देशपोष्ट/काठमाण्डौंं । पूर्वमन्त्री योगेश भट्टराई चढेको गाडीले साइकल यात्रीलाई ठक्कर दिएको छ । रौतहटको चन्द्रनिगाहापुरमा भट्टराई चढेको गाडीले ठक्कर दिँदा ५५ वर्षीय इन्द्रपसाद घिमिरे घाइते भएका छन् । उनलाई उपचारका लागि काठमाडौं पठाइएको रौतहटका प्रहरी उपरीक्षक (एसपी) सिद्धिबिक्रम शाहले बताए । उपचारमा नेकपा प्रचण्ड–माधव समूहका नेता योगेश भट्टरार्ईले चासो देखाएका छन् । प्रदेश–२ सरकार जनकपुरको ज.१ झ ४२७ नम्बरको सो गाडी प्रहरीले नियन्त्रणमा लिएको छ । ‘गाडी चालक पनि हाम्रो नियन्त्रणमा छन्’ एसपी शाहले भने– ‘घाइतेको शरीरको पछाडिको भागमा चोट लागेको छ ।’ गाडी धरमदास महतोले चलाएका थिए । भट्टराई जनकपुरबाट हेटौंडातर्फ जाँदै गर्दा साँझ सवा ७ बजे सो दुर्घटना भएको थियो ।
सूचना विभाग दर्ता नं. – १५०३/०७६/०७७
प्रवन्धक/सम्पादक : लोकमणि रिजाल
सह-सम्पादक :अस्मिता खत्री
सह-सम्पादक : तेन्जु योन्जन (मलेसिया)
कानूनी सल्लाहकार : ओम प्रकाश घिमिरे
दिक्तेल, रुपाकोट मझुवागढी-१४ खोटाङ्ग, प्रदेश नं. १
मोबाईल नं ९८४२९०६६४२
Email: [email protected]