• अन्तरर्वार्ता
  • साहित्य
  • स्थानीय तह
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ खबर
  • बैदेशिक रोजगार
  • खेलकुद
  • पर्यटन
  • फिचर
  • मनाेरञ्जन
  • Desh Post TV
  • मुख्य समाचार
  • राजनीति
  • रोचक
  • विचार/ब्लग
  • समाचार
  • प्रबिधि
  • स्वास्थ्य/शिक्षा
आज:  | Mon, 27, Jul, 2026
  • समाचार
  • अर्थ
  • स्वास्थ्य/शिक्षा
  • प्रबिधि
  • राजनीति
  • खेलकुद
  • विचार
  • पर्यटन
  • अन्तर्राष्ट्रिय
  • रोचक
  • स्थानीय तह
  • बैदेशिक रोजगार
होमपेज / अपराध

कोरोना संक्रमित बि.क.को निधनको बिषयमा नेकपा एमाले सहित अन्य संघ सस्थाद्धारा छानबिन गर्न माग ।

१८ असार २०७८, शुक्रबार ०७:३७ मा प्रकाशित (5 बर्ष अघि) अनुमानित पढ्ने समय : ४ मिनेट
देश पोस्ट
  • ७८३ पटक पढिएको
  • देश पोष्ट/ खोटाङ । जिल्लाको हलेसी तुवाचुङ नगरपालिका–७ महादेवस्थान घर भएका कोरोना संक्रमित शुक्र बि.क.को निधनको बिषयमा नेकपा एमाले सहित अन्य संघ सस्थाद्धारा छानबिन गर्न माग गरेको छ ।

    हलेसी तुवाचुङ नगरपालिका–७ महादेवस्थानस्थित होटलमा निर्माण गरिएको आइसोलेसन सेन्टरमा समयमा उपचार नपाउँदा एमाले जिल्ला कमिटि सदस्य शुक्र विश्वकर्माको मृत्यु भएको दावी गर्दै एमाले खोटाङले छानविनको माग गरेको हो ।

    संक्रमण पुष्टि भएपछि ८ दिनसम्म आइसोलेसनमा बसेर घर गएपछि पुःन स्वास्थ्यमा समस्या आएको भन्दै आइसोलेसन सेन्टर पुगेका विश्वकर्माको समयमा उपचार एबं अक्सिजन नपाएर असार १५ गते निधन भएको परिवारको दाबी रहेको छ ।

    एमाले जिल्ला अध्यक्ष रामप्रसाद दंगालले बिहिबार शोक विज्ञाप्ति जारी गर्दै आइसोलेसनमा बसेका विरामीलाई कोभिड पोजिटिभ हुँदाहुँदै रेफर गरी घर पठाइनु र असहज भएपछि भोलीपल्ट आइसोलेसन आउँदा समयमै उपचार नपाएको भन्ने विषयले पार्टीको गम्भीर ध्यानाकर्षण भएको जनाउनु भएको छ ।

    हलेसी तुवाचुङ नगरपालिका–७ महादेवस्थान घर भएका विश्वकर्मा नेपाल उत्पिडित जातीय मुक्ती समाजका केन्द्रीय सदस्य एवं जिल्ला अध्यक्ष पनि हुन् । संक्रमितको आइसोलेसनमै मृत्यु भएको सन्दर्भमा पार्टीले पनि आन्तरिक रुपमा गम्भीरतापूवर्क छानविन गरी सत्यतथ्य सार्वजनिक गर्ने शोक विज्ञाप्तीमा उल्लेख छ । ‘उहाँको असामयिक निधनका सन्दर्भमा केही गम्भीर विषयहरु विभिन्न सञ्चार माध्यमबाट उजागर भइरहेका छन् ।

    यस विषयमा हाम्रो पार्टीको गम्भीर ध्यानाकर्षण भएको छ । यस विषयले पार्टीलाई थप पीडा महसुस भएको छ । यस सन्दर्भमा पार्टीले आन्तरिक रुपमा गम्भीरतापूवर्क छानविन गरी सत्यतथ्य सार्वजनिक गर्ने नै छ,’ शोक विज्ञाप्तिमा भनिएको छ, ‘तथापी महामारीको यस्तो चपेटामा स्वास्थ्य सेवाजस्तो संवेदनसिल विषयमा उठेका यी गम्भीर विषयमा सम्वन्धित निकायले तत्काल छानविन गरी दोषी उपर कारबाही गर्न र के कसो भएको हो सो को निष्पक्ष र सत्यतथ्य सार्वजनिक गर्नका साथै दोषी उपर कारबाही गर्न सम्वन्धित निकाय समक्ष माग गर्दछ ।’ एमालेले विश्वकर्मा निधनले पार्टीलाई अपुरणिय क्षती भएको भन्दै शोक व्यक्त गरेको छ ।

    यस्तै, नेपाल उत्पीडित जातीय मुक्ति समाजले पनि स्वास्थ्यकर्मीको हेलचेक्राईँले शुक्र विश्वकर्माको मृत्यु भएको बुझिएको जनाएको छ । समाजका प्रदेश नम्बर १ का सह–इन्चार्ज चर्चबहादुर विश्वकर्मा, जिल्ला उपाध्यक्ष रमेश परियार र सचिव दिपक ठटालले जारी गरेको शोक विज्ञाप्तिमा संक्रमितलाई ‘अक्सिजन सकियो अस्पतालमा व्यायभार हुन्छ’ भनेर घर पठाउँदा भएको हेलचक्र्याइँले मृत्यु भएको नेपाल उत्पीडित जातीय मुक्ति समाजले जनाएको छ ।

