देश पोष्ट/ काठमाण्डौ । आज २०७७ मंसिर १९ गते, शुक्रवार, ४ डिसेम्बर २०२०। मार्ग कृष्णपक्ष, चतुर्थी तिथि (१७ः५३ बजेदेखि पञ्चमी), पुनर्वशु नक्षत्र (१२ः३३ बजेदेखि तिष्य), चन्द्रराशि– कर्कट।
मेष
चु, चे, चो, ला, लि, लु, ले, लो, अ
नियमित काम सम्पादन भए पनि पारिवारिक मतभेदले व्यवधान निम्त्याउनेछ । बेसुरमा वचन दिने बानीले अप्ठ्यारो पर्न सक्छ । निर्णायक मोडमा दुविधा उत्पन्न हुने समय रहेकाले सजग रहनुपर्ला । निर्णय लिन केही अलमल भए पनि पछि लाभ हुने काम प्रारम्भ हुनेछ ।
वृष
इ, उ, ए, ओ, बा, बि, बु, बे, बो
परिस्थितिवश आँटेको काममा विलम्ब हुनेछ । सहयोगीहरूले बीचैमा हात झिक्न सक्छन् । मौका आए पनि समयमा जागरुक नबन्दा पछि परिनेछ । उपलब्धिका लागि दोहोर्याएर काम गर्नुपर्ला । काम पूर्ण नभए पनि मिहिनेतले आंशिक लाभ दिलाउनेछ ।
मिथुन
का, कि, कु, घ, ङ, छ, के, को, ह
अध्ययनमा प्रगति हुनेछ भने ज्ञान र कलालाई निखार्ने अवसर प्राप्त हुनेछ । हातमा आएको रकम अरूका लागि खर्चनुपर्नेछ । अरूको मुख ताक्ने बानीले आफ्नो काम अधुरो रहनेछ । शुभचिन्तकहरूको भावना बुझेर अघि बढ्नुहोला ।
कर्कट
हि, हु, हे, हो, डा, डि, डु, डे, डो
चिताएको काम रोकिए पनि रमाइलो जमघटमा सहभागी बन्ने अवसर आउला । आफन्तसँग भेटघाट हुनुका साथै स्वादिष्ट भोजनको आनन्द प्राप्त हुनेछ । पहिलेको सफलताले नयाँ काममा हौसला जगाउनेछ । तर आगन्तुकहरूले अलमल्याउने हुँदा काममा बाधा पुग्नेछ । स्वास्थ्यका लागि खानपानमा सजग रहनुहोला ।
सिंह
मा, मि, मु, मे, मो, टा, टि, टु, टे
पछिका लागि केही वस्तु त्याग्नुपर्ला । दोहोर्याएर प्रयत्न गर्दा रोकिएको काम बन्नेछ । अर्थअभाव खट्किए पनि आवश्यक पर्दा सरसापट वा कर्जामार्फत धन जुट्नेछ । विदेश भ्रमणका लागि प्रयत्न गर्ने योग छ । टाढाका साथीभाइले काममा साथ दिनेछन् ।
कन्या
टो, प, पि, पु, ष, ण, ठ, पे, पो
दिन निकै लाभदायक रहनेछ । राम्रो उपलब्धि हातलागी हुने योग छ । पहिले रोकिएको काम बन्नेछ भने जिम्मेवारी समेत बढ्न सक्छ । आम्दानी बढ्नाले उत्साह जाग्नेछ । व्यापारमा राम्रै फड्को मार्न सकिनेछ । श्रमको उचित मूल्यांकन हुनेछ । सञ्चित धनको उपयोग गर्दा फाइदा हुनेछ ।
तुला
र, रि, रु, रे, रो, ता, ति, तु, ते
आँटले काम लिन नसक्दा केही पछि परिनेछ । समयको तालमेल नमिल्दा योजना अधुरै रहनेछ । ईर्ष्या गर्नेहरू सक्रिय रहनेछन् भने अवसरवादीहरूले आफ्ना कमजोरीको फाइदा उठाउने चेष्टा गर्नेछन् । सानातिना काममै अल्झनुपर्नेछ । कामको राम्रै मूल्यांकन भए पनि प्रतिफल हातपार्न समय लाग्नेछ ।
