देश पोष्ट/ खोटाङ । जिल्लाको १० स्थानिय तहले आज आर्थिक बर्ष २०७८/ ०७९ को निति तथा कार्यक्रम सार्बजनिक गरेकाछन् ।
दुई नगरपालिका आठ गाउँपालिकाले आज फरक–फरक समय गाउँसभा तथा नगरसभामार्फत कार्यक्रम र वजेट सार्बजनिक गर्ने क्रममा जिल्लाकै ठुलो र सदरमुकाम भित्र रहेको नगरपालिका दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले ८५ करोड बढि रकम ल्याउने तयारी रहेकोे नगर उपप्रमुख विणादेबी राइको भनाई रहेको छ ।
हलेसी तुवाचुङ नगरपालिकाले ५८ करोड १६ लाख २८ हजार ४५० रुपैयाँ वजेट ल्याउने नगर उपप्रमुख बिमला राईले जनाउनु भएको छ ।
खोटेहाङ गाउँपालिकाले ५१ करोड ६६ लाख ३२ हजार १२० रुपैयाँ, दिप्रुङ चुईचुम्मा गाउँपालिकाले ६२ करोड बढि, जन्तेढुंगा गाउँपालिकाले ३९ करोड ९९ लाख, ऐसेलुखर्क गाउँपालिकाले करीव ४० करोड र साकेला गाउँपालिकाले ३२ करोड २३ लाख ९० हजार ४३० रुपैयाँ वजेट ल्याउने गाउँपालिका अध्यक्ष अर्जुन कुमार खड्काले बताउनु भएको छ ।
यस्तै, बराहपोखरी गाउँपालिकाले ३४ करोड वरावरको वजेट प्रस्तुत गर्ने गाँउपालिका उपाध्यक्ष गोमा मगरले बताउनु भएको छ।
यता रावावेशी गाउँपालिकाले ३६ करोडको हाराहारीमा वजेट ल्याउने तयारी रहेको पालिका प्रमुख लिलानाथ निरौलाले जानकारी दिनु भएको छ । केपिलासगढी गाउँपालिकाले भने १४ असारमा नीति तथा कार्यक्रम र वजेट प्रस्तुत गर्ने तयारी रहेको जनाएको छ ।
सूचना विभाग दर्ता नं. – १५०३/०७६/०७७
प्रवन्धक/सम्पादक : लोकमणि रिजाल
सह-सम्पादक :अस्मिता खत्री
सह-सम्पादक : तेन्जु योन्जन (मलेसिया)
कानूनी सल्लाहकार : ओम प्रकाश घिमिरे
दिक्तेल, रुपाकोट मझुवागढी-१४ खोटाङ्ग, प्रदेश नं. १
मोबाईल नं ९८४२९०६६४२
Email: [email protected]