    प्रतिक्रिया दिनुहोस


    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    सुनसरीको देवानगञ्जमा विवाद नियन्त्रणमा लिने क्रममा गोली लागी एकको मृत्यु

    सुदूरपश्चिम, लुम्बिनी र कर्णालीमा भारी वर्षाको सम्भावना

    आजको विदेशी मुद्राको विनिमयदर हेर्नुहोस् ।

    राष्ट्रिय गौरवको ड्रिम आयोजना नागढुङ्गा–सिस्नेखोला सुरुङमार्ग आज उद्घाटन हुने

    पूर्वको पशुपति हलेसी महादेवको दर्शन गरी तपाइको राशिफल हेर्नुहोस् ।

    दाहाल यज्ञनिधिको ७३ औँ जन्मजयन्तीमा ‘नागार्जुन वाङ्यमय धमाका’

    आज पहाडी क्षेत्रका एक/दुई ठाउँमा ठूलो पानी पर्ने सम्भावना

    आजको विदेशी मुद्राको विनिमयदर हेर्नुहोस् ।

    ढल्यो एउटा खोटाङको शैक्षिक एबं राजनैतिक इतिहाँस । पछिल्लो समय लिएको उहाँको भिडियो सहित

    पुर्व माओबादी नेताहरु जुनसुकै बेलापनि जेल जाने अवस्था आउँछः देव गुरुङ

    ‘संविधानमा संसद् विघटनको व्यवस्था हिजो पनि राखेको थियो, अहिले पनि छ : प्रधानन्यायाधीश

    विद्युतीय शासन के हो ? यसको अवधारण÷सन्दर्भ, उद्देश्यहरु र समस्याहरु ।

    विप्लव समूह र प्रहरीबीच गोली हानाहान

    जुनियर कर्मचारीलाई हाकिम मान्नुपर्ने निजामतीको समस्या ।

    पार्टीले भन्दैमा अध्यादेश फिर्ता हुँदैनः ईश्वर पोखरेल

    अदालतले प्रधानमन्त्री तोक्ने हो भने निर्वाचन किन गर्नुपर्यो ? मन्त्री राई

    समाचार
    सुनसरीको देवानगञ्जमा विवाद नियन्त्रणमा लिने क्रममा गोली लागी एकको मृत्यु

    सुनसरीको देवानगञ्जमा विवाद नियन्त्रणमा लिने क्रममा गोली लागी एकको मृत्यु

    राष्ट्रिय गौरवको ड्रिम आयोजना नागढुङ्गा–सिस्नेखोला सुरुङमार्ग आज उद्घाटन हुने

    राष्ट्रिय गौरवको ड्रिम आयोजना नागढुङ्गा–सिस्नेखोला सुरुङमार्ग आज उद्घाटन हुने

    दाहाल यज्ञनिधिको ७३ औँ जन्मजयन्तीमा ‘नागार्जुन वाङ्यमय धमाका’

    दाहाल यज्ञनिधिको ७३ औँ जन्मजयन्तीमा ‘नागार्जुन वाङ्यमय धमाका’

    नेपाल प्रहरीमा २९ जना इन्स्पेक्टरको भर्ना गरिने

    नेपाल प्रहरीमा २९ जना इन्स्पेक्टरको भर्ना गरिने

    देशभर वर्षा र पहिरोका कारण ९ राजमार्ग पूर्ण रूपमा अवरुद्ध

    देशभर वर्षा र पहिरोका कारण ९ राजमार्ग पूर्ण रूपमा अवरुद्ध

    सम्बन्धित खबरहरु

    सुनसरीको देवानगञ्जमा विवाद नियन्त्रणमा लिने क्रममा गोली लागी एकको मृत्यु

    राष्ट्रिय गौरवको ड्रिम आयोजना नागढुङ्गा–सिस्नेखोला सुरुङमार्ग आज उद्घाटन हुने

    दाहाल यज्ञनिधिको ७३ औँ जन्मजयन्तीमा ‘नागार्जुन वाङ्यमय धमाका’

    नेपाल प्रहरीमा २९ जना इन्स्पेक्टरको भर्ना गरिने

    नीट–यूजी प्रश्नपत्र चुहावट प्रकरणमा अनसनरत वाङचुकले २६ दिनपछि तोडे अनसन

    काभा पुरुष भलिबल नेपाल र श्रीलंका भिड्दै

    सूचना विभाग दर्ता नं. – १५०३/०७६/०७७
    प्रवन्धक/सम्पादक : लोकमणि रिजाल
    सह-सम्पादक :सन्तोष घिमिरे (जापान)
    कानूनी सल्लाहकार : ओम प्रकाश घिमिरे
    दिक्तेल, रुपाकोट मझुवागढी-१४ खोटाङ्ग, प्रदेश नं. १
    मोबाईल नं ९८४२९०६६४२
    Email: [email protected]

    सामाजिक संजालतिर

    आबश्यक लिंकहरु

    • Privacy Policy
    • Advertise with us
    • Contact us
    • About us
    2026: Desh Post मा सार्वाधिकार सुरक्षित छ. | Designed by: GOJI Solution
    ↑