देशपोष्ट/काठमाण्डौंं । सरकारसँगको वार्ता सफलपछि प्रतिबन्ध हटेको नेकपाका महासचिव नेत्रविक्रम चन्द विप्लव आज नवलपरासीबाट सार्वजनिक भएका छन् ।
प्रधानमन्त्री केपी शर्मा ओलीसँगै सहमतिमा हस्ताक्षर गर्न काठमाडौं आउन लागेका विप्लवलाई नवलपरासीका पार्टी कार्यकर्ता र शहीद परिवारले स्वागत गरेका छन् ।
उनी त्यहाँ शहीद परिवारलाई भेटेर काठमाडौं आउन लागेको विप्लव सम्बद्ध पत्रकार संगठनका निवर्तमान अध्यक्ष प्रकाश डुम्रेले बताएका छन् ।
विप्लवलाई सरकारले हेलिकोप्टर लिन पठाउने भने पनि उनी गाडीबाट अपरान्ह १२ बजेसम्म काठमाडौं आउने तय भएको छ । आजै २ बजे दिउँसो प्रधानमन्त्री ओली र महासचिव विप्लवले सहमतिपत्रमा हस्ताक्षरसहित एउटै मन्चबाट सम्बोधन गर्दैछन् ।
सूचना विभाग दर्ता नं. – १५०३/०७६/०७७
प्रवन्धक/सम्पादक : लोकमणि रिजाल
सह-सम्पादक :अस्मिता खत्री
सह-सम्पादक : तेन्जु योन्जन (मलेसिया)
कानूनी सल्लाहकार : ओम प्रकाश घिमिरे
दिक्तेल, रुपाकोट मझुवागढी-१४ खोटाङ्ग, प्रदेश नं. १
मोबाईल नं ९८४२९०६६४२
Email: [email protected]