
देश पोस्ट देश पोष्ट/ खोटाङ । नेकपा एमाले खोटाङको ७ औं जिल्ला अधिबेशनवाट नवनिर्वाचित पदाधिकारीहरुले पदभार ग्रहण गरेका छन् ।
निर्वाचित भएको सात दिन पछि अधिबेसनबाट निर्वाचित एमाले अध्यक्ष रामप्रसाद दंगाल, सचिव कुमारप्रसाद आचार्य, उपसचिव दिपनारायण रिजाल र सुरेन्द्रकुमार राईले पदभार ग्रहण गर्नुभएको हो ।


अन्य पदाधिकारीहरु भने कार्यव्यस्तताका कारण पदभार ग्रहण कार्यक्रममा उपस्थित हुन नसकेको एमालेले जनाएको छ ।
एमालेका नवनिर्वाचित पदाधिकारीलाई एमाले केन्द्रीय सदस्य एबं जिल्ला सह–ईन्चार्ज, प्रदेश न १की पूर्व सामाजिक विकाश मन्त्री उषाकला राईले पदभार ग्रहण गराउनुभएको थियो ।
सूचना विभाग दर्ता नं. – १५०३/०७६/०७७
प्रवन्धक/सम्पादक : लोकमणि रिजाल
सह-सम्पादक :सन्तोष घिमिरे (जापान)
कानूनी सल्लाहकार : ओम प्रकाश घिमिरे
दिक्तेल, रुपाकोट मझुवागढी-१४ खोटाङ्ग, प्रदेश नं. १
मोबाईल नं ९८४२९०६६४२
Email: [email protected]