
देश पोस्ट देश पोष्ट/ खोटाङ । पाँचथरमा लेक लागेर एक पुरुषको मृत्यु भएको छ ।
फालेलुङ गाउँपालिका– ५ को टुनीबोटेका ३१ वर्षीय विशाल मगरका चौंरी गोठ जाँदा मृत्यु भएको प्रहरीले जनाएको छ ।


बुधबार राति साढे १२ बजेतिर विशालसहित उनका भाइ विक्रम चौंरी गोठ गएका थिए र हिउँ परेपछि घर फर्किने क्रममा धुपीडाँडा भन्ने क्षेत्रमा आइपुग्दा विशाललाई लेक लागेपछि हातखुट्टा नचलेको र बिहीबार बिहान ३ बजेतिर मृत अवस्थामा फेला परेको हो ।
घटनास्थललाई प्राङ्बुङ प्रहरीले सुरक्षित गरेको छ । थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
सूचना विभाग दर्ता नं. – १५०३/०७६/०७७
प्रवन्धक/सम्पादक : लोकमणि रिजाल
सह-सम्पादक :सन्तोष घिमिरे (जापान)
कानूनी सल्लाहकार : ओम प्रकाश घिमिरे
दिक्तेल, रुपाकोट मझुवागढी-१४ खोटाङ्ग, प्रदेश नं. १
मोबाईल नं ९८४२९०६६४२
Email: [email protected]