देशपोष्ट/काठमाण्डौंं । वर्तमान सरकारको विरुद्धमा प्रतिबन्धित नेकपा(बिप्लव) लगायतका ४ साना कम्युनिष्ट पार्टीहरुले कार्यगत एकता गर्ने निर्णय गरेका छन् । विप्लव नेतृत्वको प्रतिवन्धित नेकपाले ऋषि कट्टेल नेतृत्वको नेकपा, मोहन वैद्य नेतृत्वको क्रान्तिकारी माओवादी र आहुतीको बैज्ञानिक समाजवादी पार्टीसँग मिलेर संयुक्त मोर्चा निर्माण गरि संघर्षमा होमिने निर्णय गरेको हो । चार साना कम्युनिष्ट पार्टिले मंगल एक विज्ञप्ति जारी गर्दै भनेका छन:- वर्तमान केपी ओली नेतृत्वको सरकारको निरङ्कुशता, फासिवाद र दलाल तथा प्रतिक्रियावादी राज्यसत्ता विरुद्ध अग्रगामी राजनीति विकासको लागि ऐतिहासिक पहलकदमीको निम्ति हामी ४ पार्टीका बीच रणनीतिक संयुक्त मोर्चा निर्माण गर्ने सहमति भएको छ । यसको अवधारणा, संरचना र अग्रगामी कार्यक्रम शीघ्र घोषणा गर्ने छौँ । वैदेशिक शक्तीको आड, भरोसा र इशारामा ओली सरकारले संसद विघटन गरेको विज्ञप्तिमा उल्लेख गरेको छ । संसद बिघटन गर्ने काम पार्टीको आन्तरिक विषय नभएको भन्दै यसलाई संसदिय व्यवस्थाको असफलताको द्योतक भएको बताएको छ ।
सूचना विभाग दर्ता नं. – १५०३/०७६/०७७
प्रवन्धक/सम्पादक : लोकमणि रिजाल
सह-सम्पादक :अस्मिता खत्री
सह-सम्पादक : तेन्जु योन्जन (मलेसिया)
कानूनी सल्लाहकार : ओम प्रकाश घिमिरे
दिक्तेल, रुपाकोट मझुवागढी-१४ खोटाङ्ग, प्रदेश नं. १
मोबाईल नं ९८४२९०६६४२
Email: [email protected]