
देश पोस्ट देश पोष्ट /खोटाङ । काठमाडौं महानगरपालिका–६ नयाँ बस्तीस्थित स्नुकर हाउसमा अनलाइन जुवा ‘बिङ्गो’ खेलिरहेको अवस्थामा ७४ जनालाई आइतबार साँझ प्रहरीले पक्राउ गरेको छ । प्रहरीले ६६ जना पुरूष र ८ जना महिला गरि जम्मा ७४ जनालाई पक्राउ गरेको छ।
पक्राउ पर्नेमा बिङ्गो सञ्चालक वीरेन्द्र मानन्धर छन् । काठमाडौं महानगरपालिका–६ घर भएका मानन्धर मोवाइलमा बिङ्गो एप्स डाउनलोड गरेर खेलिने सो अनलाइन जुवाका मेनेजर हुन् । मुख्य सञ्चालकचाहिँ फरार छन् ।


कोरोना भाइरसको महामारी फैलिरहेको अवस्थामा दोलखा घर भई हाल बानेश्वर बस्ने ३० वर्षीय सुवास घिसिङको रेष्टुरेन्टमा ठूलो संख्यामा भेला भई अनलाइन बिङ्गो खेलाइरहेको भन्ने सूचनाको आधारमा प्रहरीले उनिहरुलाई पक्राउ गरेको हो ।
उक्त स्नुकर हाउसमा हार जित हुनेगरी बिङ्गो खेलाईरहेको भन्ने सूचनाको आधारमा महानगरीय प्रहरी परिसर काठमाडौं र महानगरीय प्रहरी वृत्त बौद्धबाट संयुक्तरुपमा खटिएको प्रहरीले उनीहरूलाई नगद ६ लाख १९ हजार २ सय ५० रुपैयाँ सहित पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
सूचना विभाग दर्ता नं. – १५०३/०७६/०७७
प्रवन्धक/सम्पादक : लोकमणि रिजाल
सह-सम्पादक :सन्तोष घिमिरे (जापान)
कानूनी सल्लाहकार : ओम प्रकाश घिमिरे
दिक्तेल, रुपाकोट मझुवागढी-१४ खोटाङ्ग, प्रदेश नं. १
मोबाईल नं ९८४२९०६६४२
Email: [email protected]