देशपाेष्ट/काठमाण्डाैं । राष्ट्रिय जनता पार्टी(राजपा) र समाजवादी पार्टी(सपा) एकिकरण पश्चात बनेको जनता समाजवादी पार्टी(जसपा) बनेको लामो समय पश्चात पनि संसदमा दुई अलग संसदिय दलको अस्तित्वमा रहेकोले आज संसदिय दलको नेता चुन्न बैटक बस्दै छ ।
संसदीय दलको कार्यालय सिंहदरवारमा दिउसो १ बजेका लागि दलको बैठक बोलाइएको अध्यक्ष महन्थ ठाकुरले जानकारी दिए ।
तत्कालीन राष्ट्रिय जनता पार्टी (राजपा) र तत्कालीन संघीय समाजवादी पार्टी मिलेर जसपा बनेपछि दलको नेता चयन गर्न सकेको छैन ।
संसदीय दलको नेता बन्नका लागि अध्यक्ष ठाकुर, उपेन्द्र यादव र राजेन्द्र महतोले प्रयास गरिरहेका छन् ।
संसदीय दलको बैठकमा आफूहरुले उठाएका मागबारे सरकारसँग भइरहेको वार्ताको विषयमा पनि कुरा हुनेछ ।
बिहीवार प्रधानमन्त्री केपी शर्मा ओली र जसपाका नेताहरुबीच बालुवाटारमा लामो छलफल भएको थियो ।
हिजोको छलफल पछि औपचारिक रुपमा कार्यदल स्तरमा सहमतिको खाकाबारे छलफल हुनेछ ।
सहमतिका लागि नेकपा एमालेको तर्फबाट अर्थमन्त्री विष्णु पौडेल, सुवास नेम्वाङ र राजन भट्टराइ तथा राजपाबाट लक्ष्मणलाल कर्ण र सर्वेन्द्रनाथ शुक्ल सदस्य रहेको कार्यदल बनेको छ ।
सूचना विभाग दर्ता नं. – १५०३/०७६/०७७
प्रवन्धक/सम्पादक : लोकमणि रिजाल
सह-सम्पादक :अस्मिता खत्री
सह-सम्पादक : तेन्जु योन्जन (मलेसिया)
कानूनी सल्लाहकार : ओम प्रकाश घिमिरे
दिक्तेल, रुपाकोट मझुवागढी-१४ खोटाङ्ग, प्रदेश नं. १
मोबाईल नं ९८४२९०६६४२
Email: [email protected]