
देश पोस्ट देश पोष्ट/ खोटाङ । कर्तव्य ज्यानमुद्दामा फरार रहेका दुई जनालाई १२ वर्ष पछि प्रहरीले पक्राउ गरेको छ।
२०६६ असोज १८ गते तेमाल गाउँपालिका–१ पिपलबोटका २९ वर्षका तीर्थमान तामाङको हत्या भएको थियो। पुरानो रिसिइबीका कारण खुकुरी र तरबार प्रहार गरी हत्या भएको थियो।


प्रहरीले रामेछाप खाँडादेवी गाउँपालिका–१ का बाबु ५९ वर्षका ज्ञानबहादुर तामाङ र छोरा ३६ वर्षका जयराम तामाङलाई पक्राउ गरेको हो।
दुबैलाई प्रहरीले शनिबार बिहान काभ्रे धुलिखेलबाट पक्राउ गरेको हो।
हत्या भएयता फरार रहेका बाबुछोरालाई काभ्रे प्रहरीको समन्वयमा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय रामेछापले जनाएको छ।
सूचना विभाग दर्ता नं. – १५०३/०७६/०७७
प्रवन्धक/सम्पादक : लोकमणि रिजाल
सह-सम्पादक :सन्तोष घिमिरे (जापान)
कानूनी सल्लाहकार : ओम प्रकाश घिमिरे
दिक्तेल, रुपाकोट मझुवागढी-१४ खोटाङ्ग, प्रदेश नं. १
मोबाईल नं ९८४२९०६६४२
Email: [email protected]