देशपाेष्ट/काठमाण्डाैं । भारतीय रक्षा प्रमुख(चिफ अफ डिफेन्स स्टाफ) विपिन रावतले नेपालले श्रीलंकाजस्तै मुलुकबाट सिक्नुपर्ने र चीनबाट भने सधैं सतर्क रहनुपर्ने बताएका छन्। नेपाल इन्स्टिच्युट फर इन्टरनेसनल कोअपरेसन एन्ड इनगेजेमन्ट (एनआइआईसीइ) र सेन्टर फर ल्यान्ड वेलफेयरले आयोजना गरेको ‘सफ्ट पावर डाइमेन्सन : भारत-नेपाल रिलेसन’ विषयक संवाद कार्यक्रममा रावतले यस्तो भनाई राखेको टाइम्स अफ इण्डियाले जनाएको छ। टाइम्स अफ इन्डियाले रावतले यही भनाईमार्फत अहिलेको अवस्थामा भारत सरकार केपी ओली सरकारसँगको सम्बन्ध राम्रो नरहेको जनाउ दिएको दाबी गरेको छ।
बिहीवारको संवाद कार्यक्रममा नेपाल र भारतको पुर्खौदेखिको सम्बन्धबारे प्रस्टाउँदै रावतले पछिल्लो अवस्थामा नेपालले अरु राष्ट्रसँग पनि सम्बन्ध विस्तार गर्न स्वतन्त्र रहेको उल्लेख गरे। ‘नेपाल र भारतबीच सहयोगको विस्तार, मित्रता र जनता-जनताबीचको सम्बन्ध गहिरो र व्यापक छ। तर अहिले आफ्नो स्वतन्त्र परराष्ट्र नीतिको आधारमा नेपाल चीनलगायत अन्य राष्ट्रसँग पनि सम्बन्ध विस्तार गर्न खुला छ,’ रावतले भने।
नेपालसँगको भारतको सम्बन्ध निस्वार्थ रहेको उल्लेख गर्दै उनले थपे, ‘अन्तर्राष्ट्रिय मामिलामा नेपाल स्वतन्त्र रूपमा काम गर्न स्वतन्त्र छ, तर सर्तक रहनुपर्छ। श्रीलंका र अन्य देश जसले यही क्षेत्रका अन्य देशसँग सम्झौता गरेका थिए, उनीहरूबाट सिक्नु पनि पर्छ।’
नेपाल भारतको सम्बन्ध अटल रहेको उल्लेख गर्दै रक्षा प्रमुख रावतले चीनबारे नेपाल सतर्क रहनैपर्ने कुरा पटकपटक दोहोर्याएका थिए।
कार्यक्रममा रावतले नेपाल-भारत आर्थिक सम्बन्ध अरु भन्दा बेग्लै रहेको जनाए। उनले आर्थिक क्षेत्रमा अझै धेरै सहयोग गर्न सकिनेसमेत बताए। आर्थिक वर्ष २०१९/२० मा भारतले नेपालमा विभिन्न क्षेत्रमा १२ अर्ब भारतीय रूपैयाँ सहयोग गरेको उनले उल्लेख गरे। चीनले नेपालमा गरेको लगानी भने भारतविरुद्ध रहेको टाइम्स अफ इन्डियाले जनाएको छ।
सूचना विभाग दर्ता नं. – १५०३/०७६/०७७
प्रवन्धक/सम्पादक : लोकमणि रिजाल
सह-सम्पादक :अस्मिता खत्री
सह-सम्पादक : तेन्जु योन्जन (मलेसिया)
कानूनी सल्लाहकार : ओम प्रकाश घिमिरे
दिक्तेल, रुपाकोट मझुवागढी-१४ खोटाङ्ग, प्रदेश नं. १
मोबाईल नं ९८४२९०६६४२
Email: [email protected]