेशनको लागि दश वटै पालिकाबाट  ५६ जना प्रतिनिधिहरु चयन

    शिक्षक आन्दोलनकाे सात बुँदे सहमति,विद्यालय आइतबारदेखि खुल्ने

    पत्रकार राईलाई एक लाख दश हजार राशिको सुरेन्द्रबहादुर बस्नेत पत्रकारिता पुरस्कार

    सूचना विभाग दर्ता नं. – १५०३/०७६/०७७
    प्रवन्धक/सम्पादक : लोकमणि रिजाल
    सह-सम्पादक :अस्मिता खत्री
    सह-सम्पादक : तेन्जु योन्जन (मलेसिया)
    कानूनी सल्लाहकार : ओम प्रकाश घिमिरे
    दिक्तेल, रुपाकोट मझुवागढी-१४ खोटाङ्ग, प्रदेश नं. १
    मोबाईल नं ९८४२९०६६४२
    Email: [email protected]

    सामाजिक संजालतिर

    आबश्यक लिंकहरु

    • Privacy Policy
    • Advertise with us
    • Contact us
    • About us
    2023: Desh Post मा सार्वाधिकार सुरक्षित छ. | Designed by: GOJI Solution
    ↑