• अन्तरर्वार्ता
  • साहित्य
  • स्थानीय तह
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ खबर
  • बैदेशिक रोजगार
  • खेलकुद
  • पर्यटन
  • फिचर
  • मनाेरञ्जन
  • Desh Post TV
  • मुख्य समाचार
  • राजनीति
  • रोचक
  • विचार/ब्लग
  • समाचार
  • प्रबिधि
  • स्वास्थ्य/शिक्षा
आज:  | Wed, 04, Oct, 2023
  • समाचार
  • अर्थ
  • स्वास्थ्य/शिक्षा
  • प्रबिधि
  • राजनीति
  • खेलकुद
  • विचार
  • पर्यटन
  • अन्तर्राष्ट्रिय
  • रोचक
  • स्थानीय तह
  • बैदेशिक रोजगार
होमपेज / स्थानीय तह

सबै नागरिकको निःशुल्क कोरोना बिमा र पिसिआर परिक्षण गर्दै दक्षिणकाली नगरपालिका

२५ कार्तिक २०७७, मंगलवार ११:३३ मा प्रकाशित (2 बर्ष अघि) अनुमानित पढ्ने समय : ३ मिनेट
देश पोस्ट
  • ५६४ पटक पढिएको
  • देशपाेष्ट/काठमाण्डाैं ।  काठमाण्डौंको दक्षिलकाली नगरपालिकाले आफ्ना नागरिकको निःशुल्क कोरोना बिमा र पिसिआर परिक्षण गर्ने भएको छ । नगरपालिकाका मेयर मोहन बस्नेतले केन्द्र सरकारले तीन सय र नगरपालिकाले बाँकी तीन सय रुपैयाँ व्यहोर्ने गरी सबै नगरवासीको बीमा गर्ने तयारी गरिएको जानकारी दिए।

    ‘कसैलाई संक्रमण भइहाल्यो भने आर्थिक रूपमा अलिकति भए पनि मलमपट्टी होस् भनेर नगरवासीको बीमा गराउन खोजेका हौं,’ मेयर बस्नेतले भने।

    उनले बीमा गराउने निर्णय विपद् व्यवस्थापन समितिको बैठकबाट पारित भइसकेको र अब कार्यपालिकाको बैठकले पारित गरेलगत्तै काम अघि बढाइने बताए। निर्णय पारित भएपछि सबै वडाहरूमा वडाध्यक्ष र जनप्रतिनिधिहरूको रोहबरमा सबैलाई फारम भर्न लगाउने नगरपालिकाको तयारी छ।

    मेयर बस्नेतले कम्तिमा पनि २५ देखि ३० हजार जनाको बीमा गराउनु पर्ने  जानकारी दिए।

    उनले भने, ‘हामीले अनुमान गरेको ४० हजार हो तर त्यसमा कतिले गरिसक्नुभएको छ। त्यसैले २५ देखि ३० हजार जनाको बीमा गर्नुपर्ने हुनसक्छ।’

    उनले अब नगरवासीको पिसिआर परीक्षण पनि नगरपालिकाकै खर्चमा हुने बताए। पहिले केन्द्र सरकारले परीक्षण गर्ने र त्यसमा नगरपालिकाले सहजिकरण मात्रै गर्दै आएकोमा अब भने पिसिआर परीक्षण पनि नगरपालिकाले नै नि:शुल्क गरिदिने मेयर बस्नेत बताउँछन्।

    ‘सरकारले पिसिआर परीक्षणबाट हात झिकिसकेपछि गत कात्तिक १७ गते विपद् व्यवस्थापन समितिको बैठकमा पिसिआर परीक्षण पनि नगरपालिकाकै खर्चमा सुरू गर्ने भनेर लागेका छौं,’ उनले भने।

    मेयर बस्नेतले अब भने पिसिआर परीक्षण भद्रगोल तरिकाले नहुने बताए। पहिले आधाभन्दा बढी अनावश्यक व्यक्तिहरूले परीक्षण गराएको भन्दै अब भने निश्चित मापदण्डको आधारमा परीक्षण गरिने उनको भनाइ छ।

    ‘सबै वडामा स्वास्थ्य कार्यालयहरू छन्, जनप्रतिनिधिहरू छन्। अब उहाँहरूले संक्रमणको लक्षण देखिएका व्यक्तिहरूको पहिचान गरे हुन्छ र त्यस्ता व्यक्तिको मात्र पिसिआर गर्छौं,’ उनले भने।

    यस्तै कन्ट्याक्ट ट्रेसिङमा परेका व्यक्तिहरूको पनि नि:शुल्क पिसिआर गरिने मेयर बस्नेतले जनाए। उनले बीचको एक महिनामा परीक्षण गर्ने कुरामा सरकार नै रुमलिएको भन्दै नगरपालिकाले विकास बजेटका लागि छुट्याएको रकम नै थुतेर भएपनि नि:शुल्क परीक्षण गर्ने कुरालाई अगाडि बढाइने बताए।

