मेष
चु, चे, चो, ला, लि, लु, ले, लो, अ
अधिकारका लागि सजग रहनुपर्ला । प्रतिस्पर्धी बढ्नाले केही चुनौती देखिनेछन । काममा बाधा पुर्याउनेहरू प्रशस्तै हुनेछन् । विवाद तथा मुद्दाहरूमा आफ्नो पक्ष कमजोर रहनेछ र्। भौतिक सुविधाका वस्तुहरू जुटाउन सफलता मिल्नेछ ।
वृष
इ, उ, ए, ओ, बा, बि, बु, बे, बो
सुखद समाचारले उत्साह जगाउनेछ । अध्ययनको लगावले बौद्धिक क्षेत्र फराकिलो बन्नेछ । मनको डर उत्साहमा रूपान्तरित हुनेछ । बौद्धिक क्षेत्र फराकिलो बन्नेछ । मिहिनेतले प्रतिष्ठित काम सम्पादन गर्ने मौका दिलाउन सक्छ । पढाइमा गुरुजनको मार्गदर्शन उपयोगी हुनेछ ।
मिथुन
का, कि, कु, घ, ङ, छ, के, को, ह
प्रक्रिया नमिल्नाले काम दोहोर्याउनुपर्ला । धेरै लाभ उठाउन नसकिए पनि समस्या सुल्झनेछन् । पहिलेका कमजोरी सुधार गर्ने अवसर प्राप्त हुनेछ । भूमि तथा पशुधनबाट लाभ मिल्नेछ । टाढिएका आफन्त नजिकिन सक्छन् । शुभचिन्तकहरूलाई साथमा लिएर काममा जुट्नुहोला ।
कर्कट
हि, हु, हे, हो, डा, डि, डु, डे, डो
सिद्धान्तमा मतभेद देखिनाले कामबाट सोचेको नतिजा तत्काल प्राप्त नहुन सक्छ । साथीभाइसँग असमझदारी बढ्ने देखिन्छ । काममा अरूको भर नपर्नुहोला । भौतिक साधन जुट्नाले आंशिक काम बन्नेछ । रोकिएका काम पुनः प्रारम्भ गर्न सकिनेछ ।
सिंह
मा, मि, मु, मे, मो, टा, टि, टु, टे
अध्ययनमा प्रगति हुनेछ भने ज्ञानलाई निखार्ने अवसर प्राप्त हुनेछ । सुखद् समाचारले उत्साह जगाउनेछ । आम्दानीका स्रोत बढ्नुका साथै दिगो फाइदा हुने काममा सम्झौता गर्ने समय छ । नयाँ काम प्रारम्भ हुनेछ । बौद्धिक अभिव्यक्तिको तारिफ हुनेछ ।
कन्या
टो, प, पि, पु, ष, ण, ठ, पे, पो
रमाइलो जमघटका बीच स्वादिष्ट भोजनको आनन्द प्राप्त हुनेछ । पहिलेको सफलताले थप हौसला जगाउनेछ । नयाँ कामको प्रस्ताव आउनेछ भने सहयोगीहरू भेटिनेछन् । बिछोडिएका परिवारजनसँग भेटघाट हुनेछ । पहिलेका कमजोरी सुधार्दै जीवनशैलीमा परिवर्तन ल्याउन सकिनेछ । बौद्धिक जगतले तारिफ गर्नेछ भने व्यक्तित्व निखार्ने अवसर प्राप्त हुनेछ ।
तुला
र, रि, रु, रे, रो, ता, ति, तु, ते
छिमेकमा असमझदारी बढ्ने देखिएकाले होसियारीसाथ काम लिनुहोला । केही फाइदा लिन अर्काे वस्तु त्याग्नुपर्ला । आवश्यक पर्दा सरसापट तथा कर्जामार्फत धन जुट्नेछ । आफ्नाबाट भने टाढिनुपर्ला । खर्च लागे पनि यात्राको प्रक्रिया अघि बढ्नेछ ।
वृश्चिक
तो, ना, नि, नु, ने, नो, या, यि, यु
केही काम रोकिनाले रकम हातलागी नहुन सक्छ । उद्योग र व्यापारमा पनि कम मात्र फाइदा हुनेछ । समय लागे पनि विगतका कर्मको उचित फल प्राप्त हुनेछ । तर समयमा सजग नहुँदा आफ्नो श्रमबाट अरूले फाइदा उठाउने चेष्टा गर्नेछन् । पुरानो समस्याले सञ्चित रकम खर्च गराउन सक्छ ।
धनु
ये, यो, भ, भि, भु, ध, फा, ढ, भे
साथीभाइको सहयोगले हिम्मत दिलाउनेछ । कीर्तिमानी काम गर्ने समय छ । राम्रो कर्मफल प्राप्त हुनाले मन प्रसन्न रहनेछ । अरूलाई प्रभावित पारेर काम बनाउने समय छ । सामाजिक दायित्व बढ्नेछ । धेरैले आफ्ना कामको तारिफ गर्नेछन् ।
मकर
भो, ज, जि, खि, खु, खे, खो, गा, गि
सामाजिक उत्तरदायित्व वहन गर्दै विशेष जिम्मेवारी हात पार्ने मौका छ । तारिफयोग्य कामले धेरैको मन जित्न सकिनेछ । समुदायको हितमा राम्रै काम गर्न सकिनेछ । टाढिएका साथीभाइ नजिकिनाले हर्ष बढ्नेछ । भाग्यले विभिन्न अवसर थमाउनेछ । उपलब्धिको स्रोत पहिल्याउन सकिनेछ ।
कुम्भ
गु, गे, गो, सा, सि, सु, से, सो, द
चुनौतीपूर्ण कामको जिम्मेवारी वहन गर्नुपर्ने समय छ । शुभचिन्तक र प्रतिस्पर्धीलाई समेत समेटेर काम लिनुपर्ने समय छ । स्वास्थ्यका लागि आहारविहारमा ध्यान पुर्याउनुहोला । आकस्मिक समस्याले शरीरमा कमजोरी अनुभूति हुनेछ । चिताएको काम बिग्रनाले निराशा छाउनेछ । गोपनीयता बाहिरिनाले पनि समस्यामा परिनेछ । फजुल खर्चले अर्थ संग्रहमा बाधा पुग्न सक्छ ।
मीन
दि, दु, थ, झ, ञ, दे, दो, च, चि
रमाइलो परिस्थितिका बीच प्रियजनसँगको भेटघाटले दिन रमाइलो रहनेछ । व्यवसायको सन्दर्भमा यात्रा हुन सक्छ । घुमफिर तथा मनोरञ्जनको समय छ । भौतिक साधनले जीवनशैलीमा परिवर्तन ल्याउन सक्छ । अतिथिका रूपमा सत्कार पाइनेछ । आम्दानी बढाउने काम गर्न सकिनेछ। प्रेम र मित्रताको बन्धन कसिलो हुनेछ ।
सूचना विभाग दर्ता नं. – १५०३/०७६/०७७
प्रवन्धक/सम्पादक : लोकमणि रिजाल
सह-सम्पादक :अस्मिता खत्री
सह-सम्पादक : तेन्जु योन्जन (मलेसिया)
कानूनी सल्लाहकार : ओम प्रकाश घिमिरे
दिक्तेल, रुपाकोट मझुवागढी-१४ खोटाङ्ग, प्रदेश नं. १
मोबाईल नं ९८४२९०६६४२
Email: [email protected]