
देश पोस्ट देश पोष्ट खोटाङ । नेपाल प्रहरीले नक्कली नोटसहित पाँच पक्राउ गरेको छ । महानगरीय प्रहरी वृत्त बौद्धको टोलीले बूढानीलकण्ठ नगरपालिका–११ कपनस्थित समरोज थापामगरको कोठामा नक्कली पैसा छाप्नका लागि रङ्गीन प्रिन्ट गरिरहेको अवस्थामा पाँचजनालाई बुधबार साँझ पक्राउ गरेको हो । उनिहरुलाई रु ६५ हजार ३३५ नक्कली नोटसहित पक्राउ गरेको छ ।
सिन्धुपाल्चोक हेलम्बु गाउँपालिका–२ का १९ वर्षकी चिरञ्जीवी जोती र सोही ठाउँका २३ वर्षका सुजन जोती, सिन्धुपाल्चोकको इन्द्रावती गाउँपालिका–८ की ५६ वर्षकी गोमा श्रेष्ठ, सोही ठाउँकी ४१ वर्षकी पुष्पा थापामगर, रामेछाप सिरुवारी गाउँपालिका–२ का २६ वर्षका समरोज थापामगर रहेका छन् ।


महानगरीय प्रहरी परिसर काठमाडौँका प्रवक्ता प्रहरी उपरीक्षक रमेशकुमार बस्नेतले गोकर्णेश्वर नगरपालिका–७ दक्षिणढोकामा नक्कली पैसा लिएर सामान खरिद गर्दै हिँडिरहेको अवस्थामा गोमा श्रेष्ठलाई शङ्कास्पद अवस्थामा फेला पारेर खानतलासी गर्दा नक्कली नोटसहित पक्राउ गरिएको जानकारी दिए ।
नक्कली नोट बनाउन प्रयोग गरिने प्रिन्टर मेसिन, कागज, कागज टाँस्न प्रयोग गरिने फेविकल दुई थान, किप्याड मोबाइल एक थान, स्क्रिनटज मोबाइल एक थान, लालीगुँरास छाप भएको छाप एक थान, कागज काट्न प्रयोग गरिने कैँची एक थान बरामद गरेको छ । थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।
सूचना विभाग दर्ता नं. – १५०३/०७६/०७७
प्रवन्धक/सम्पादक : लोकमणि रिजाल
सह-सम्पादक :सन्तोष घिमिरे (जापान)
कानूनी सल्लाहकार : ओम प्रकाश घिमिरे
दिक्तेल, रुपाकोट मझुवागढी-१४ खोटाङ्ग, प्रदेश नं. १
मोबाईल नं ९८४२९०६६४२
Email: [email protected]