
देश पोस्ट देश पोष्ट/ खोटाङ । सप्तरीमा सवारी दुर्घटनामा एकै परिवारका तीन जनाको मृत्यु भएको छ ।
बिहीबार दिउँसो सिरहाको लहान ३ स्थित लहान–ठाडी सडक खण्डमा उत्तरबाट दक्षिणतर्फ जाँदै गरेको स.१क २६२ नम्बरको टिपरले प्रदेश २–०१–००२प २६८२ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा तीन जनाको मृत्यु भएको छ । साथै १ जना बच्चा घाइते भएका छन्।


मृत्यु हुनेमा ६५ वर्षीय मोतीलाल यादव, उनका भतिजा ३० वर्षीय रामकुमार यादव र ७ वर्षीय नाती अभिषेक यादव रहेको प्रहरीले जनाएको छ ।
मृतकको तीनै जनाको शव पोष्टमार्टमका लागि लहानमै राखिएको र एकै पटक तीनजनाको संस्कार गरिने स्थानीयले बताएका छन्।
सूचना विभाग दर्ता नं. – १५०३/०७६/०७७
प्रवन्धक/सम्पादक : लोकमणि रिजाल
सह-सम्पादक :सन्तोष घिमिरे (जापान)
कानूनी सल्लाहकार : ओम प्रकाश घिमिरे
दिक्तेल, रुपाकोट मझुवागढी-१४ खोटाङ्ग, प्रदेश नं. १
मोबाईल नं ९८४२९०६६४२
Email: [email protected]