
देश पोस्ट देश पोष्ट / खोटाङ । खोटाङमा नेपाली काँग्रेस र जनता समाजवादी पार्टी परित्यागगरी १७ जना नेता तथा कार्यकर्ता नेकपा एमालेमा प्रवेश गरेका छन् । नेपाली काँग्रेसका १६ र जसपाका १ सहित १७ जना बुधबार एमालेमा प्रवेश गरेका हुन् ।
जनता समाजवादीका क्रियाशिल सदस्य समाजसेवी, वुद्दिजिबी एवम् ज्योती माध्यामिक विद्यालय राजापानीकाका पुर्व प्रध्यानाध्यापक शम्भु घिमिरे एमाले प्रवेश गर्नुभएको नेकपा एमाले जिल्ला सदस्य एवम् युवा नेता ओमप्रकाश घिमिरेले बताउनुभयो ।


नेकपा एमाले दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१५ विजयखर्क वडा कमिटीले आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा एमाले प्रवेश गरेको हुन् । कार्यक्रममा नवप्रवेशी नेता तथा कार्यकर्तालाई एमाले खोटाङका इन्चार्ज एवम् एमाले संसदीय दलका प्रमुख सचेतक विशाल भट्टराईले खादा तथा अबिर लगाएर पार्टी प्रवेश गराउनुभएको हो ।
पार्टी प्रवेश गरेका नयाँ कार्यकर्ताहरुलाई योग्यता र क्षमताको आधारमा उचित जिम्मेवारी दिइने एमालले जनाएको छ । शुभकामना आदनप्रदान कार्यक्रममा प्रदेश कमिटी सदस्य तेजनाथ ढुङ्गाना, एमाले खोटाङका उपाध्यक्ष देवविक्रम राई, सचिव कुमार आचार्य, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख एवम् जिल्ला सचिवालय सदस्य दीपनारायण रिजाल, उपप्रमुख विणादेवी राई, जिल्ला सदस्य कमल ढकाल, ओमप्रकाश घिमिरेलगायतका नेता तथा कार्यकर्ताको उपस्थिति रहेको थियो ।
सूचना विभाग दर्ता नं. – १५०३/०७६/०७७
प्रवन्धक/सम्पादक : लोकमणि रिजाल
सह-सम्पादक :सन्तोष घिमिरे (जापान)
कानूनी सल्लाहकार : ओम प्रकाश घिमिरे
दिक्तेल, रुपाकोट मझुवागढी-१४ खोटाङ्ग, प्रदेश नं. १
मोबाईल नं ९८४२९०६६४२
Email: [email protected]