
देश पोस्ट देश पोष्ट खोटाङ । काठमाडौंको न्युरोडमा रहेको एक सहकारीबाट १५ लाख रुपैयाँ असुलेको आरोपमा एक महिला पत्रकार पक्राउ परेकी छन्।
सोलुखुम्बु घर भई काठमाडौं बस्दै आएकी पत्रकार एन्जिना कार्की पक्राउ परेकी छिन् ।


कार्कीलाई ५ दिनअघि पक्राउ गरिएको महानगरी प्रहरी वृत जनसेवाका डिएसपी डिलबहादुर मल्लले जानकारी दिए।। उनी भारतीय टिभी च्यानल जी न्युजकी पूर्वकर्मचारीसमेत हुन्।
भिभिआइपी, भिआइपी, चर्चित कलाकार र पत्रकारसँग आफ्नो राम्रो चिनजान भएको र रकम नदिए सबैतिर समाचार प्रकाशित गरिदिने धम्की उनले दिने गरेको प्रहरीले बताएको छ।
उनले अहिलेसम्म पटक/पटक गरेर १५ लाख रुपैयाँ न्युरोडस्थित एक सहकारीबाट लिएको खुल्न आएको डिएसपी मल्लले बताए।
उनीमाथि ठगी मुद्दा चलाइएको प्रहरीले जनाएको छ।
सूचना विभाग दर्ता नं. – १५०३/०७६/०७७
प्रवन्धक/सम्पादक : लोकमणि रिजाल
सह-सम्पादक :सन्तोष घिमिरे (जापान)
कानूनी सल्लाहकार : ओम प्रकाश घिमिरे
दिक्तेल, रुपाकोट मझुवागढी-१४ खोटाङ्ग, प्रदेश नं. १
मोबाईल नं ९८४२९०६६४२
Email: [email protected]