देशपाेष्ट/काठमाण्डाैं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी(नेकपा)को ७० औँ सचिवालयमा कार्यकारी अध्यक्ष प्रचण्डले पेश गरेको राजनैतिक प्रस्ताव प्रकाशित भएको छ ।
पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सचिवालय बैठकमा पेश गरेको र व्यापाक विवाद भइरहेको प्रस्ताव नै पार्टी कार्यालयबाट प्रकाशित भएको पाइएको हो ।
नेकपाको सचिवालयको ७० औँ बैठकमा पार्टी अध्यक्ष प्रचण्डले पेश गरेको राजनीतिक प्रस्तावको पुस्तीकालाई पार्टी एकता र पार्टी निर्माणका आधार नाम दिइएको छ ।
पार्टीका अर्का अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली पक्षले अराजनीतिक दस्तावेजको संज्ञा दिएर तत्काल फिर्ता लिन माग गरिरहेको प्रस्ताव पार्टी कार्यालयबाट प्रकाशित हुँदा थप विवाद बल्झीने देखिएको छ ।
एउटा पक्षले स्विकार नै नगरेको, फिर्ता लिनु पर्ने सर्त राखिएको र बहुविवादित प्रस्तावलाई पार्टी कार्यालयबाट प्रकाशित गर्नु ठूलो गल्ती भएको ओली पक्षका नेता महेश बस्नेतको भनाई छ ।
उहाँले भन्नुभयो, अध्यक्ष प्रचण्डले फेरी अर्को गम्भीर गल्ती गर्नुभयो, यस्ले नयाँ समस्या सृजना गर्छ । उहाँले अध्यक्ष प्रचण्डले पार्टी भित्र अनेक विडण्डा मच्चाउने गरेको र नहुने नहुने काम गर्ने गरेको टिप्पणी गर्नुभयो ।
विवादित र अस्विकार गरिएको दस्तावेज पार्टी कार्यालयबाट प्रकाशित गर्ने र त्यसैका आधारमा छलफल चलाउन थालियो भने कडा प्रतिरोध हुने चेतावनी पनि नेता बस्नेतले दिनुभयो ।
सूचना विभाग दर्ता नं. – १५०३/०७६/०७७
प्रवन्धक/सम्पादक : लोकमणि रिजाल
सह-सम्पादक :अस्मिता खत्री
सह-सम्पादक : तेन्जु योन्जन (मलेसिया)
कानूनी सल्लाहकार : ओम प्रकाश घिमिरे
दिक्तेल, रुपाकोट मझुवागढी-१४ खोटाङ्ग, प्रदेश नं. १
मोबाईल नं ९८४२९०६६४२
Email: [email protected]