    उनी भन्छन्, ‘सरकारले विपन्न व्यक्तिको मात्र परीक्षण गर्ने भन्यो जसले गर्दा सरकारले परीक्षण गर्दै नगर्ने भन्नेजस्तो भयो। त्यसैले विकास बेजटमा छुट्याइएको रकम थुतेर भएपनि नगरवासीको नि:शुल्क पिसिआर परीक्षण गर्छौं,’ उनले भने।

    मयेर बस्नेतले संक्रमित व्यवस्थापनको लागि आइसोलेसनको समेत व्यवस्थापन गरिएको जनाए। उनले चाल्नाखेलस्थित २० बेडको आइसोलेसन सेन्टरलाई नै नगर स्तरीय कोभिड अस्पतालमा स्तरोन्नत्ति गरिएको बताए। उक्त अस्पतालमा आइसियूको सुविधा नरहे पनि मध्यम अवस्थाका संक्रमितलाई राखेर उपचार गर्न सकिने मेयर बस्नेतको भनाइ छ।

    ‘हामीले संक्रमण पुष्टि भयो भने आवश्यकताअनुसार आइसोलेसनमा भर्ना गर्छौं। तर त्यहाँ राख्न सकिएन र बढी नै बिरामीलाई समस्याले च्याप्यो भने अन्य अस्पताल रिफर गर्छौं,’ उनले भने।

    प्रतिक्रिया दिनुहोस


    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    Enjoy old man gay chat with like-minded singles

    Find an ideal match with discreet personals

    100 % Free Hookup Search Evaluation: Shady Cross Income And Fake Profiles

    बझाङमा भूकम्पको धक्का महसुस

    ओखलढुंगामा अरिङ्गालले टोकेर एक महिला गम्भीर घाइते

    एमाले कोशी प्रदेशको अध्यक्षमा  खतिवडा निर्वाचित

    न्यूरोडमा जात्रा हेर्न गएका ओखलढुङ्गाका एक किशोरको हत्या

    पञ्चमुखी हनुमानको दर्शन गरी तपाइको राशिफल हेर्नुहोस् ।

    ढल्यो एउटा खोटाङको शैक्षिक एबं राजनैतिक इतिहाँस । पछिल्लो समय लिएको उहाँको भिडियो सहित

    पुर्व माओबादी नेताहरु जुनसुकै बेलापनि जेल जाने अवस्था आउँछः देव गुरुङ

    ‘संविधानमा संसद् विघटनको व्यवस्था हिजो पनि राखेको थियो, अहिले पनि छ : प्रधानन्यायाधीश

    विप्लव समूह र प्रहरीबीच गोली हानाहान

    पार्टीले भन्दैमा अध्यादेश फिर्ता हुँदैनः ईश्वर पोखरेल

    जुनियर कर्मचारीलाई हाकिम मान्नुपर्ने निजामतीको समस्या ।

    अदालतले प्रधानमन्त्री तोक्ने हो भने निर्वाचन किन गर्नुपर्यो ? मन्त्री राई

    अदालतमा विचाराधिन मुद्दामा पुर्वन्यायधिशहरुले बोलेर गति छाडेको सुर्य थापाको आरोप

    समाचार
    भुकम्प

    बझाङमा भूकम्पको धक्का महसुस

    एमाले कोशी प्रदेश

    एमाले कोशी प्रदेशको अध्यक्षमा  खतिवडा निर्वाचित

    सुमो चालक मृत प्रकरण :

    सुमो चालक मृत प्रकरण : सत्यतथ्य पत्ता लगाउन यातायात व्यवसायीले माग 

    बलात्कार

    जन्तेढुंगामा पाँच वर्षीय बालिका बलात्कृत

    सुमो चालक मृत फेला प्रकरण

    खोटाङ : सहमती पछी सुमो चालक आचार्यको  शव आफन्तले लिए जिम्मा

    सम्बन्धित खबरहरु

    बझाङमा भूकम्पको धक्का महसुस

    ओखलढुंगामा अरिङ्गालले टोकेर एक महिला गम्भीर घाइते

    एमाले कोशी प्रदेशको अध्यक्षमा  खतिवडा निर्वाचित

    न्यूरोडमा जात्रा हेर्न गएका ओखलढुङ्गाका एक किशोरको हत्या

    दाङमा डेङ्गु संक्रमणबाट एक जनाको मृत्यु

    मिर्चैयामा बस दुर्घटना हुँदा दुई जनाको मृत्यु, २३ जना घाइते

    सूचना विभाग दर्ता नं. – १५०३/०७६/०७७
    प्रवन्धक/सम्पादक : लोकमणि रिजाल
    सह-सम्पादक :अस्मिता खत्री
    सह-सम्पादक : तेन्जु योन्जन (मलेसिया)
    कानूनी सल्लाहकार : ओम प्रकाश घिमिरे
    दिक्तेल, रुपाकोट मझुवागढी-१४ खोटाङ्ग, प्रदेश नं. १
    मोबाईल नं ९८४२९०६६४२
    Email: [email protected]

    सामाजिक संजालतिर

    आबश्यक लिंकहरु

    • Privacy Policy
    • Advertise with us
    • Contact us
    • About us
    2023: Desh Post मा सार्वाधिकार सुरक्षित छ. | Designed by: GOJI Solution
    ↑