
देश पोस्ट देश पोष्ट /खोटाङ । खोटाङमा सवारी चेतनाको लागि ट्राफिक सप्ताह शुरु भएको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालयले सडक अनुशासन तथा सवारी दुर्घट्ना न्यूनिकरण गर्ने उद्धेश्यले ट्राफिक सप्ताहको सुरुवात गरेको ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।
प्रदेश नं. १ अन्र्तगत आन्तरिक मामिला तथा कानुन मन्त्रालय बिराटनगर र प्रदेश ट्राफिक प्रहरी कार्यालय इटहरीको आयोजनामा हिजो देखी १४ वटै जिल्लामा एकसाथ ट्राफिक सप्ताह शुरु गरिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय खोटाङका प्रमुख दल बहादुर खत्रीको भनाई रहेको छ ।


जिल्लाको सदरमुकाम दिक्तेलको रत्नपार्कमा हिजो उद्घाटन भएको ट्राफिक सप्ताहको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख दिपनारायण रिजालले वालिकालाई हेल्मेट लगाईदिएर सुभारम्भ गर्नुभएको हो ।
रत्नपार्कमा उद्घाटन भएको सप्ताहको पहिलो दिन लेनको प्रयोग गरौं, सवारी चलाउँदा घरपरिवारले पर्खिरहेका छन् भन्ने कहिले नभुलौ, सवारी साधन चलाउँदा मोवाइल फोनको प्रयोग नगरौं, तीव्र गति जीवन क्षति, जथाभावि पार्किङ नगरौ लगायतको प्लेकार्ड सहित सदरमुकामको हाटडाँडा सम्म ¥यालीको आयोजना गरी कोणशभामा परिणत भएको ट्राफिक प्रमुख खत्रीले बताउनुभयो ।
ट्राफिक सप्ताहको दोश्रो दिन पर्चा पम्प्लेट वितरण, सडक प्रयोगकर्ताहरुलाई बाटो काट्न सिकाउने, तेश्रो दिन राजमार्गमा रहेको अव्यवस्थित पार्किङ, राजमार्गको क्षेत्राधिकारभित्रका अस्थाई टहरा, वर्कशप, ग्यारेज, व्यापारिक प्रयोजनका सामग्रीहरु, सडकमा थुपारेको निर्माण सामग्री, अन्य वस्तुहरु हटाउने, चौथो दिन सवारी साधनको अनुगमन, सवारीको अवस्था, कागजात चेकजाँच, चालकलाई सडक प्रशिक्षण दिईनेछ।
यस्तै, पाँचौ दिन विद्यालयमा ट्राफिक सम्बन्धि जनचेतनामूलक कक्षा सञ्चालन, छैटौ दिन पैदल यात्रीलाई सडक पेटी तथा जेब्राक्रसबाट बाटो काट्न, पार्किङ तथा नोपार्किङ व्यवस्थापन गर्न पर्चा पम्प्लेट वितरण र सातौ दिन यातायात व्यावसायी, सर्वसाधरण, शैक्षिक संस्था, सञ्चारकर्मी समेतको सहभागितामा ट्राफिक सप्ताह समिक्षा गर्दै ट्राफिक सप्ताहको समापन गरिने जिल्ला ट्राफिक प्रहरी प्रमुख खत्रीले जानकारी दिनु भएको छ ।
सूचना विभाग दर्ता नं. – १५०३/०७६/०७७
प्रवन्धक/सम्पादक : लोकमणि रिजाल
सह-सम्पादक :सन्तोष घिमिरे (जापान)
कानूनी सल्लाहकार : ओम प्रकाश घिमिरे
दिक्तेल, रुपाकोट मझुवागढी-१४ खोटाङ्ग, प्रदेश नं. १
मोबाईल नं ९८४२९०६६४२
Email: [email protected]