देशपेष्ट/काठमाण्डाैं । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीलाई कोरोना संक्रमण पुष्टि भएको छ ।
केही दिनयता अस्वस्थ रहेका केसीको बुधबार पीसीआर परीक्षण रिपोर्ट पोजेटिभ देखिएको हो ।
राष्ट्रिय जनमोर्चाका नेता आनन्द शर्माले केसीको अहिले ललितपुरस्थित मेडिसिटी अस्पतालमा उपचार भइरहेको जानकारी दिए । उनका अनुसार केसीको अवस्था सामान्य रहेको छ ।
एक महिनादेखि भैरहवामा रहेका केसीमा कोरोना देखिएपछि परीक्षण गराएका थिए । सो क्रममा उनमा कोरोना पुष्टि भएको हो । उनी मंगलवार मात्र काठमाडौं आएका थिए ।
सूचना विभाग दर्ता नं. – १५०३/०७६/०७७
प्रवन्धक/सम्पादक : लोकमणि रिजाल
सह-सम्पादक :अस्मिता खत्री
सह-सम्पादक : तेन्जु योन्जन (मलेसिया)
कानूनी सल्लाहकार : ओम प्रकाश घिमिरे
दिक्तेल, रुपाकोट मझुवागढी-१४ खोटाङ्ग, प्रदेश नं. १
मोबाईल नं ९८४२९०६६४२
Email: [email protected]