वृश्चिक
तो, ना, नि, नु, ने, नो, या, यि, यु
सानो प्रयत्नले दिगो लाभ हुने काम सम्पादन हुनेछ । काम देखाएर अरूको मन लोभ्याउन सकिनेछ । शुभचिन्तकहरूले साथ दिनाले कर्मयोग बलियो रहनेछ । अरूको काममा जुट्नुपरे पनि फाइदा आफैंलाई हुनेछ । लगनशीलताले लक्ष्यमा पुर्याउनेछ । पदीय जिम्मेवारीसमेत प्राप्त हुन सक्छ । धेरैले आफ्ना कामको तारिफ गर्नेछन् ।
धनु
ये, यो, भ, भि, भु, ध, फा, ढ, भे
परिस्थितिको चक्रमा अलमलिनुपर्दा कार्यसम्पादनमा समय लाग्नेछ । अस्वस्थताले कमजोरीको अनुभूति हुनेछ । चुनौतीपूर्ण कामको जिम्मेवारी वहन गर्नुपरे पनि मिहिनेतले लक्ष्यमा पुर्याउनेछ । शुभचिन्तक र प्रतिस्पर्धीलाई समेटेर काम लिनुपर्ला । योजना पूर्ण नभए पनि आंशिक लाभ हुनेछ ।
मकर
भो, ज, जि, खि, खु, खे, खो, गा, गि
बिछोडिएका आफन्तजनसँग रमाइलो भेटघाट हुनेछ । प्रेम र मित्रताको बन्धन कसिनेछ । परिवारजनको साथले उत्साह जगाउनेछ । अप्ठ्यारा परिस्थितिलाई समेत सहज बनाउन सकिनेछ । व्यापार र पेसाबाट प्रशस्त लाभ हुनेछ । आफन्तसँग सुमधुर सम्बन्धका लागि व्यवहारमा ध्यान पुर्याउनुहोला ।
कुम्भ
गु, गे, गो, सा, सि, सु, से, सो, द
काममा केही चुनौतीहरू देखिनेछन् र सोचेको फाइदा उठाउन मुस्किल पर्नेछ । वैधानिक प्रावधानले पनि लक्ष्यमा पुग्न अप्ठ्यारो पर्नेछ । प्रतिस्पर्धी बढ्नाले अधिकार सुरक्षा गर्न जुट्नुपर्नेछ । चिताएका काममा बाधा पुर्याउनेहरू प्रशस्तै हुनेछन् । केही अप्ठ्यारो परिस्थिति सामना गर्नुपर्ला । फजुल खर्चका साथै ठगीमा परिने योग भएकाले होसियार रहनुहोला ।
मीन
दि, दु, थ, झ, ञ, दे, दो, च, चि
प्रतिष्ठित काम सम्पादन गर्ने मौका छ । फाइदाको स्रोत पहिल्याउन सकिनेछ । सेवामूलक कामबाट धनलाभ हुनेछ । स्वास्थ्य सबल रहनेछ । प्रयत्न गरेका काम सजिलै सम्पादन हुनेछन् । अध्ययनमा राम्रो उपलब्धि प्राप्त हुनेछ । बौद्धिक प्रतिस्पर्धामा विजयी भइनेछ । पशुपालन तथा कृषि क्षेत्रबाट पनि राम्रो लाभ मिल्नेछ ।
सूचना विभाग दर्ता नं. – १५०३/०७६/०७७
प्रवन्धक/सम्पादक : लोकमणि रिजाल
सह-सम्पादक :अस्मिता खत्री
सह-सम्पादक : तेन्जु योन्जन (मलेसिया)
कानूनी सल्लाहकार : ओम प्रकाश घिमिरे
दिक्तेल, रुपाकोट मझुवागढी-१४ खोटाङ्ग, प्रदेश नं. १
मोबाईल नं ९८४२९०६६४२
Email: [email protected]