देश पोष्ट/ बिराटनगर । नेपाल स्काउट प्रदेश नं.१ बिराटनगरले सामाजिक विकास मन्त्री उषाकला राईलाई दिक्षान्त समारोहको आयोजना गरी दिक्षित गरेको छ ।
विश्व स्काउट संगठनको अधारधुत सिद्धान्त,मुल्य,मान्यता,नीती–नियम तथा प्रणालीका अधारमा वि.स.२००९ साल देखि नेपालमा विधिवत् रुपमा सञ्चालनमा रहेको एक स्वायत्त सस्थाको रुपमा रहेको स्काउटले नेपालको संघिय मोडलमा केन्द्रमा नेपाल स्काउटको संरक्षक सम्माननीय प्रधानमन्त्री रहने व्यवस्था छ भने प्रमुख स्काउट माननीय युवा तथा खेलकुद मन्त्री रहने व्यवस्था छ ।
त्यसै अनुरुप प्रदेशमा प्रदेश स्काउटमा संरक्षक माननीय मूख्यमन्त्री रहने व्यवस्था छ भने प्रदेशको प्रमुख स्काउट माननीय सामाजिक विकास मन्त्री रहने व्यवस्था अनुसार नबनियुक्त सामाजिक विकास मन्त्री उषाकला राईलाई दिक्षित गरिएको स्काउटका केन्द्रिय अध्यक्ष लोक बाहादुर भण्डारीले बताएकाछन् ।
नेपालको औपचारीक शिक्षालाई पूर्णता दिन अनौपचारीक शिक्षाको पनि त्यतिकै महत्व पर्ने हुनाले तत्कालीन शिक्षाविद्हरुको परामर्शमा औपचारीक रुपमा स्काउटिङ्ग शिक्षाको सुरुवात भएको हो । विद्यार्थीहरुको रुची,क्षमता, आवश्यकता र मनोवृतिअनुसारको शैक्षिक उपलब्धि विद्यालय, महाविद्यालय ,विश्वविद्यालयले मात्र दिननसक्ने हुँदा आजको समय सम्म पनि स्काउटिङ्ग शिक्षा विद्यार्थाका निम्ती उतिकै आवश्यक भएको भन्दै राज्यका सबै तहहरुमा समिती बनाइने र सबै सामुदायिक विद्यालयहरुमा स्काउट शिक्षा दिइने प्रदेश अध्यक्ष रवि खनालले जानकारी दिएकाछन् ।
नेपाल स्काउटको ऐन तथा नियमावली अनुसार नेपालको विद्यालयहरुमा एउटा स्काउट ईकाई र प्रत्येक निर्वाचन क्षेत्रमा एक–एक वटा रोभर/ रेन्जर क््रयू सञ्चालन गर्ने निती रहेकाले हाल नेपाल स्काउट संख्यात्मक र गुणात्मक रुपमा स्काउटको संख्या वृद्धि गने अभियानमा लागेको छ ।
स्काउटिङ्गका मुलभुत उदेश्य“बालबलिका र किशोर किशोरी तथा युवायुवतीहरुको अन्तरनिहीत क्षमताको अभिवृद्धि गदै उनीहरुको शारिरीक, बौद्धिक, समाजिक,सम्वेगात्मक र आध्यात्मिक विकास गराई आर्दश र सच्चरित्रवान नागरिक तयार गर्न” भएको तद्अनुकुल पाठ्यक्रम र त्यसका विभिन्न तह बमोजिम सैद्धान्तिक र प्रयोगात्मक क्रियाकलपहरु संचालन गदै आएको, ट्राफिक सचेतना कार्यक्रम ,आत्म रक्षा तालिम, लागुदार्थ दुब्र्यसन विरुदको कार्यक्रमका साथै कोभिड १९ बाट बच्न हात धुने, सामाजिक दुरी कायम गरेर बस्नेका साथै माक्स र सेनिटाइजरको उचित प्रयोग भन्ने बारे सचेतना कार्यक्रम एस एम एस संचालन भइरहेको नेपाल स्काउट ले जनाएको छ ।
कार्यक्रममा बोल्दै मन्त्री राईले नेपाल स्काउटको १० वटा शिद्धान्त र ३ प्रतिज्ञााले समाजलाई परिबर्तन गर्नका लागि नैतिक शिक्षा दिने भएकाले प्रदेशमा सञ्चालित सामुदायिक,निजी सबै खाले बिद्यालयमा स्काउटका कार्यक्रम सञ्चालनमा सहयोग गरिने कुरा ब्यक्त गर्नु भएको छ ।
सूचना विभाग दर्ता नं. – १५०३/०७६/०७७
प्रवन्धक/सम्पादक : लोकमणि रिजाल
सह-सम्पादक :अस्मिता खत्री
सह-सम्पादक : तेन्जु योन्जन (मलेसिया)
कानूनी सल्लाहकार : ओम प्रकाश घिमिरे
दिक्तेल, रुपाकोट मझुवागढी-१४ खोटाङ्ग, प्रदेश नं. १
मोबाईल नं ९८४२९०६६४२
Email: [email protected]