१७ श्रावण २०७७, खोटाङ । जिल्लाको किराँत राई यायोक्खा जिल्ला कार्य समितीले लोकल कोदोको घरेलु रक्सीलाई कानुनी मान्यता दिनु पर्ने भन्दै प्रधानमन्त्रीलाई एक कठुवा रक्सी उपहार पठाएको जानकारी प्राप्त भएको छ ।
पछिल्लो समय नेकपाकी नेता तथा प्रदेश नं.१ की प्रदेशसभा सदस्य माननिय उषाकला राईले घरेलु रक्सीलाई ब्याण्ड हैन ब्राण्ड बनाउनुपर्ने एजेण्डा संसदमा उठाएपछि आम सञ्चारहरुले निकै चर्चामा ल्याएको बिषयलाइई यायोक्खाले पनि घरेलु रक्सीलाई कानुनी मान्यता प्रदान गर्न माग गर्दै खोटाङ प्रमुख जिल्ला अधिकारी शालिग्राम शर्मा पौडेलमार्फत मार्फत प्रधानमन्त्रीलाई एक कठुवा पिओर कोदोको लोकल रक्सी उपहार पठाएको यायोक्खाको जिल्ला अध्यक्ष हात्तिराम राईले बताएकाछन् ।
घरेलु मदिरालाई ब्याण्ड गर्नुको सट्टामा ब्राण्ड बनाउनुपर्ने सांसद उषकला राईको बिचारलाई आम खोटाङ्गे र नेपाली आमा दिदी बहिनीको बिचार एबं भावनाको कद्वर भएकोले सरकारले चाँडै कादोको लोकल रक्सी लाई बा्रण्ड बनाउनु पर्ने माग राखिएको छ ।
स्थानीय उत्पादनलाई निरुत्साहित गर्दै मदिराजन्य बहुराष्ट्रिय कम्पनीहरुको हालिमुहालीका कारण विदेशी कम्पनीहरुको बजार वर्चस्व रहेकाले नेपालको अरवौ रकम विदेश गईरहदा स्थानीय उत्पादन र श्रोत साधनको उपयोग गरी उत्पादन हुने घरेलु रक्सीलाई ब्राण्ड बनाउन जोडदार माग गरिएको किरात राई यायोक्खा खोटाङका अध्यक्ष राईको भनाई रहेको छ ।
नेपालको संविधानको भावना अनुरुप सवै संस्कृतिको सम्मान, स्थानीय उत्पादनको प्रवद्र्धन र प्रोत्साहन गर्न स्थानीय रुपमा उत्पादन हुने रक्सीलाई कानुनी मान्यता प्रदान गर्न र यसलाई उधोगको रुपमा विकास गरी स्थानीय रुपमा रोजगार सिर्जना, आयआर्जन बृद्धिमार्फत सम्बृद्व नेपाल निर्माणको बाटोमा लाग्न सरकारको ध्यानाकर्षण गरिएको अध्यक्ष राईले बताए ।
सूचना विभाग दर्ता नं. – १५०३/०७६/०७७
प्रवन्धक/सम्पादक : लोकमणि रिजाल
सह-सम्पादक :अस्मिता खत्री
सह-सम्पादक : तेन्जु योन्जन (मलेसिया)
कानूनी सल्लाहकार : ओम प्रकाश घिमिरे
दिक्तेल, रुपाकोट मझुवागढी-१४ खोटाङ्ग, प्रदेश नं. १
मोबाईल नं ९८४२९०६६४२
Email: [email protected]