
देश पोस्ट देश पोष्ट /विराटनगर । प्रदेश नं. १ की सांसद बिन्दिया कार्कीको कारले ठक्कर दिँदा पैदल यात्री एक जनाको मृत्यु भएको छ भने अर्का एक जना घाइते भएका छन् ।
बिहीबार राति करिब साढे ७ बजे विराटनगरस्थित एयरपोर्ट रोडमा कार्कीले प्रयोग गर्दै आएको प्रदेश ३–०१–००२ च २१३९ नम्बरको कारले पैदलयात्रीलाई ठक्कर दिएको थियो । कार उनका छोरा रोबिन कार्कीले चलाएका थिए ।


दुर्घटनामा गम्भीर घाइते पैदलयात्री ३५ वर्षीया भारतीय नागरिक मुकेश शर्माकोे कोसी अस्पताल पुर्याउने बित्तिकै चिकित्कसले मृत घोषित गरेका थिए ।
कारको ठक्करबाट मोरङको कटहरी गाँउपालिका– २ का २७ वर्षीया राजकुमार राजवंशी गम्भीर घाइते भएका छन् । उनको नोबेल मेडिकल कलेजमा उपचार भइरहेको छ । मृतक र घाइते विराटनगर–४ स्थित न्यु एभरेष्ट फर्निचरमा उद्योगमा काम गर्दै आएका थिए ।
उक्त कारको प्रयोग गरेर रोबिन कार्कीसहितका युवाहरु कोरोना संक्रमितको शव व्यवस्थापनमा खटिँदै आएका थिए ।
प्रहरी स्रोतका अनुसार बिहीबार केहीसाथीसँग रोबिन एक होटलमा पुगेका थिए । होटलबाट निस्कदा रबिनसँग अन्य दुई जना कारमा बसेका थिए । तर अनियन्त्रित रुपमा रहेको कारले दुई जनालाई ठक्कर दिएको थियो ।
‘गाडीमा अरु दुई जना युवती पनि थिए, प्रत्यक्षदर्शीले भने,‘ हामी घाइतेको उद्धारतर्फ लाग्यौं उनीहरु गाडी छाडेर भागे ।’ दुर्घटनामा परेको कार क्षतिग्रस्त छ । दुर्घटनापछि फरार चालकको खोजी भइरहेको प्रहरीले बताएको छ । चालक को थिए भन्ने बारे मोरङ प्रहरीले औपचारिक जानकारी गराएको छैन ।
सूचना विभाग दर्ता नं. – १५०३/०७६/०७७
प्रवन्धक/सम्पादक : लोकमणि रिजाल
सह-सम्पादक :सन्तोष घिमिरे (जापान)
कानूनी सल्लाहकार : ओम प्रकाश घिमिरे
दिक्तेल, रुपाकोट मझुवागढी-१४ खोटाङ्ग, प्रदेश नं. १
मोबाईल नं ९८४२९०६६४२
Email: [email protected]