
देश पोस्ट देश पोष्ट /खोटाङ । काठमाडौंमा स्रोत नखुलेको रकमसहित दरबारमार्गस्थित बिइङ ह्युमनको कपडा पसलबाट एक जनालाई प्रहरीले पक्राउ गरेको छ।
प्रहरीले उक्त पसलका म्यानेजर हिरोसी खनाललाई नियन्त्रणमा लिएको हो ।


दरबारमार्ग क्षेत्रमा स्रोत नखुलेको रकम लुकाएर राखेको भन्ने गोप्य सूचनाको आधारमा गत शुक्रबार खटिएको प्रहरीको टोलीले पक्राउ गरेको हो ।
टोली बिइङ ह्युमनको कपडा पसलमा पुगेर चेकजाँच गर्दा त्यहाँ ६९ लाख ५० हजार नगद फेला पारेको थियो। म्यानेजर खनालले स्रोत खुलाउन नसकेपछि प्रहरीले उनलाई नियन्त्रणमा लिएको हो।
उनीमाथि थप अनुसन्धान तथा कारवाहीको लागी सम्पत्ति शुद्धिकरण अनुसन्धान विभाग, पुल्चोक ललितपुर पठाएको छ।
सूचना विभाग दर्ता नं. – १५०३/०७६/०७७
प्रवन्धक/सम्पादक : लोकमणि रिजाल
सह-सम्पादक :सन्तोष घिमिरे (जापान)
कानूनी सल्लाहकार : ओम प्रकाश घिमिरे
दिक्तेल, रुपाकोट मझुवागढी-१४ खोटाङ्ग, प्रदेश नं. १
मोबाईल नं ९८४२९०६६४२
Email: [email protected]