
देश पोस्ट देश पोष्ट /खोटाङ । जिल्लाको दिप्रुङ चुइचुम्मा गाँउपालिका साबिक छोरम्बु गाबिस का पुराना काँग्रेस नेता प्रजातान्त्रिक सेनानी डिल्ली बहादुर राईको निधन भएको छ ।
छोरा नेपाली कांग्रेस खोटाङका पुर्व सभापति तथा महाधिवेशन प्रतिनिधि विष्णुकुमार राईको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकास्थित अस्थाई निवास लफ्याङमा ८९ बर्षको उमेरमा हिजो बोल्दा बोल्दै निधन भएको पारिवारिक श्रोतले जनाएको छ ।


जिल्लामा निकै प्रभाब जमाएका,इमानदार एबं स्वच्छ छबीका नेताका रुपमा परिचित नेता बिष्णुकुमार राईलाई पितृ शोक परेको र एक प्रजातान्त्रिक सेनानीको निधनले पार्टीलाई अपुरणिय क्षती पुगेको नेपाली काँग्रेस खोटाङले जनाएको छ ।
सूचना विभाग दर्ता नं. – १५०३/०७६/०७७
प्रवन्धक/सम्पादक : लोकमणि रिजाल
सह-सम्पादक :सन्तोष घिमिरे (जापान)
कानूनी सल्लाहकार : ओम प्रकाश घिमिरे
दिक्तेल, रुपाकोट मझुवागढी-१४ खोटाङ्ग, प्रदेश नं. १
मोबाईल नं ९८४२९०६६४२
Email: [email protected]