देशपाेष्ट/काठमाण्डाैं । चीनसँगको सीमा जोडिएको हिल्सामा स्थापना भएको सीमा सुरक्षाचौकी (बिओपी) का सुरक्षाकर्मीले माइनस सात डिग्रीसम्मको तापक्रममा हिउँ छिचोल्दै सीमा क्षेत्रको गस्ती गर्नुपरेको छ ।
हिमपातपछि बन्द रहेको हिल्साको बाटोमा नियमितरूपमा हिल्सा बिओपीमा खटिएका सुरक्षाकर्मीले गस्ती गर्दै आउनुपरेको छ ।
केही दिन अगाडि परेको हिमपातले हिल्सा क्षेत्र सेताम्मे भएको सीमा सुरक्षाचौकीका इन्चार्ज सशस्त्र प्रहरी निरीक्षक सुरज केसी बताउनुभयो ।
उहाँको नेतृत्वमा गस्ती टोलीले विकट क्षेत्र र लिमीतर्फ सीमास्तम्भको निरीक्षण गर्ने गरेको छ भने नारातर्फ नेपालपट्टि पनि अनुगमन गर्ने गरेको छ ।
इन्चार्ज केसीले भन्नुभयो, “माइनस सातसम्म तापक्रम अहिले पुगेको छ र हिल्साका होटल व्यवसायीका अनुसार अझै बढ्ने जानकारी आएको छ । बिहान उठ्दा धारा, शौचालय, बाल्टीका पानी जमेको छ । पानी जमेर भएको बरफलाई तताएर मात्र पानी निकाल्न सकिने अवस्था छ ।”
यस वर्ष हिमपात भइसकेका कारण सेताम्मे क्षेत्रमा पनि कुनै अवाञ्छित क्रियाकलाप नहोस् भन्नका लागि सुरक्षाकर्मी गस्ती गर्न निस्कने गरेको केसीले बताउनुभयो ।
चार हजार ६०० मिटर अग्लो नारालेकमा गस्तीमा आउँदा बाक्लो हिमपातमा जानुपर्ने र हावा पनि लाग्ने भएका कारण समस्या हुने गरेको छ ।
पारिपट्टि चिनियाँहरु पक्की घरमा बस्दै आएका भए पनि नेपाली सुरक्षाकर्मीलाई आफ्नै भवनमा बस्ने व्यवस्था नभएका कारण भाडाको घरमा बस्नुपरेको उहाँले बताउनुभयो ।
सीमा सुरक्षा गर्नु पहिलो कर्तव्य भएका कारण आफ्नो ज्यानको प्रवाह नगरी सुरक्षाकर्मी लागिपरेको उहाँले बताउनुभयो ।
हिल्सा कर्णाली नदीको तीरमा गहिरो खोँचमा भएका कारण हिउँदको समय घाम पनि थोरै लाग्ने गर्दछ । दिनमा एकपटक ११ बजेतिर मात्रै घाम लाग्ने गरेको उहाँले बताउनुभयो ।
सूचना विभाग दर्ता नं. – १५०३/०७६/०७७
प्रवन्धक/सम्पादक : लोकमणि रिजाल
सह-सम्पादक :अस्मिता खत्री
सह-सम्पादक : तेन्जु योन्जन (मलेसिया)
कानूनी सल्लाहकार : ओम प्रकाश घिमिरे
दिक्तेल, रुपाकोट मझुवागढी-१४ खोटाङ्ग, प्रदेश नं. १
मोबाईल नं ९८४२९०६६४२
Email: [email protected]