
देश पोस्ट देश पोष्ट /सुर्खेत । सामाजिक अभियन्ताका नामले परिचित ज्ञानेन्द्र शाहीको समूहमाथि सुर्खेतका स्थानिय समूहले कुटपिट गरेपछी सामाजिक सञ्जाल मार्फत उद्वार गरिदिन शाहीले अपिल गरेकाछन् ।
गत शुक्रबार राति सुर्खेतको वीरेन्द्रनगर स्थित करेखोला नजिक राति झण्डै साढे ११ बजेतिर शाहीको समूहमाथि स्थानिय समूहबाट आक्रमण भएको प्रहरीको भनाई रहेको छ ।


सामाजिक सञ्जालमा पोष्ट भएको एक भिडियोमा शाहीले रुँदै घाइते एक युवकलाई अँगालो हालेको,टाउकोको पछाडिको भागबाट रगत बगिरहेको देखिने भिडियो सामाजिक सञ्जाल फेसबुक मार्फत सार्बजनिक गरेपछी उद्वारका लागि प्रहरी घटनास्थल । प्रहरी टोली घटनास्थलमा पुगेर उद्धार गरेको जिल्ला प्रहरी कार्यालय सुर्खेतका सूचना अधिकारी डिएसपी रामप्रसाद घर्तीले बताउनु भएको छ ।
शाहीका अनुसार आफूसहित राजेश महत, कृष्ण पाण्डे, तिलक बस्नेत, नीतु खड्का, लोक बहादुर रोकाया, शान्त शर्मा, सीता आचार्य, महेश बीसी र खगेन्द्र बजगाईंमाथि आक्रमण भएको उल्लेख गरेका छन् ।
निषेधाज्ञाको समयमा समस्यामा परेकाहरुलाई बचाउन खोज्दा खोज्दै आफ्नो ज्यान खतरामा रहेको बताउँदै उनले भिडियोमा उल्लेख गरेका छन् ।
प्रहरीका अनुसार शाहीको समूहलाई कर्णाली प्रदेश अस्पतालमाा उपचार गराईदै छ भने उक्त घटनाका आक्रमणकारी ५ जनालाई पक्राउ गरिसकिएको छ । सुर्खेतमा शाहीलाई यो भन्दा अगाडी पनि २ पटक आक्रमण भएको थियो ।
सूचना विभाग दर्ता नं. – १५०३/०७६/०७७
प्रवन्धक/सम्पादक : लोकमणि रिजाल
सह-सम्पादक :सन्तोष घिमिरे (जापान)
कानूनी सल्लाहकार : ओम प्रकाश घिमिरे
दिक्तेल, रुपाकोट मझुवागढी-१४ खोटाङ्ग, प्रदेश नं. १
मोबाईल नं ९८४२९०६६४२
Email: [email protected]