देश पोष्ट / खोटाङ । तिहार मनाउन घर जाने यात्रुलाई कोरोनाविरूद्धको खोप लगाइने निर्णय भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसारका तिहार मनाउन काठमाडौं बाहिर जाने यात्रुलाई कोटेश्वर, गोंगबु, बल्खु र कलंकी चोकमा कोरोनाविरुद्धको खोप दिन लागिएको हो। यी चार स्थानमा आज बिहानदेखि नै खोप कार्यक्रम सुरु गरिएको छ ।
आज र भोलि दुई दिन सञ्चालन हुने कार्यक्रममा बिहान ७ बजेदेखि बेलुका ४ बजेसम्म खोप लगाइने छ । खोप कार्यक्रममा आफ्नो उमेर खुल्ने परिचयपत्र देखाएर खोप लगाउन सकिनेछ । भेरोसिल र एस्ट्राजेनेका खोप निःशुल्क लगाइने मन्त्रालयले जनाएको छ ।
सूचना विभाग दर्ता नं. – १५०३/०७६/०७७
प्रवन्धक/सम्पादक : लोकमणि रिजाल
सह-सम्पादक :अस्मिता खत्री
सह-सम्पादक : तेन्जु योन्जन (मलेसिया)
कानूनी सल्लाहकार : ओम प्रकाश घिमिरे
दिक्तेल, रुपाकोट मझुवागढी-१४ खोटाङ्ग, प्रदेश नं. १
मोबाईल नं ९८४२९०६६४२
Email: [email protected]