
देश पोस्ट देश पोष्ट /खोटाङ । कैलालीमा बस र जीप एकआपसमा ठोक्किदा २६ जना घाइते भएका छन् ।
बसमा ३८ जना र जीपमा ३ जना गरेर जम्मा ४१ जना सवार रहेका थिए।


पूर्वपश्चिम राजमार्ग अन्तरगत लम्कीचुहा नगरपालिका–३ को गोराङ्गेमा काठमाण्डौँबाट महेन्द्रनगरतर्फ जाँदै गरेको सु.प.प्र. ००२–००१ ख १०८४ नम्बरको बस र विपरीत दिशाबाट आइरहेको से १ च १५९३ नम्बरको जीप एकआपसमा ठोक्किएको प्रहरीले जनाएको छ ।
दुर्घटनामा परेर जीपमा सवार चालकसहितका ३ जना र बसमा सवार २३ जना घाइते भएका छन् । उनिहरुको लम्कीकै स्थानीय अस्पतालमा उपचार भइरहेको छ ।
सूचना विभाग दर्ता नं. – १५०३/०७६/०७७
प्रवन्धक/सम्पादक : लोकमणि रिजाल
सह-सम्पादक :सन्तोष घिमिरे (जापान)
कानूनी सल्लाहकार : ओम प्रकाश घिमिरे
दिक्तेल, रुपाकोट मझुवागढी-१४ खोटाङ्ग, प्रदेश नं. १
मोबाईल नं ९८४२९०६६४२
Email: [email protected]